विध्यालयको भित्तामा के लेख्ने ?


“विध्यालय ज्ञान आर्जनको थलो कि राजनीतिक प्रचारको केन्द्र विन्दु ?”

सुजता तामाङ/ सल्लेरी, सोलुखुम्बु – तपाई विध्यालय परिषरमा पुग्दा के हेर्न चाहनुहुन्छ ? राम्रो फुलबारी, सफा आँगन, अनी भित्तामा सरस्वतीको तस्वीर त्यसैगरी बालबालीकालाई रमाईलो लाग्ने किसिमका चित्रहरु र रमाईलोसँग सकारात्मक कुरा सिक्ने बाक्यहरु पढ्न चाहनुहुन्छ होला । तर सोलुखुम्बुका अधिकाँश बिद्यालयमा पुग्नुभयो भने तपाईले यस्ता कुनै पनि कुरा नभई आरोप–प्रत्यारोप र बिरोधका बाक्यहरु पढ्न पाउनु हुन्छ । प्रचण्डपथ जिन्दावाद, ….बन्द सफल गरौँ,।।। मुर्दाबाद, जस्ता नाराहरुले सोलुखुम्बका धेरै जसो विद्यालयहरुको पर्खाल रङिगएका छन ।

राता/राता मसिले ठु–ठुला अक्षरमा लेखिएका ति नाराहरु सोलुखुम्बुका एक दर्जन भन्दा बढी विद्यालयहरुमा भेटिन्छन । सोलुखुम्बुका महेन्दद्वोय उच्च मावि मुक्लि, काकु मावि भेडाचौर,जीवनज्योती उच्च मावि कागेल, कालीका माबी पञ्चन लगायत थुप्रै विद्यालयहरुमा यस्ता नाराहरु अझै पनि छन । शसस्त्र द्वन्दकालीन अबस्थामा पार्टीको तिव्र प्रचारका लागी विद्यालयका भवनहरुको भित्ता तथा छानाहरुमा लेखिएका यी नाराहरु आज पनि प्रचारप्रसारको रुपमा प्रयोग भएका छन् ।

विद्यालय ज्ञान आर्जनको थलो कि राजनीतिक प्रचारको केन्द्र विन्दु ? प्रश्न उठिरहेको छ । उत्तर सजिलो भएपनि सिधै भन्न निकै गाह्रो महसुस गरीरहेका छन अभिभावक, शिक्षक र विद्यार्थीहरुले। गाह्रो नहोस पनि कसरी, विद्यालयमा आएर विद्यालयको अनुमती बेगर नै पार्टी प्रचारको नाराहरु लेखिएका छन । भन्न त विद्यालयलाई शान्ति क्षेत्र हुन भन्ने गरिन्छ अनि विद्यालयको स्वच्छ बाताबरणलाई धमिल्याउन हुदैन भनेर ठुला कुरा पनि गरिन्छ । तर बालबालिकाहरुको ज्ञान आर्जनको थलो विद्यालय शान्ति क्षेत्र हुन भनेर जस जस्ले भन्ने गर्थे आज तिनीहरुले नै विद्यालय शान्ति क्षेत्र भन्दा पनि राजनीतिक प्रचारको क्षेत्र हुन भनी आफ्नो कतुर्त देखाईरहेका छन ।

अनेरास्ववियु क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष रामकिरण राई भन्छन् “कुनै बिद्यालय वा क्याम्पसमा बिद्यार्थीको स्वागतका लागी तुल, व्यानर राखिन्छ भने त्यसले विध्यर्थीमा कुनै असर गदर्नै ,बरु थप उत्साह बढाईदिन्छ” अनी बिद्यालयका भित्तामा लेखिएका राजनीतिक नाराबाट भने बिद्यार्थीलाई असर गर्ने उनि स्विकार्छान्। प्रचारका लागी बिद्यालयका भित्ता लेखनमा अलि बढि प्राथामिकता दिने संगठनमा आबद्ध उनि भन्छन् “सबै बिद्यार्थीलाई समेटने किसिमका नारा भएमा त्यसले राम्रो गर्छ तर कसैलाई आरोप–प्रत्यारोप र बिरोधका कुरा गरिन्छ भने त्यसबाट बिद्यार्थीहरुलाई नकरात्मक असर पर्न सक्छ ” बालबालीकाको मस्तिष्कले जस्तो कुराको पनि स्विकार गर्छ ।

राम्रो तथा नराम्रो जस्तो कुरालाई पनि सजिलै ग्रहन गर्ने भएकोले उनिहरुलार्इ  सकरात्मक कुराको सन्देश दिनमा बढि जोड  दिनुपर्छ । अनेरास्ववियु जिल्ला कमिटी सोलुखुम्बुका जिल्ला सम्मेलन आयोजक समितीका संयोजक सरोज खालिङ भन्छन् “बिद्यालयमा लेखिने बिरोधका नारा र बिभिन्न प्रचारात्मक नाराले बिद्यार्थीहरुलाई नकरात्मक असर पार्छ त्यसैले यसलाई हटाउनु पर्छ भन्ने हाम्रो पनि माग हो” । नेपाल बिद्यार्थी संघ सोलुखुम्बुले त जिल्लाका बिभिन्न बिद्यालयहरुबाट भित्तले खे न हटाउनु पर्ने र अबका दिनमा गर्न  नहुने भनरे निकै अघिदेखी आवाज उठाईरहेको छ ।

नेपाल बिद्यार्थी संघ सोलखुम्बुका अध्यक्ष नवीन थापा भन्छन् “क्रियाकलाप तत्काल बन्द गरिनुपर्छ । बिद्यालयमा यस्ता कुरा लेख्दा बिद्यार्थीमा बिरोधको भावना सृजित हुने डर त छ नै बिद्यार्थी बिच आपसमा झगडा नहोला भन्न पनि सकिन्न” । बिद्यालयमा नारा लेख्नमा वा तुल, व्यानर राख्नमा अग्रणी भुमिका खेल्न बिद्यार्थी संगठनका नेताहरुको कुराबाट पनि प्रश्ट हुन्छ की बिद्यालयमा राजनीतिक र बिरोधका नाराहरु लेखिनु ठिक होईन । “विद्यालयका भित्तामा लेखिएका राजनीतिक नाराले हामी आफैलाई अप्ठ्यारो बनाईरहेको छ” केदार उच्च माध्यमिक विद्यालय नेचा बेतघारीका प्राचार्य एकराज शर्मा भन्छन ।

हातमा किताव च्यापेर विद्यालय जादै गरेका बालबालिकाहरुलाई भित्तामा लेखिएका ति नाराहरुले पढ्ने मनस्थिती पनि विगारिदिन्छ । सद्भाव र सहिष्णुताको दर्शन गाउन सिकाउने विद्यालयमा जिन्दावाद र मुर्दाबादका नाराहरु देखेपछि, बाल मस्तिष्क न हो, सानो प्रभावले पनि ठुलै दुश्परिणाम ल्याईदिन सक्छ । यसैले पनि यस्तो कार्य राजनीतिक दलले तत्काल बन्द गरिनुपर्ने भन्दै प्राचार्य शर्मा थप्छन आफ्नै विद्यालयको भित्तामा पनि राजनीतिक नाराहरु कोरिएका थिए । हामीले लिपेर ति नाराहरु मेटाउने प्रयास गरेको थियौ तर बर्षातको पानीले माटो बगाएर फेरी स्पष्ट रुपमा देखिने भएको छ ।

विद्यालय आफैलाई पनि ति नाराहरुले असहज भईरहेको छ भने राजनीतिक दलले ति नाराहरु मेटाउन रोक लगाएका छन अनि अर्कोतिर ति नाराहरु मेटाउन दवाव पनि आईरहेका छन । यसरी दुवै शक्तिको निसानी बन्नु परेको दुखेसो गर्छन प्राचार्य शर्मा । केदार उच्च मावि यसको उदाहरण मात्र हुन । राजनीतिक दलले विद्यालयको भित्तामा र छानामा खेलेका नाराहरु त पार्टीको प्रत्यक्ष प्रचार

भए । त्यस बाहेक पनि विद्यालयहरुमा राजनीतिक कार्यक्रम, राजनीतिक

प्रशिक्षण हुने गरेका छन । यसरी विद्यालय क्षेत्र दुवै शक्तिको निसानी बन्नु भन्दा यसका लागी ठोस प्रयास थाल्न उत्तम विकल्प हुने छ ।

यस्तै विकल्पहरुको खोजीका क्रममा २ महिनाअघि मात्र जिल्ला शिक्षा कार्यालयमा मुख्य ३ दलका भातृसंगठनहरुले विद्यालयहरुमा लेखिएका राजनीतिक नाराहरु मेटाउन र मेट्न सहमती जनाएका थिए । तर सहमती केबल ओठे बोलीहरुमा केन्द्रित रहे। सिगान पुछ्न नजान्ने बालबालिकालाई राजनीतिक केन्द्रको धरोहर बनाईन हुदैन भनेर चौतर्फी आवाज नउठेको होईन तर पनि कानमा तेल हालेर बस्ने सम्बन्धित निकाय र आफ्नो हविगत नदेखाई नछाड्ने राजनीतिक दलले बाल अधिकारका पक्षमा वकालत गर्नु आफ्नै घुँडामा बन्चरो हान्नु सिवाय केही हुँदैन।

छोराछोरीहरुको उज्वल भविष्य निमार्ण स्थल विद्यालयहरुमा यस्ता राजनीतिक नाराहरु लेखेनु कतिको न्यायसंगत हुन्छ प्रश्न गर्दै अभिभावक रमशे खड्का यसो भन्छन राजनीतिक दलले विद्यालयहरुलाई राजनीतिक प्रचार केन्द्रको रुपमा लिएको छ अनी त्यसबाट बालबालिकाहरुको मनोभावमा असर पुगीरहेको छ। बालअधिकारको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुले किन बालबालिकाहरुको मनोवैज्ञानीक असरको लेखजोखा गदर्नै।

सामान्य रुपमा लिईदै आएको यो समस्या अत्यन्तै जटिल समस्या हो । यसबाट के हुन्छ र भन्ने लाग्ला तर यसले बालकको मानसिक बिकासमा नराम्रो असर गर्छ। प्रचारप्रसार गर्ने अधिकार त सबैलाई हुन्छ तर बालमनोभाबलाई कुल्चेर र नकरात्मक साचे बिकास हुने गरी कसैले पनि प्रचारप्रसार गर्न  हुँदैन त्यसैले सरोकारवालाहरुले समयमा नै यो समस्या समाधान गर्नु पर्छ।

Advertisements

One thought on “विध्यालयको भित्तामा के लेख्ने ?

  1. अ पनि नेपालका राजनीतिक पर्टिहरुले विधालय जस्तो सम्बेदन शैक्षिक मन्दिरमा राजनीतिक गर्ने थालो बनाउनु हुन।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s