खानेपानी रोक्नेलाई सार्वजनिक अपराध मुद्दा


सन्तोष पोखरेल, पोखरा, पोखरामा खानेपानी आपूर्ति बन्द गरिदिएका गाउँलेलाई कास्की प्रशासनले कारबाही गर्ने भएको छ। खानेपानी आपूर्ति बन्द गरिदिएका गाउँलेलाई पक्राउ गर्न प्रशासनले आइतबार ‘वारेन्ट’ जारी गरेको छ। कास्की प्रशासनले आइतबार प्रहरीलाई पत्राचार गरि मर्दिखोला तटबन्धन तथा नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मधुसुदन अधिकारीसहित संलग्न गाउँलेलाई पक्राउ गर्न आदेश दिएको छ। खानेपानी जस्तो संवेदनशील वस्तुलाई अवरोध गर्नु मानवताविरुद्धको काम भएको भन्दै काराबाहीका लागि वारेन्ट जारी गरेको प्रशासनले जनाएको छ।

‘खानेपानी आपूर्ति रोक्नु मानवता विरोधी काम हो, त्यसैले कारबाही गर्न लागेका हौं’, कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले भने- जतिसक्दो छिटो पक्राउ गरेर ल्याउन प्रहरीलाई भनेको छु। प्रजिअ कोइरालाले खानेपानी अवरुद्ध गर्ने गाउँलेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही चलाउने बताए। ‘समिति अध्यक्षसहित खानेपानी अवरोध गर्ने व्यक्तिलाई पहिचान गरेर सावर्जनिक अपराधको मुद्दा चलाउने हो’, कोइरालाले भने- पहिला समिति अध्यक्षलाई सार्वजनिक अपराधको मुद्दा चलाउँछौ, अनि संलग्न अन्य गाउँलेलाई छानविन गरेर कारबाही गर्छौं।
पोखरामा खानेपानी आपूर्तिको मुख्य स्रोत लाहाचोकको मर्दिखोलास्थित प्रभावित क्षेत्रका बासिन्दा विकास माग गर्दै आन्दोलनमा उत्रेका थिए। गाउँलेले पहिलो चरणअन्तर्गत शनिबार १० मिनेट पोखरा जाने खानेपानी आपूर्ति बन्द गरिदिएका थिए। गाउँलेले माग पूरा नभए पोखरामा अनिश्चितकालीन खानेपानी आपूर्ति बन्द गरिदिने चेतावनीसमेत दिएका छन्।

source kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s