अनुगमन समिति सक्रिय


भाद्र-३१(सोलुखुम्बु) – आर्थिक बर्ष २०६६/६७ मा सोलुखुम्बुमा सञ्चालन भएका योजनाहरुको अनुगमनका लागि गठन भएको अनुगमन टोलीले पहिलोपटक तामाखानी– चौलाखर्क–बाम्तीभण्डार सडकको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमण टोलीले सो सडक निर्माण सम्बन्धी कामको अनुगमण गरेर फर्किएको टोलीका सदस्य एवं एकिकृत नेकपा माओबादी सोलुखुम्बुका सह–ईन्चार्ज हिमाल गिरीले जानकारी दिनुभयो ।

वहाँका अनुसार सडक निर्माणमा भएका राम्रो नराम्रा कामहरुको बारेमा अनुगमण भएको र सो अनुगमणको प्रतिबेदन असोज १० गते सर्बदलिय बैठकमा पेश गरिने छ । तामाखानी– चौलाखर्क–बाम्तीभण्डार सडक जिल्ला परिषदबाट पारित भएको योजनामा सर्बदलिय निर्णय अनुसार पर्बतारोहण रोयल्टीबाट जिल्ला बिकास समिती सोलुखुम्बुले निर्माण कार्य शुरु गरेको हो । सो सडकको अनुगमण प्रतिबेदन आएपछि मात्र यसपटक जिल्लामा प्राप्त पर्बतारोहण रोयल्टीबापतको बजेट बिनियोजना गरिने भएकोले टोलीले तयार गर्ने प्रतिबेदनलाई चासोका साथ हेरिएको छ ।

जिल्ला परिषदबाट पारित र सर्वदलिय बैठकले बजेट माग गर्न सिफारिस गरिसकेको योजना भएकोले यसपटकको पर्बतारोहण रोयल्टी बापतको रकम पनि त्यहि मार्गमा खर्च गरिने संभावना बढि भएको पनि गिरीले बताउनु भयो ।

यसैविच सडकको अनुगमणका लागि गएको टोलीले चौलाखर्कका निर्माण भएको हेल्पोष्ट भवन, गाविस भवन तथा तामाखानी गाविसमा निर्माण भएको गाविस भवन तथा भत्कीएको ज्वालामाई प्रावीको भवनको पनि अनुगमण गरेको छ । टोलीले चाँडै नै जिल्लामा सञ्चालन भएका योजनाहरुको पनि अनुगमण गर्ने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s