फोहर बिर्सनमा पुनः अवरोध


१५ भाद्र, काठमाडौं । सहमति भएको चौबिस घण्टा पनि बित्न नपाउँदै नुवाकोटको ओखरपौवा ल्यान्डफिल साइटका बासिन्दाको अर्को समूहले पुनः अवरोध पुर्‍याएको छ । मंगलबार विहान फोहर बोकेर सिसडोल गएका १७ वटा गाडीलाई स्थानीयबासीको अर्को समूहले बीचबाटोमै रोकेको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

ल्यान्डफिल साइटबासीले फरक फरक माग राख्दै पटक पटक फोहर बिसर्जनमा अवरोध पुर्‍याउँदै आएका छन् । विभिन्न माग राख्दै आइतबारदेखि फोहर उठाउन रोक लगाएका स्थानीयबासी र स्थानीय विकास मन्त्रालयबीच हिजो भएको वार्तामा चारबुँदे सहमति भएपछि मंगलबारदेखि फोहर उठाउन थालिएको थियो ।

काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापनको क्षेत्रमा सिर्जना हुने रोजगारीमा ल्यान्डफिल साइट प्रभावितलाई प्राथमिकता दिने, पुराना सहमति कार्यान्वयन गर्ने, विकास निर्माणका काम क्रमबद्ध सन्चालन गर्ने र प्रक्रिया पुर्‍याएर प्रभावित क्षेत्रमा एम्बुलेन्स दिने वार्तामा सहमति भएको थियो । काठमाडौं महानगरपालिकामा दैनिक साढे चार टन फोहर संकलन हुने गरेको छ ।

Posted By Gopal Thapa

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s