मृतकको थापामगरको परिवारलाई मलेसियाबाट सहयोग


योगेन्द्र जोगी “हिमाल”क्वालालम्पुर/ मलेसिया – बैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष अगाडी मलेसिया पुगेका जंग बहादुर थापामगरको आज भन्दा १ महिना अगाडी सुतिरहेको अवश्थामा अचानक मृत्यु भएको थियो । मलेसियाको निलाई शहरस्थित नेगरी सेम्बिलानमा पर्ने युनाईटेड मोर कम्पनीमा  कार्यरत थापामगर ओखले, उदयापुर जिल्ला निबासी हुन् । मलेसियाबाट मृतकको परिवारलाई २ लाख २२ हजार ३ सय १० रुपैया सहयोग रकम मृतकको बुबा कर्ण बहादुर थापामगरको पठाईएको छ।

सो रकम मलेसिया स्थित निज मृतक काम गरेको कम्पनीबाट नेपाली रुपैया १ लाख १७ हजार ३ रुपैया र मलेसिया स्थित नेपाली एकता समाजबाट १ लाख ५ हजार २ सय ८० रुपैया सहयोग रकम संकलन भएको हो। सहयोग रकम नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार शाहको नामबाट पठाईएको थियो । थापामगर उक्त नेपाली एकता समाजका एक सदस्य  थिए । नेपाली एकता समाजले आफनो समाज भित्रको जुनसुकै सदस्यको मृत्यु भएमा १ लाख रुपैया सम्म सहयोग गर्दै आएको जानकारी समाजका अध्यक्ष शाहले दिनु भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s