बम राखिएको फोन मन्त्रालयमा


काठमाडौ, आश्विन ७ – ललितपुरको पुल्चोकस्थित स्थानीय विकास मन्त्रालय परिसरमा बम राखिएको आशंकमा प्रहरीले मन्त्रालयमा अनुसन्धान सुरु गरेको छ । प्रहरीले मन्त्रालयलाई सिल  गरेको छ । कार्यालय समयमा मन्त्रालय पुगेका कर्मचारी र सेवाग्रहीलाई कार्यालय प्रवेशमा रोक लगाईको छ । बम राखिएको हल्लाले कर्मचारी आतंकित भएका छन् । तराई भाइरस नाम गरेको संगठन भएको दावी गर्दै एक व्यक्तिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर स्थानीय विकास मन्त्रालयको विभिन्न स्थानमा बम राखेको दावी गरेपछि प्रहरीले सक्रियता बढाएको हो । ललितपुरका प्रहरी उपरीक्षक बिक्रमसिंह थापाले फोनका आधारमा अनुसन्धान बढाइएको बताए । उनले भने झुठा कुरा भएपनि कुनै चुक हुन नदिन गम्भीरताका साथ अनुसन्धान थालिएको बताए । सशस्त्र र जनपथका दक्ष जनशक्ति र तालिम प्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग गरिएको छ ।

posted By : Gopal magar                                                                      source: kantipur.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s