सेनालाई अनमिनको अनुगमनबाट अलग गरिने


काठमाडौ, भाद्र ११ – गृहमन्त्री भीम रावलले नेपाली सेनालाई संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को अनुमनबाट अलग गरिने बताएका छन् । सरकारले सेनालाई अनमिनको अनुगमनबाट अलग गर्ने निष्कर्षमा पुगिसकेको छ । उनले प्रधानमन्त्री कार्यालयमा माओवादी नेताहरुसंगको छलफलपछि संवाददाताहरुलाई भने, ‘यसले धेरै अप्ठ्यारो भएको छ ।‘ उनले अनमिनको अनुगमनले राष्ट्रिय सेनालाई तालिमदेखि दैनिका कामहरुमा समेत बाधा पुगेको उल्लेख गरे । नेपाली सेनाले संविधानसभाको निर्वाचन पछिबाट नै आफुलाई अनमिनको अनुगमनबाट अलग गर्न माग गर्दै आएको छ । अनमिनको अनुगमनका कारण सेनाले तालिमलगायतका कार्यमा आवश्यक गोलाबरुद ल्याउन पाएका छैनन् भने उसको ‘मोविलिट’मा पनि असर पारेको बताउँदै आएको छ । बृहत शान्ति सम्झौता अनुसार माओवादी सेनाको हतियार बारबर ३ हजार भन्दा केही बढी हतियार नेपाली सेनाको पनि अनमिनको कन्टेनरमा राखिएको छ । त्यसैगरी गोलाबारुद खरिद गर्न नपाउने तथा सशस्त्र रुपमा गस्ती तथा हिडडुलमासमेत बन्देज लगाइएको छ । सेनाले राष्ट्रिय सेनालाई यसरी बन्देज गर्दा जुन सुकै पनि बेला अप्ठ्यारोमा पर्न सक्ने उल्लेख गरेको छ । त्यसैगरी सेना र हतियार संयुक्त अनुमन समिति(जेएमसीसी)बाट फिर्ता गर्न पनि सेनाले आग्रह गर्दै आएको छ ।

source: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s