तीन पार्टीबीच एकीकरण हुने


सन्तोष पोखरेल, पोखरा, भदौ १७- भरपर्दो राजनीतिक शक्ति निर्माणका लागि तीन साना पार्टी जनमोर्चा नेपाल, नेकपा (माओवादी) र रिभोल्युसनरी लेफ्ट विङबीच एकीकरण हुने भएको छ। भदौ अन्तिमसम्म यी तीन पार्टीबीच एकीकरण भइसक्नेछ। दलीय राजनीतिका नाममा देखापरेको ‘नौटङ्की’ बाट जनतालाई मुक्ति दिने उद्देश्यले यस्तो गर्न लागिएको उनीहरुको भनाइ छ।जनमोर्चा नेपालका संयोजक भरत दाहालका अनुसार दलीय राजनीतिका नाममा देखापरेको ‘नौटङ्की’ बाट जनतालाई मुक्ति दिने उद्देश्यले राजनीतिक शक्ति निर्माणका लागि तीन साना दलबीच पार्टी एकता हुन लागेको हो।

‘भदौ अन्तिमसम्म तीन पार्टीबीच एकीकरण गरेर राजनीतिक शक्ति निर्माणको प्रयास गर्नेछौं’, बिहीबार पोखरामा पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले भने- जनताले भोगेको कष्टलाई राहत दिन यो कदम चाल्नुपरेको हो।

नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादव र रिभोल्युसनरी लेफ्ट विङका संयोजक कृष्ण अधिकारी छन्। दाहालले पार्टी एकताको प्रक्रियालाई पूर्णता दिन र भावी नीति तथा रणनीति तय गर्न शुक्रबार र शनिबार जनमोर्चा नेपालले पोखरामा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए। सम्मेलनमा भाग लिन नेकपा (माओवादी) र रिभोल्युसनरी लेफ्ट विङका पदाधिकारी पनि पोखरा आउनेछन्।

विदेशी साम्राज्यवादीको योजनामा देशलाई गोलचक्करमा घुमाइराख्‍ने र जनता लुटिरहने षडयन्त्रबाहेक केही नभएको भन्दै आफूहरु शक्ति निर्माण गरी त्यसको विरुद्धमा उत्रन लागेको दाहालले बताए। ‘नेपाललाई गृहयुद्धमा धकेल्ने र यहाँको भू–राजनीतिक महत्त्वलाई अन्तरवैदेशिक द्वन्द्वको विषयवस्तु बनाउने षडयन्त्रले देश दुर्घटनाको नजिक पुगेको छ’, दाहालले भने- त्यसकै प्रतिरोधका लागि एकजुट हुनुपरेको हो।

दाहालले दशैं, तिहार जस्ता चाडपर्व नजिकिँदै जाँदा कालोबजारी, महङ्गी, कृतिम अभाव हुने भएकाले आफ्नो पार्टी त्यस्ता गतिविधिविरुद्ध सङ्घर्षमा उत्रने जानकारी दिए। ‘सत्ताको आडमा भएका अवाञ्छित गतिविधिलाई हामी पर्दाफास गर्नेछौं’, उनले भने- सङ्घर्षमा उत्रँदा दमन भए प्रतिरोध गर्छौं।

संयोजक दाहालले प्रतिरोधलाई सरकारले दमन गर्न खोजेमा आफूहरु प्रतिरोधबाट पछि नहट्ने बताए ‘तर हतियार उठाउन लागेका होइनौं’- दाहालले भने।

// <![CDATA[//
// <![CDATA[//

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s