एसपी खरेललाई ‘चेतावनी’


काठमाडौ, भाद्र ३१ – काठमाडौ प्रहरी प्रमुख रमेश खरेललाई महानगरीय आयुक्तको कार्यालयले चेतावनीयुक्त ‘ध्यानआर्कषण’ को पत्र थमाएको छ । खरेलले प्रहरीको परम्परा र अनुशासन (चेन अफ कमान्ड) नाघेर माथिल्लो निकायमा अधिकृतहरूबारे औपचारिक गुनासो गरेको आरोप आयुक्त कार्यालयको छ । आयुक्तको कार्यालयमा कार्यरत एक नायव निरीक्षकले गरेको गलत कार्यबारे एसपी खरेलले महानगरीय प्रमुख मदन खड्कालाई कुनै पनि जानकारी नदिई सोझै प्रहरी प्रमुख महाननिरीक्षक रमेश चन्दकहाँ गुनासो गरेको थाहाभएको छ । सोझै गुनासो गरेको घटनालाई प्रहरी प्रमुखले पनि उचित नठानेपछि खरेललाई चेतावनीयुक्त पत्र दिने निर्णय भएको थाहाभएको छ । आयुक्तको कार्यालयले खरेललाई यसअघि पनि काठमाडौंमा आपराघिक घटना बढेकोमा सचेत गराउँदै ध्यानआर्कषण गराएको थियो । खरेललाई अर्को पटक यस्तै गल्ती दोर्‍याए कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको छ । आयुक्तको कार्यालयले खरेललाई बुझाएको पत्रका बोधार्थ प्रहरी महानिरीक्षकको सचिवालय र प्रशासन विभागलाई पनि दिइएको छ ।

Posted bye :Gopal magar                                                                              source ekantipur

Advertisements

One thought on “एसपी खरेललाई ‘चेतावनी’

  1. काठमाडौ प्रहरी प्रमुख रमेश खरेल ji lai kina चेतावनी? Kathmandu ma ahilay waha justo chaina bany gunda haru ajay badnay cha,Jaslay jay banay pani waha kathmandu ma hunu nai parcha. He is Hero, Supper Hero.
    Thank you

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s