रेडियोमा बोल्ने रहर………..आवाज सोलु एफ.एम.मा


भोजेन्द्र बस्नेत-भदौको अन्तिम साता म ब्यक्तिगत कामको सिलसिलामा घर जाँदै थिए । झरी निकै परेकोले छाता ओढेर एक्लै हिड्दै थिए । पहिलेपहिले सल्लेरी–जिरीको मार्गमा धेरै बटुवाहरु भेटिने गरेको भएपनि आजभोली सुनसान हुने गर्दछ । त्यो सुनसानमा एक्लै हिड्दै गर्दा मैले लामाजुरामा पुगेपछि एउटा चिनेको अनुहार देखेँ र अबको यात्रा सहज हुने भयो भनेर उनिसँग बोलेँ तर उनले उल्टै सरको घर कता प-यो भनेर सोधे ।

यस्तो सुनेपछि आफैलाई लाज लाग्यो अनी मैले मेरो घरायसी परिचय दिएँ । अनी त उनले कुरा शुरु गरे मैले तपाईलाई नदेखेको १० बर्ष भयो अनी कसरी चिन्नु त ? तपाईको आवाज त सँधै सुन्छु । मैले तपाईलाई भेट्न कति प्रयास गरेको थिए तर भेट भएको थिएन आज त दैवले जुराए साँच्चै म भाग्यमानी रहेछु । उनको यस्तो कुरा सुन्दा मलाई अचम्म पनि लाग्यो र सोधेँ किन र म सँग के काम छ ? उनले हतासिदै जवाफ दिए एक पटक जसरी भएपनि सोलुएफएममा बोल्ने रहर छ अब आज त्यो पुरा हुने भयो ।

तपाईहरु गाउँगाउँमा गएर अरुलाई बोल्न दिनुहुन्छ मेरो त घर बाटो भन्दा धेरै टाढा छ कोही आउँदैन । कहिल्यै भेट पनि भएन सल्लेरी जाने काम पनि छैन । त्यसैले बोल्ने रहर नपु¥याई मरिन्छ की जस्तो लाग्थ्यो तर आज पुरा हुने भयो । हुलाकका कर्मचारी समेत रहेका चौलाखर्क २ का भिमबहादुर बस्नेत थिए उनि । उनि एकोहोरो लागे तर म ब्यक्तीगत कामको लागि घरमा गएको थिए मसँग रेकर्डर थिएन ।

मलाई फसाद प-यो अब के गर्ने ? लामोजुराबाट खाना खाएर ओह्रालो झर्न थालियो तर उनको एकोहोरो ढिपी थियो आज मैले एफएममा बोल्न पाउनै पर्छ । उनको ढिपी सुनिरहँदा अनी बोल्न पाउनुपर्छ भनेर दोहो-याईरहँदा २ बर्ष अघि गोलीमा जाँदा हाम्रो रेकर्डरको मेमोरी भरिएको र बोल्नको लागी ३० भन्दा बढि मानिस आएर बोल्न पाउनु पर्छ भनेको सम्झेँ त्यो बेलामा गोलीका बासिन्दाले बोल्न नपाउँदा धेरै गुनासो गरेका थिए ।

त्यस्तै नेचामा जाँदा म रेडियोमा बेल्छु भन्दा कुन बिषयमा बोल्न दिनु भनेर संकट आएको सम्झेँ, ३÷४ बर्ष अघि जुवुमा जाँदा सबैले बोल्छु भनेर लगातार ४ घन्टा कुरा गरेको सम्झेँ, वाकुमा जाँदा स्थानीयबासीहरु बोल्नको लागी लाईन बसेको सम्झेँ, छेस्काममा जाँदा रेडियोमा साँच्चै बज्छ र हामी बोलेको पनि रेडियोमा आउँदो रहेछ भनेर खुशीले नाचेको सम्झेँ, बासामा जाँदा हैन यति सानो भाँडोमा बोलेको कुरा रेडियोमा आउने नै हो त ?

मलाई त अरुले रेडियोमा बोल्दा कतिधेरै बोल्न मन लागेको थियो तर आज बोल्न पाए भनेर खुशी भएको क्षण सम्झेँ, देउसामा एक जनाले म त धेरै बोल्ने भनेर ढिपी गरेको सम्झेँ, अनी बारम्बार एफएम स्टेसनमा आएर म रेडियोमा बोल्छु भन्दा सहकर्मीहरुले के बिषयमा बोल्न दिनु र भनेको पनि सम्झेँ, खास बिषय नहुँदा धेरैसँग कृषि, महिला, उमेरको सिमा आदीलाई आधार मानेर बोल्न लगाईन्थ्यो अनी गाउँमा गएको बेलामा म पनि बोल्छु भनेर ढिपी गरिरहँदा ब्याट्री सकिने वा मेमोरी भरिने समस्या आउने गरेको थियो ।

जसोतसो सबैको बोल्ने ईच्छा पुरा गर्ने प्रयास गरिन्थ्यो तर मलाई त्यो दिन भने निकै ठुलो संकट आईलाग्यो । मलाई भेटेर बोल्ने बर्षौ देखीको ईच्छा भएको ब्यक्ती भेटिएको छ तर म सँग त्यो दिन रेकर्डर छैन म त ब्यक्तीगत काममा पो हिडिरहेको छु । लामोजुराबाट ओह्रालो झर्न शुरु गरेपछि मेरो घुँडा निकै दुख्यो, हिड्न नसकेर आँखाबाट आँशु झर्लाजस्तो भएको छ । तर भेटिएका व्यक्ती भने छिनछिनमा म रेडियोमा बोल्छु भन्दै थिए ।

मैले शुरुमा केहीबेर त के बोल्ने ? के भन्न मन लागेको छ ? जस्ता कुरा गरेर अल्मलाउँदै गए तर केही लागेन उनको बेल्ने ढिपी बढ्दै थियो । मैले बिकल्पमा मोबाईलमा रेकर्ड गर्ने सोच बनाएँ, मोबाईल झिकेर आफैले प्रयास पनि गरेँ तर त्यत्ति गुणस्तर आवाज रेडर्क भएन त्यस्तैमा बोल्न लगाउँ भने उनले कुन दिन बज्छ ? कतिखेर बज्छ भन्नुस भन्दै थिए ।

सोलु एफएमको सबै प्रसारण उनि सुन्दा रहेछन् । मलाई लाग्यो यस्तै आवाज रेकर्ड गरेमा अरुको चाहीँ राम्रो आवाज बज्ने अनी मेरो चाहीँ सवाँरस्वाँर गर्ने भनेर रिसाउने छन् । उनी जसरी भएपनि बोल्ने कुरा दोहो¥याईरहेका थिए । अनी मैले बिकल्प मेरो ल्याप्टपलाई सम्झेँ र एउटा होटलमा पसेर ल्याप्टप खोली उनको आवाज रेकर्ड गर्न खोजेँ तर बिडम्बना मेरो ल्याप्टप चार्ज भएको रहेनछ, वा लामोजराको चिसोले ब्याट्री सिध्याईदिएछ ।

५ प्रतिशत ब्याट्रीमात्र बाँकी भएको ल्याप्टपमा उनको आवाज रेकर्ड गर्न थालेँ त्यही बेलामा एकजना २२÷२५ बर्षका युवा पनि आएर मैले कुराकानी गरेको हेर्दै थिए । उनि कृषक भएकोले छोटोमा ६÷७ मिनेट कृषि सम्बन्धी कुरा गरेर ल्याप्टप बन्द गर्न खोज्दा ति युवाले पनि बोल्ने प्रस्ताव राखे । बाध्य भएर उनीसँग पनि कुराकानी गर्न थालेँ ।

बिनोद नाम गरेका ति युवासँग कुरा गर्दागर्दै मेरो ल्यापटपमा ब्याट्री सकिसकेको थियो । हतारहतार सेभ गरेर ल्याप्टप बन्द गर्न खोज्दा त्यो होटलकी साहुनीले पनि बोल्ने ईच्छा जाहेर गरिन् तर मेरो ल्यापटप बन्द भईसकेको थियो । उनलाई भने म घरबाट फर्कदा ल्यापटप चार्ज गरेर आउँछु अनि कुरा गरौँला भनेर सम्झाएँ ।

त्यतिबेलासम्म दिउँसोको ४ बजिसकेको थियो । मेरो घर अझै टाढा थियो त्यो दिन पुग्नै पर्ने बाध्यता पनि । शरिर थकित सकिनसकी ओह्रालो झर्न शुरु ग-र्यौ । तर मलाई त्यसपछिको यात्रा निकै सहज भयो कारण थियो मैले कुराकानी गरेका दुबैजना म सँगै थिए र उनिहरुले बारम्बार सोलु एफएमको चर्चा गरिरहेका थिए ।

मैले काम गर्ने संस्था सारा जिल्लाबासीको ढुकढुकी बनेको, एकदिन मात्र प्रसारण बन्द हुँदा खान मन नलाग्ने गरेको जस्ता उनिहरुका कुरा र सबैलाई बोल्ने अबसर दिने साझा थलो भएकोले र कसैलाई काख र कसैलाई पाखा नगर्ने प्रबृति उनिहरु लगाएत सबैलाई मन पर्छ रे ।

यस्ता कुरा सुनिरहँदा मलाई लाग्यो हामीले दिनदिनै भन्ने गरेको सबैको आवाज सोलु एफएममा भन्ने नारा साँच्चीकै सार्थकताको बाटोमा रहेछ । यसबाट आगामी दिनमा पनि लुकेका, दविएका र आवाज सुनाउन नपाएकाहरुका अवाज सोलु एफएमबाट सुनाईरहन थप हौसला मिलेको छ ।

Advertisements

One thought on “रेडियोमा बोल्ने रहर………..आवाज सोलु एफ.एम.मा

  1. भोजेन्द्र Dai
    Malai pani solu FM ma bolna man lageko chha.
    सोलु एफ.एम. ko safaltako kamana…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s