नेबिसंघको सक्रियता, प्रदिप पौडेल केन्द्रिय सदस्यमा लड्ने


भाद्र-३१(सोलुखुम्बु) – नेपाल बिद्यार्थी संघ सोलुखुम्बुको जहाँ स्कुल त्यहाँ नेबिसंघ तथा सामुदायिक बिद्यालय सुधार अभियान अन्तर्गत आज बिरेन्द्रद्धय उच्च मावि मुक्ली सोलुखुम्बुमा अन्तरक्रिया गरेको छ । आज बिद्यालयमा बिद्यालय सुधारका बिबिध बिषयमा छलफल गरेको नेविसंघ सोलुखुम्बुका उत्तमप्रसाद राईले जानकारी दिनुभयो ।

वहाँका अनुसार आज सोही कार्यक्रममा जयधन राईको संयोजकत्वमा ३७ सदस्यीय नेविसंघ बिरेन्द्रोदय उच्च माबी ईकाई कमिटी र राजेन्द्र राईको संयोजकत्वमा १५ सदस्यीय बिरेन्द्रोदय माबी ईकाई गठन समेत गरिएको छ । यसैविच नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रदिप पौडेलले नेपाली काँग्रेस केन्द्रिय समितीको सदस्यमा उमेदवारी दिनुभएको छ । भोलीबाट काठमाण्डौमा शुरु हुने अबिधेसनमा खुल्ला तर्फको सदस्यका लागि आज वहाँले उमेदवारीको घोषणा गर्नुभएको हो ।

नेविसंघ केन्द्रिय कार्यालयमा आज पत्रकार सम्मेलन गरी नेपाल बिद्यार्थी संघको संस्थागत प्रस्तावक र नेबिसंघ निबर्तमान अध्यक्ष कल्याण गुरुङ्गको समर्थनमा वहाँको उमेदवारी घोषणा गरिएको नेविसंघ सोलुखुम्बुका अध्यक्ष नवीन थापाले जानकारी दिनुभयो ।

उमेदवारी घोषणा गरेपछि पौडेलले आफु बिद्यार्थीका मुद्धालाई ससक्त रुपमा अगाडी बढाउन र  युवाहरु प्रति काँग्रेसको दृष्टिकोण परिवर्तनका लागि ससक्त प्रयास गर्न केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गर्न लागेको बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s