कांग्रेस महाधिवेशन/३ सय ५३ द्वारा उम्मेदवारी दर्ता


काठमाडौ, आश्विन २ – कांग्रेसको जारी महाधिवेशनमा कुल ३ सय ५३ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा तीन, महान्त्रीमा तीन र कोषाध्यक्षमा दुई जना गरी पदाधिकारीमा आठ जनाको उम्मेदवारी परेको छ । सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङले उम्मेदवारी दिएका छनभने महामन्त्रीमा प्रकाशमान सिंह, बिमलेन्द्र निधि र नरहरी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा चित्रलेखा यादव र पद्मनारायण चौधरीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको खुलातर्फबाट निर्वाचित हुने २५ जनाको सीटमा ९९ जनाले उम्मेदवारी दिएका छन् । यसमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामशरण महत, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, सुजाता कोइरालालगायतका नेताहरुको उम्मेदवारी परेको छ ।  

त्यसैगरी ६ जना महिलाको कोटामा ४० जनाको उम्मेदवारी परेका छ । ३ जना आदिवासी जनजाति पुरुषको कोटामा ३७ र २ जना जनजाति महिलाको कोटामा १५ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै ३ दलित पुरुषको कोटामा २५ र २ दलित महिलाको कोटामा ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ३ मधेसी पुरुषको कोटामा २३ र २ महिलाको कोटामा ६ उम्मेदवारी परेको छभने मुस्लिमको एउटा कोटामा भने ११ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रत्येक अञ्चलबाट एक जनाको दरले छानिने १४ वटा कोटामा कुल ९२ उम्मेदवारी परेको छ । गण्डकीबाट ९, सरमाथाबाट ४, राप्तीबाट ११, कोशीबाट १०, मेचीबाट ५, जनकपुरबाट ५, भेरीबाट ५, सेतीबाट ८, नारायणीबाट ६, महाकालीबाट ३, लुम्बिनीबाट ६, कर्णालीबाट ४, बाग्मतीबाट ७, धौलागिरीबाट ८ र भेरीबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s