वर्तमान सरकार – जोड,घटाऊ र शून्य प्रतिफल


लेखक: दीप(हस्त) थापा

दीप(हस्त)थापा मगर – अन्तत:सातौं चरणको नाटक मन्चनबाट पनि देशले प्रधानमन्त्री पाउन सकेन। दुर्भाग्य नै भनौं देशले अझसम्म अनिर्णयको वाढींबाट उन्मुक्ति पाउन सकेको छैन। दलहरुबिचको आपसी मतभेत र सीमित व्यक्तीहरुको कुर्चीमोह कै कारणले अझ देश अन्यौलको खाल्डोमा फस्दैछ।

देश चल्ने विधीजस्तो महत्वपूर्ण संबिधान निर्माण कार्यलाई एकतिर पन्छाएर कुर्चिको तानातानी घिन लाग्दो खेलमा दलहरु लागि पर्नु हामी नेपालीहरुको लागि थप चिन्ताको बिषय हो। संबिधान निर्माणको लागि हाम्रो अमुल्य मत दिएर पठाएका सभासदहरुले सत्ता लिप्साको लागि गणीतिय जोडघटाउमा लागेर तोकिएको मितिमा जिम्मेवारी त पुरा गरेनन् नै थप देशमाथी आर्थिक भार समेत थपे।

गजबको संस्कार,जेम्मेवारी पनि पूरा नगर्ने अनी अन्तरिम संविधानलाई पटक-पटक संशोधन गर्दै संविधान सभालाई “जागिर खाने थलो” बनाइरहेका छन। राज्यको ढुकुटी रित्याउने कार्यमा उनीहरु लिप्त छन। नाटकीय ढंगले अन्तिम समयमा संविधान सभाको म्याद थपे। जागिर थमियो। राष्ट्र जुन प्रकारको जटिल परिस्थितीबाट गुज्रदै छ त्यसप्रति कुनै पनि राजनीतिक दलहरुको ध्यान केन्द्रित भएको देखिदैन।

बरु मेरै गोरुको सय टक्का भने झैँ आ-आफ्नो दलीय स्वार्थको कारण पटक-पटकको प्रधानमन्त्रीको निर्वाचन विना निष्कर्श टुङ्गिदै आएको छ। सातौं चरणको निर्वाचनमा पनि बल्ड्याङ् खाएका दुबै उम्मेद्वार असोज-१० को निर्वाचनको तयारीमा धूलो टक्टक्याउदै फेरि पाखुरा सुर्किदै छन्।

प्रधानमन्त्री समेत छान्न नसकी रहेको अवस्थामा देश एउटा असफल राष्ट्रको रुपमा चिनिदै छ। खै!त त्यसप्रती राजनीतिक दलहरुको चासो? प्रधानमन्त्री त चुन्न नसक्ने दलहरुले कसरी संविधान बनाउला र? जनताको लागि राम्रो संविधान बनाउन भनेर निर्वाचित गरी पठाएका जनताका प्रतिनिधिहरु जनताको हितविपरित, नेपाली जनताको म्यान्डेट विपरीत घ्रिणित कार्यहरुमा लागिरहेकोले आम नेपालीहरुमा संविधान नबन्ने आशंकाले त्रसित छन्।

पटक-पटकको निर्वाचनबाट पनि देशले प्रधानमन्त्री नपाउँदा र देश सरकारविहिन रहदा देशको दैनिकीमा पनि निराशापन छाएको छ। अब यो परिस्थितीबाट मुलुकलाई मुक्ती दिनको निम्ती देशका सबै दलहरुले आफ्नो हठ् त्याग्नु पर्छ। दलीय स्वार्थ त्याग्नु पर्छ। सबै दलहरु एकै ठाउँमा आएर सहमतिको नयाँ अध्याय शुरु गर्नुपर्छ। वर्तमान अन्यौल रहीरहँदा जनतामा दलहरुप्रति वितृणा अझ मौलाउने छ। जसले कुनै पनि दलहरुलाई फाईदा नहुने स्पष्ट छ।दलहरुले यो स्थितिलाई अझ लामो समयसम्म लम्याउने हो भने एउटा अर्को जनविद्रोह हुनेछ र त्यो जनविद्रोह स्वस्फुर्त हुनेछ। उक्त जनविद्रोहले दलहरुलाई निमट्यान्न पनि सक्छ किन भने

” जनता सबैभन्दा ठूला शक्ती हुन र वैशाखी टेकाइएको आन्दोलनभन्दा स्वस्फुर्त जनविद्रोह सधैं महान हुन्छ र विजय पनि हासिल गर्छ।“

वर्तमान अन्यौलबाट राष्ट्रलाई तुरुन्तै मुक्त गर्न चुनावी प्रकृया असफल भै सकेपछि सहमति बाहेक अर्को विकल्प छैन। त्यसकारण सहमतिको सरकार निर्माण गर्न सबैले पहल गर्नुपर्छ। यो मात्रै सबै भन्दा दीर्घकालिन समाधान हुन सक्छ। हालको जोड-घटाऊ सधैंको लागि भयमुक्त हुँदैन। त्यसैकारण सहमति निर्विकल्प छ। अत: सुकिला-मुकिला, थोत्रे-झाम्रे(ज-जस्को शब्दमा जे भये पनि)आज एकताको खाँचो छ।

त्यसकारणले ठुला दल भनाउदाहरु मात्रै होइन अन्य दलहरु पनि एउटा “विशेष निर्णय” गर्नुपर्‍यो जस्ले मुलुकलाई अन्यौलबाट मुक्त देओस।

हाल: काठमाडौँ luck4thapa@gmail.com

Advertisements

2 thoughts on “वर्तमान सरकार – जोड,घटाऊ र शून्य प्रतिफल

  1. Deep ji, Lekhai ramro lagyo je gare pani yo desko netaharule nagarik ko laagi kahile pani bhalo hune kaam garna sakena kursi tana tan r bhuri bharne kaam bhanda kehi chhaina.

    samagra lekhai ramro chha lekhdai janu hos hai.
    Chandra rai
    solu

  2. दीप थापा मगर भाइको वर्तमान सरकार र उनीहरुको काम, कर्तब्य र अधिकार बारेमा लेखनु भएको टिक्का टिप्पणी सान्दर्भिक छ | जनताले देश र जनताको मुक्तिको लागि भोट दिएर पठाए, दुर्भाग्यको कुरा माथिल्लो नेताहरुले सिङ्गो देशको महत्वपूर्ण काम गर्नु भुलेर रास्ट्रको ढिकुटी रित्त्याउदै आफ्नो कुर्सिको आयु लम्ब्याउने काम गरि रहेका छन् , त्यसैले देशको मुक्तिकामी नागरिकको हैसियतले खबरदारी गर्नु हाम्रो कर्तब्य सम्झेर आगामी दिनहरुमा पनि यस्तो लेख मार्फत सहि सत्यकुरा जनसमक्ष्य पुरयाउनु पर्छ | राम्रो छ अझ अगाडी बदनोस |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s