दलितको पिडा


अझै पनि कुरा गर्छन जाति र पातीको
खिल्ली उडाई मजाक गर्छन आफ्नै साथीको ।
कति सम्म सहनु हो यो अन्य र अत्यचारलाई
क्रान्तिको आवश्यक छ समानता ल्याउनलाई ।
मलाई काटे रगत आउँछ तिमीलाई नि त्यस्तै
दलितहरुको पिडा, ब्याथा जहिले नि यस्तै ।
सुनि दिने कोही छैन, हाम्रो यो कथालाई
पचाएर बसेका छौ , हाम्रो यो ब्याथालाई ।
कुकुर भित्र पस्छ तर मान्छे नहुने रे ,
त्यति मात्र कहाँ हो र, दलितलाई छुनै नहुने रे ।
 ठुला  ठुला कुरा गर्छन हाम्रा बारे नेता
अखिरीमा दलितहरु उता न यता ।
यो देशमा दलितहरुलाई कुनै स्थान छैन
सवैजातको गणराज्य रे, दलितहरुको खैत ?
गणतन्त्र आयो भन्छन् हुन्छन् सबै खुशी,
यथावत छ निरंकुश शासन दलित बेहोसी ।
उठौं अव दलित हामी जातिय आन्दोलन गर्नलाई,
मर्नु परे मरौला बरु नडाराउ मर्नलाई ।
कहिले आउला सुखको सास फेर्ने हामे दिन ,
कला र सीपका खानी दलितहरुलाई राम्ररी चिन ।
सबै दलित अघि बढौं आफ्नो अधिकार खोज्नलाई,
अव हामी बाध्य भयौं क्रान्तिको बाटो रोज्नलाई ।
दलितहरु जंगल पसे के हुन्छ जान,
दुई जात मात्र हुन्छन् भनि बनाउ संविधान ।
हामी पनि आखिरीमा यहि देशका हौं सन्तान ,
दानवीय ब्याबहार होइन, गरौं सबलाई समान ।
 
सैकुमार विश्वकर्मा
काँकु ९, सोलुखुम्बु
Advertisements

7 thoughts on “दलितको पिडा

  1. HI sai
    Tapaile dalit haruko yathartha ta lai ujagad garnu bhayeko rahechha sachai tapaiko yo bhab purna kabita prati ma sahamati janauda chhu ra ho sachchai aba hamile dalit andolanlai nirantara didai afno hak ra adhikar lai sunischit garnu pardachha. yes ka lagi hami je garna pani pachhi hatnu hudaina
    thank you sai
    Nirmala

  2. This article is represented as a strong voice on faver of people who re still discriminated in society . It must be known us , human beings re same in the world.
    Mr. Sai, keep it up…..
    Shiva Chamling
    Ratanchha-3 , khotang

  3. नमस्कार साई दाजु
    तपाईं को यो लेख त अति नै यथार्थ पर क पो छ त अनि लेखाइको सैलीको त कुरै नगरौ सबै सब्दहरुमा एकदम चोटिलो, जोसिलो, धारिलो भाव् लुकेको छ लाग्यो यो तपाईंको सन्देस्मुलक कबिताले अहिलेको २१ औ शताब्दिका अचेत अवस्थामा रहेका ति शिक्षित भनाउदाहरुका दिमागलाई सचेत गराउने काम पक्कै पनि गर्ने छ भोलिका दिनहरुमा पनि यस्तै परिसकृत कबिताहरु पढन पाउ है

    देउ राज राई
    खोटाङ
    हाल
    अफगानिस्तान

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s