सुदलाइ फिर्ता बोलाउ


गोपाल नेपाल, काठमाडौं/ प्रगतिशील रुपान्तरण अभियानलॆ भारतीय राजदुत राकेश सुद लाई फिर्ता बोलाउन भारत सरकारसँग आग्रह गरेको छ । अभियानका तर्फवाट संयोजक श्याम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा नेपाली प्रेसले छापेको समाचारमा भारतीय राजदुतावासले जनाएको प्रतिकि्रया प्रेस स्वतन्त्रता र नेपालको सार्वभौममाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गर्दै सुदलाइ स्पष्टिकरण लिन आग्रह गरिएको छ ।

यसैविच व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले नेपाली संचार माध्यममा प्रकाशित समाचार सामाग्रीको बिषयलाइ लिएर भारतीय दुतावासले जारी गरेको विज्ञप्तीप्रति आपत्ति जनाएको छ । समितिको बैठकले दुतावासको विज्ञप्ती कुटनीतिक सिमा र मर्यादा विपरित भएको ठहर गरेको हो । समितिले दुताबासको उक्त कार्य उपर यथाशीघ्र आबस्यक कार्वाही अगाडि बढाउन नेपाल सरकारलाइ निर्देशन दिने निर्णय गरेको समिति सभापति पदमलाल विश्वकर्माले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s