‘आततायी माओवादीलाई चिन्न नसक्नु हाम्रा मित्रहरुको कमजोरी’


विराटनगर, आश्विन ७ – एमाले नेता केपी ओलीले जे जे सहमति भएपनि माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने  दाबी गरेका छन् । माओवादी अहिलेपनि थप भएको समयमा संविधान लेख्न नदिइ सत्ता कब्जा गर्ने दाउमा रहेका कारण उनीहरुको नेतृत्वमा सरकार बन्न नसक्ने उनको भनाइ थियो ।

युवा संघ नेपालले  सुरु गरेको ‘समयमा नै शान्ति र संविधान’ राष्ट्रिय अभियानको विहीबार विराटनगरमा सुभारम्भ गर्दै नेता ओलीले उक्त कुरा वताएका हुन् । गएका दुइ वर्षभित्र पनि माओवादीले संविधान बनाउन नदिएको र अवका ८ महिनामा पनि उनीहरुकै कारण संविधान नवन्ने ओलीको भनाइ थियो । माओवादी अहिलेपनि राजनितिक दल बन्न नसकेको आरोप लगाउँदै ओलीले भने  ‘नियत्था मान्छेको हत्या गर्ने अर्काको सम्पति लट्ने काम गर्ने समुह दल नभइ लुटेरा हुन् ।’

माओवादी नेताहरु बन्दुकका भरमा नेता भएको ओलीको भनाई थियो । माओवादीले सेनालाई लोकतान्त्रीकरण गर्ने भन्दै आफ्नो पार्टी सैनीकीकरण गर्न खोजेको नेता ओलीको भनाइ थियो । पहिला राजा राजौटाहरुले इश्वरका नाममा जनता माथि निरंकुसता लादेका र अहिले माओवादीले जनताको नाममा सत्ता कब्जा गर्न खोजेको उनको आरोप थियो ।

एमाले अध्यक्ष र माओवादी अध्यक्ष विच भएको तिन बुंदे सहमतिको ब्यवहारमा पालना हुन नसक्ने नेता ओलीको भनाइ थियो । जुन सहमती भयो त्यो माओवादीले अहिले सम्म पालना गरेको इतिहास छैन यस पटक गरे भने आर्श्चर्य मान्नु पर्छ ओलीले भने ।

एमालेका केहि नेताहरुले माओवादीलाई अहिले पनि चिन्न नसकेको भन्दै नेता ओलीले भने, ‘आततायी हत्यारालाई चिन्न नसक्नु हाम्रा मित्रहरुको कम्जोरी हो ।’ ओलीले माओवादीको काखी च्याप्ने नेताहरुलाई सजक पार्न युवा संघलाई घुमाउरो पारामा उक्साएका थिए ।

छवी कार्की जस्ता इमान्दार कार्यकताहरुको हत्या हुदा समेत पार्टी उपल्लो दर्जामा वसेका नेताहरुले वर्गीय विश्लेशण गरी त्यसको खुलेर विरोध गर्न नसकेको ओलीको आरोप थियो । कार्यक्रममा पोलीट युरो सदस्य उर्मीला अर्यालले माओवादीहरुको चरित्र सुधार नभएका कारण उनीहरुको नेतृत्वको सरकारको कल्पना गर्न नसकिने वातइन ।

युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले शान्ति र संविधानका लागि पहिलो चरणमा १५ दिने राष्ट्रब्यापी अभियानको सुभारम्भ भएको घोषणा गर्दै यसले पार्टीभित्र रहेका खरव तत्वहरुलाई समेत बढारेर लग्ने चेतावनी दिए । जंगलमा रहेका माओवादीलाई सत्तामा दलका नेताहरु ले ल्याएपनि उनीहरुका दारा र नङग्रा भने काट्न नसकेको वताए । सभासदहरु इमान्दार साथ संविधान लेख्न नलागे उनीहरुलाई जिल्लावाट बहिष्कार गरीने उनको भनाइ थियो । यो अभियान आन्दोलनका रुपमा अघि बढ्न यदी संविधान लेख्न तर्फसभासद लागेनन् भने संविधान सभा भवनामा नै यीनीहरुलाई थुन्न हामी बाध्य हुन्छौ बस्नेतको चेतावनी थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s