माओवादी एमालेसँग मिलेर सरकार गठन गर्ने तयारी


३ असोज, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले नेकपा एमालेसँग मिलेर संयुक्त सरकार गठन गर्ने तयारी गरेको छ । सातौं पटकको निर्वाचनबाट पराजय भोगेको माओवादीले आठौं चरणको निर्वाचनबाट पनि परिणाम निस्कने सम्भावना नदेखेपछि एमालेसँग मिलेर सरकार गठनको तयारी गरेको हो ।

सिंहदरवारमा आईतबार साना दलसँगको छलफलको क्रममा राष्ट्रिय सहमति बन्न नसके एमालेसँग मिलेर सरकार गठन गर्न लागेको माओवादीले जनाएको हो । साना दलहरुसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले आफूहरुको जोड राष्ट्रिय सहमतिकै भएपनि यसो हुन नसके एमालेसँग मिलेर संयुक्त सरकार बन्न सक्ने आशय व्यक्त गर्नुभएको हो ।

बैठकमा सहभागि एक नेताले माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग सरकार गठनका तयारी भइरहेको बताउनुभएको जानकारी दिएका छन् । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफूहरुको जोड राष्ट्रिय सहमति मै भएका र त्यसो हुन नसके अन्य विकल्प रहेको भन्दै घुमाउरो पारामा स्वीकार गर्नुभयो । माओवादीले बैठकमा सहभागि साना दललाई एमालेसँग शुक्रबार भएको तीनबुंदेको बारेमा जानकारी गराएको थियो । साना दलले भने आफूहरुसँग सल्लाहनै नगरि प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार फिर्ता लिएको भन्दै असन्तुष्ट प्रकट गरेका थिए ।

एमालेसँग शुक्रबार माओवादीले उम्मेदवारी फिर्ता लिएर प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा भाग नलिने, नेकपा एमालेले बहुमतिय प्रक्रियाको अन्तय भई नयाँ प्रक्रियाको आरम्भ नभएसम्म तटस्थ नै रहने लगायतका तीन वुंदे सहमति गरेको थियो । माओवादीले आइतबार नेमकिपा, सदभावना आनन्दीदेवी, जनता दललगायतका साना दलसँग छलफल गरेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s