नवौं विपि रनिङशिल्ड सम्पन्न, जज माविको वर्चश्व


भाद्र-२८ सोलुखुम्बु(सोलु अनलाईन) – नवौं विपि रनिङ शिल्ड खुल्ला महिला तथा पुरुष अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि जन जागृति उच्च मावि सल्लेरी सोलुखुम्बुले जितेको छ । ९६ औ विपी जयन्तीको अबसरमा नेपाल विद्यार्थी सघं सोलुखुम्बले आयोजना गरेको महिला, पुरुष तथा खुल्ला तिनै बटा प्रतियोगीतामा जन जागृति उच्च मावि सल्लेरी प्रथम भएको हो ।
प्रतियोगिताको खुल्लातर्फ हिमालय उच्च मावि जुवु द्वितिय तथा चागेस्थान उच्च मावि केरुङ्ग तृतिय भएको छ । त्यसैगरी अन्तर मावि पुरुष भलिवल प्रतियोगीतामा द्वितिय जीवन ज्योती उच्च मावि नेले तथा गार्मा मावि गार्माले क्रमशः द्वितिय र तृतिय स्थान ओगटेका छन । सिहंकाली उच्च मावि तिङलामा भएको सो प्रतियोगीताको खुल्ला महिला भलिवल प्रतियोगीतामा जजा उच्च मावि समहु वि द्वितिय तथा हिमालय उच्च मावि बासा तृतिय भएका छन ।
विजयी टिमहरुलाई नगद ५ हजार, ३ हजार र २ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल विद्यार्थी संघ सोलुखुम्वुले जनाएको छ । खेलमा २३ टिमले सहभागिता जनाएका थिए ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s