घाँटीमा खाना अड्किएर मलेसियामा नेपालीको मृत्यु


वरुण पनेरु, डडेल्धुरा, भदौ १६- रोजगारीका लागि मलेसिया गएका डडेल्धुराका एक युवकको मृत्यु भएको छ। कोटेली गाविस–३ कोटेली गाउँका २२ वर्षीय यादवप्रसाद भट्टको मङ्गलबार राति मृत्यु भएको हो। ७ महिनाअगाडि त्यहाँ पुगेका भट्टको खाना खाइरहेका बेला अचानक घाँटी दुखेको र केही समयपछि मृत्यु भएको बताइएको छ।  ‘गरिबीका कारण ऋण काटेर छोरालाई विदेश पठाएको थिएँ’, बाबु नन्दराज भट्टले भने- मङ्गलबार राति अचानक मृत्यु भएको खबर आयो। यादव ७ महिनादेखि मलेसियाको कम्प्युटर कम्पनीमा कम्प्युटर अपरेटरका रुपमा काम गर्दै थिए।  काम राम्रै छ भनी केही दिनअगाडि फोन गरेको थियो। बाबु नन्दराजले नागरिकसित भने- फोनमा आएको जानकारीअनुसार खाना खाइरहेका बेला खाना घाटीमा रोकिएर मृत्यु भएको हो।  यादवको शव नेपाल ल्याउने तयारी भइरहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s