पोखरा कास्की २ गते शनिवार असोज २०६७ । नेपाली साहित्याकाशको क्षेत्रमा मोफसलतिर उभिएर हेर्ने हो भने पोखराक्षेत्रलाई पनि नेपाली साहित्यको उर्वराभूमिको सूचिको अग्रपङ्तिमा नाम लेख्न जोकोहीले पनि हातकमाउन पर्ने स्थिति छैन । किन भने यो क्षेत्रमा मासिक सरदर ३ देखी ५ वटासम्म विविध साहित्यिक कार्यक्रमहरु हुने गरेको पाईन्छ । यसै सन्दर्भमा माथि उल्लेख भएकै मितिमा पोखरेली युवा सांस्कृति परिवारको आयोजनामा पोखरा नदीपुर स्थित बालमन्दिरको प्रेक्षालयमा कवि एवम् गीतकार श्री सरस्वती श्रेष्ठ सरुको दोस्रो कृति एक झुल्को घाम ओर्लेर सडकमा नामक कवितासङ्ह विमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।
पोखरेली युवा सांस्कृति परिवारका नवनिर्वाचित अध्यक्ष जीवनसागर भण्डारीको सभापतित्व र प्राज्ञ सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा चलेको उक्त कार्यक्रमका विशेष अतिथिहरुमा तिर्थ श्रेष्ठ कृष्णप्रसाद श्रेष्ठ, चितवनबाट त्यहाँ भागलिन गएका गोर्खेसाइँलो, काठमाडौँबाट त्यहाँ भागलिन पुग्नु भएका बाबु त्रिपाठी, मनोज न्यौपाने, अछाम जिल्लाबाट रावलकृष्ण, गोरखा जिल्लाबाट काजी गाउँलॆ, म्यग्दी जिल्लाबाट पवित्रा बुढा, विराटनगरबाट बसन्त विनोद, त्यस्तै स्थानिय अतिथिहरुमा प्रकट पङ्गेनी शिव, दिलिप दोषी, दीपक समीप, अल्पज्ञानी, गौतम विजुक्छे, रामनाथ ओझा, सरस्वती श्रेष्ठ सरु, भूपनिधि पन्त, अम्विकाप्रसाद भट्टराई, आनन्द श्रेष्ठ, रुपिन्द्र प्रभावी, ईश्वरमणी अधिकारी, देवी त्रिपाठी, पवित्रा भण्डारी, सृजना शर्मा, यशोदा श्रेष्ठ, सम्झना कार्की, सरस्वती प्रतिक्षा, बलराम पूर्णविराम, कृष्णमोहन श्रेष्ठ, सरिता पौडेल, उदिपराज ढुङ्गानालगायतका १६५ जना स्रष्टाहरुको दह्रो उपथितिका माझ प्रमुख अतिथि सरुभक्तज्यूले विमोचन गर्नु भएको थियो भने उपस्थित स्रष्टाहरुले शुभकामना व्यक्त गरेका थिए ।
posted by: Gopal magar