सोताङमा सडक नाटक प्रदर्शन


१ असोज, सोताङ – विरेन्द्र ज्योति उच्च मावि सोताङ्गमा एच आई भी एड्स तथा यौनरोग केन्द्रित सडक नाटक प्रदर्शन गरिएको छ । नाटकका साथमा जनसंख्या वृद्धि एवं यसका असर बारे वक्तृत्वकला प्रतियोगिता समेत आजै सम्पन्न भएको छ ।
पहाडी विकास तथा संरक्षण समुह नेपाल बुङ्गको सहयोग तथा विरेन्द्र ज्योति उच्च मावि सोताङ्गको आयोजनामा भएको सो वक्तृत्वकला प्रतियोगितामा हुलु मावि पावैका श्रीध्वज राई प्रथम हुनुभएको छ ।
प्रतियोगितामा विरेन्द्र ज्योति उच्च मावि सोताङ्गका जनक नाछिरिङ्ग तथा सोही विद्यालयका बिनोद बस्नेत क्रमश द्धितिय तथा तृतिय हुनुभएको सोताङ्गबाट हाम्रा प्रतिनिधी झमक बाबु बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिता विजेता सहभागीहरुलाई प्रमाण पत्रको साथमा रु १ हजार ५ सय, १ हजार, ८ सय र ५ सय नगद प्रदान गरेको छ । प्रतियोगितामा सोताङ्ग, बुङ्ग, छेस्काम, गुदेल र पावैका माध्यमिक विद्यालयका १९ जना छात्रछात्राहरु सहभागिता भएका थिए ।
यसैबीच नयाँ बन्ने संविधानमा युवाका मुद्धाहरु सम्बन्धमा आज विरेन्द्र ज्योति उच्च मावि सोताङ्ग कक्षा ११/१२ का विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रमको सहजिकरण युवा संघ नेपाल सोलुुखम्बुका जिल्ला अध्यक्ष हर्कबहादुर राई तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य धनकुमार राईले गर्नुभृएको थियो । source – solu fm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s