फोरमले माओवादीलाई भोट दिने


सरोजराज अधिकारी/काठमाडौं, भाद्र २१ – मधेसी जनअधिकार फोरमले मंगलबार हुने प्रधानमन्त्री निर्वाचनमा माओवादी उम्मेदवार पुष्पकमल दाहाललाई भोट दिने भएको छ । यसअघिका पाँच चरणको निर्वाचनमा तटस्थ र आइतबार भएको छैटौं चरणको निर्वाचनमा ‘नो-भोट’ गरेको फोरमले सातौं चरणको निर्वाचनमा माओवादीलाई भोट दिने निष्कर्षमा पुगेको हो ।

 ‘तटस्थ बस्नु हुँदैन भन्ने तर्कका साथ हामीले हिजो मोर्चा छाडेका हौं,’ फोरम सह-अध्यक्ष जेपी गुप्ताले सोमबार ईकान्तिपुरसित भने, ‘त्यसैले ‘नो-भोट’ लाई पनि निरन्तरता दिन हुँदैन भन्ने हाम्रो तर्क हो ।’

गुप्ताले फोरमका कुनै पनि सभासद् कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने पक्षमा नरहेकाले दाहाललाई मत दिन सकिने बताए । तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट फोरम आइतबार अलग भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s