जनचेतना प्राविमा लगाइएको ताला खुल्ने


१ असोज, गुदेल – बालदिवसका दिन बिद्यालय बन्द गरिएको कारण देखाउँदै अभिभावकद्धारा जनचेतना प्रावि गुदेलमा लगाएको ताला आईतवारबाट खोलिने भएको छ । 
अभिावकहरुले बालदिवसको दिन बिद्यालय बन्द गर्न नहुने भन्दै ताला लगाएका अभिभावक सोनाम शेर्पाले जानकारी दिनुभयो । वहाँका अनुसार अभिभावकहरुले चार बर्षदेखी बिद्यालयको लेखा परिक्षण नभएकोले तत्कालै लेखा परिक्षण गर्नुपर्ने, बिद्यालय समुदायमा हस्तान्तरण हुँदा प्राप्त १ लाख रुपैयाँको हिसाव देखाउनु पर्ने लगाएतका १३ वटा माग राखेका छन् । कक्षा ५ सम्म अध्ययन हुने सो बिद्यालयमा नियमित पढाई नहुने, शिक्षकहरु बिद्यालयमा नियमित नआउने लगाएत आर्थिक हिनामिना भएको अभिभावकहरुको आरोप छ ।
आज बिहान अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुका बिच भएको छलफलबाट अभिभावकले राखेका मागहरु पुरा गर्ने सहमति भएपछि आईतवार ताला खोल्ने सहमती भएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष च्याङबा शेर्पाले जानकारी दिनुभयो । 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s