नेचामा दलहरुको बैठक, माओवादी अनुपस्थित


२६ भाद्र, नेचा – नेचा बेतघारी सोलुखुम्बुमा क्रियासिल दलहरुको बैठक शुक्रबार नेचामा सम्पन्न भएको छ । बैठकले सोलुखोला तुईनटार लघुजलविद्युत आयोजनाले पारदर्शी ढङ्गले काम नगरेकोमा आपत्ति जनाउदै २० बुदे माग पत्र पेश गरेको छ । माग पत्रमा उपभोक्ताहरुबाट उठाएको रकम बैङमा जम्मा गर्नुपर्ने, न्युनतम १ करोड २८ लाखको कोटेशनमा सम्झौता नगरी १ लाख ७८ लाखको कोटेशनमा सम्झौता गर्नुको कारण स्पष्ट गुर्नपर्ने, आयोजनाबाट काम गर्दा सर्वदलिय र सर्वंपक्षिय सहमतीबाट मात्रै हुनुपर्ने, हालसम्मको आयोजनाको खर्च वितरण स्पष्ट हुनुपर्ने, लगायतका मागहरु रहेका छन ।

बैठकले मागबारे बेबास्ता गरिएमा नेचा बेतघारी गाविसमा क्रियाशिल राजनीतिक दलहरु मिलेर आयोजनाको विरुद्वमा आन्दोलन निणर्य गरेको छ । आयोजनाको बारेमा स्पष्ट जानकारी र र रकमको पारदर्शीता नभएसम्म दोश्रो चरणको श्रमदान र दोश्रो किस्ताको रकम नदिन सम्पुर्ण उपभोक्ताहरुलाई अपिल समेत गरिएको छ । बैठकमा एकिकृत नेकपा माओबादी भने अनुपस्थित रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s