शिक्षकहरुका लागि तालिम


भोजकुमार अधिकारी /३१ भाद्र – टाप्टीङ श्रोतकेन्द्र सोलुखुम्बु अन्तर्गतका शिक्षकहरुको लागि पेशागत क्षमता बिकास अन्तर्गत पहिलो चरणको तालिम आजबाट सम्पन्न भएको छ । सिसाखोला निमाबी टाप्टीङमा भईरहेको सो तालिममा उक्त श्रोतकेन्द्रका १९ जना बिषयगत शिक्षकहरुको सहभागीता थियो ।

५ दिनसम्म चलेको उक्त तालिममा ६ जना रोष्टर प्रशिक्षकहरुबाट सहजिकरण भएको श्रोतब्यक्ती गोपालराज भुजेलले जानकारी दिनुभयो । यस्तै गुदेल मावि गुदेलमा सञ्चालन भएको शिक्षक अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । गत भदौ २९ गतेदेखि ३ दिनसम्म सञ्चालन भएको उक्त तालिममा गुदेल गाविसका प्रावि, निमाविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, महिला सदस्य तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

रीड नेपालको आयोजनमा भएको उक्त तालिममा ५६ जनाको सहभागिता रहेको थियो । सोही कार्यक्रमकै अवसरमा गुदेल गाविसका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुले २०६६/६७ को विद्यालय सामाजिक परिक्षण समेत प्रस्तुत गरेको गुदेल माविका प्रधानाध्यापक खड्काराज कार्कीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s