आज हरितालिका तिज


२६ भाद्र, काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तिज शनिबार मनाइँदैछ । विहानै उठी नुहाई धुवाई गरी चोखो बस्त्र लगाएर नजिकको शिवालयमा पूजाआजा गर्ने नारीहरुको विहानैदेखि घुईंचो लागेको छ । विवाहित महिलाले निराहार ब्रत बसेर शिवको पूजा गरे पतिको दिर्घायू हुने र अविवाहितले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

पूजाआजा पछि तिज गीत गाउने र रमाइलो गर्ने गरीन्छ । तिजमा गाइने संगीनी गीत बढी चर्चित छ । कबतिजलाई महिलाहरुको मनको बह पोख्ने दिनको रुपमा लिइए पनि पछिल्लो समय तीज गीत मार्फत् राजनीतिक र साँस्कृतिक बिकृतिप्रति व्यङ्ग्य गर्ने र राष्ट्रियताको पक्षमा आवाज उठाउने गरिएको छ ।

भाद्र शुक्ल तृतीयाको दिनदेखि सुरु भएको तिज पन्चमीको दिन सप्तऋषीको पूजाआजा गरेर सकिन्छ । आज दिनभर व्रत बसेर पूजाआजा गर्नुपर्ने भएकोले महिलाहरुले हिजो रातिसम्म दरको रुपमा मिठा मिठा परिकार खाएका थिए ।

शिवालयहरुमा विहानैदेखि भिड

सौभाग्यको प्रतीक रातो कपडा, चुरापोते, गरगहना लगाएर पूजा गर्नेहरुको काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वरलगायत देशभरका शिवालयमा विहानैदेखि भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यका अनुसार पशुपतिनाथ दर्शनका लागि विहान ३ बजेदेखि नै ढोका खोलेर चार वटा लाईनमार्फत् दर्शनको व्यवस्था मिलाइएको छ । धेरैबेर लाइनमा बस्न नसक्नेहरुलाई भने विशेष व्यवस्था मिलाइएको छ ।

विशेष व्यवस्थाअनुसार एक हजार रुपैयाँको टिकट लिएर आधा घण्टा भित्रै दर्शन गर्न पाउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्काउटको स्वयम्सेवक टोलीको साथ सशस्त्र र जनपथप्रहरी गरी झण्डै चार हजार सुरक्षाकर्मी सुरक्षाका लागि खटिएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s