सगरमाथाको के उचाई ?


सगरमाथाको उचाई त के उचाई ?
समुन्द्र पारि हुँदा गाउँको याद धेरै अग्लो ।
वर्षाको भेल त के भेल ?
सम्झनाको असिनाले चुटेको पो साह्रो ।।
ईनारको गहिराइ त के गहिराइ ?
एक्लै उभिएर बाँच्न यति गाह्रो ।
मुना मदनको त के कुरा ?
परिवारलाई लाग्छ अति प्यारो ।।
अमर बहादुर राई 
गुदेल-५,सोलुखुम्बु
 हाल:-साउदी अरब 
Advertisements

5 thoughts on “सगरमाथाको के उचाई ?

  1. अन्धकारले छोप्पो संसार ईश्व्रर टाढा भयो!
    साँचो बाटो गोरेटोमा हिंड्न गाह्रो भयो!!
    संसारम मानिसहरु मोजमस्ती खोज्दछन्!
    फराकिलो मुलबाटो नै सब मानिसले रोज्दछन्!!
    कहिलेकाही हसाउँछ त कहिलेकाहि रुवाई दिन्छ!
    …थाहा छैन मानिसहरुलाई मुल बाटोले कहाँ पुर्‍याइदिन्छ!!
    अन्धकारले छोप्पो संसार ईश्व्रर टाढा भयो!
    साँचो बाटो गोरेटोमा हिंड्न गाह्रो भयो!!
    (पीडित खालिङ)

  2. http://www.soluonline.comपर्ति हृदयदेखि आभार व्याक्त गर्दछु, उमेरको पाखुरी विदेशमा चलाई रहनु पर्दा खेद नभाको होइन, बाध्यताले जिन्दगीको पाना प्रवासमा पल्टाई रहनु पर्दा ज्यान थकित त हुने नै भो तर डिउटी सकेर रूममा आई soluonline लगअन गरेर सर्रर पढे पछी थकित शरीरलाई आराम मिल्न पुग्छ, अझ यसरी आफ्नै रचनालाई पनि यसमा राखी दिनु भएर हेर्न पाउदा त खुशीको सिमालाई आकाशमा उड़न कुनै विमानको जरुरत नै पर्दैन I उत्तर-उत्तर प्रगतिको कामना धन्यबाध

  3. (जीवन यस्तै रहेछ साथी)
    जतिसुकै चित्त ढुखे पनि आफ्नो जीतप्रती मन बीश्स्त हुन्थो ।
    तर साथी उमेर सधैं आफुसँग हुदो रहेन छ ।
    मुठिमा बालुवाबन्द गर्न नसके झै उमेर पनि बिस्तारै आफ्नो कब्जाबाट चिप्लेर जाँदोरहेछ ।
    धन्य अहिलेको आधुनिक फेसन र लवाई-खवाइले… अहिलेको युवा हरुलाई ढल्केको उमेरलाई बाँधेको जस्तो गर्दैछ ।
    तर भित्रभित्रै खोत्रिदै गएको तत्थ त आफुले मात्र जानिदो रहेछ ।
    अनि
    यस्तोमा आफ्नो दाम्पत्य जीवनमा आएको हाकको सामना गर्नसक्ने
    आत्मबिस्वास आफुबात गुम्न जादोरहेछ ।
    स्वास्निमाथि । बिस्वाश नगरौ आफुमाथि झनै बिस्वाश नरहँदो रहेछ।

    आफुप्रतिको दुर्बल् बिस्वाशले रातरातभरि सुतनदिदो रहेनछ मन्को शान्ति खोस्दो रहेछ ।
    त्यसैले हेर न कत्तिपय कुरा आफुले देख्या नदेख्यै, सुन्या नसुन्यै र सोच्तै नसोचेको जस्तो गर्नु पर्दोरहेछ ।
    ढुक्कै हुनु कि त आफु चितामा पुग्नु पर्दोरहेछ ।
    कि ऊ चितामा पुग्नु पर्दोरहेछ । होइन भने त जिवन यस्तै रहेछ । ((पीडित खालिङ))

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s