साइबरसंसार डटकमका सञ्चालकलाई थप ७ दिन थुन्न अदालतको निर्देशन


काठमाडौं, असोज ।  प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको अभियोगमा पक्राउ परेका साइबरसंसार डटकमका सञ्चालक अभिनव कसजु र दिपंकर कसजुलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि पाँच दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमती पाएको थियो।

अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले जिल्ला अदालतमा आइतबार पेश गरेको थियो। न्यायाधीश माधवप्रसाद पोखरेलले ७ दिन थुनामा राखी अनुसन्धान पूरा गर्न अनुमति दिएका हुन्। प्रतिलिपि अधिकार नलिइ गिभमिएचडी डटकममार्फत् थ्रीडी तथा एचडी गुणस्तरका अंग्रेजी चलिचत्र तथा डकुमेन्ट्री संगठित रुपमा बिक्री-वितरण गरेको पाइएपछि ३० भदौमा कसजु दाजुभाइलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा कसजुदाजुभाइका कम्प्युटरबाट अश्लिल चलचित्रका डिजिटल प्रति फेला पारेपछि अनुसन्धान लम्बिएको हो। सञ्चालक पक्राउ परेको भोलिपल्टदेखि गिभमीएचडी डट कम बन्द छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s