सात महिलासहित ११ जना केन्द्रीय सदस्य निर्वाचित


काठमाडौ, आश्विन ८ –  कांग्रेस केन्द्रीय कार्यसमितिमा समावेशी कोटाबाट महिला ६ र दलित ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । समावेशीतर्फको शुक्रबार राति घोषित ११ सिटमा सभापति सुशील कोइराला नेतृत्वको संस्थापन पक्षका ६ र प्रतिद्वन्द्वी शेरबहादुर देउवा समूहका ५ जना निर्वाचित भएका छन् ।

महिलातर्फको कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा पुष्पा भुषाल, मिना पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, महालक्ष्मी डिना उपाध्याय र उमा रेग्मी निर्वाचित भएका छन् । पाण्डे, पन्त र रेग्मी संस्थापन पक्ष तथा भुषाल, बस्नेत र उपाध्याय देउवा समूहका हुन् । पाण्डे, बस्नेत, रेग्मी र उपाध्याय यसअघिसमेत कांग्रेस केन्द्रीय सदस्य थिए, छ जना नै पार्टीबाट संविधानसभा सदस्य छन् ।

दलिततर्फको पुरुष तीन जनाको कोटामा संस्थापन पक्षका मानबहादुर विश्वकर्मा र जीवन परियार तथा देउवा पक्षका मीन विश्वकर्मा निर्वाचित भएका छन् । मानबहादुर कांग्रेसको अघिल्ल्लो महाधिवेशनबाट समेत निर्वाचित केन्द्रीय सदस्य हुन्, परियार कांग्रेसको भातृ संगठन दलित संघका महासचिव तथा मिन विश्वकर्मा दलित संघकै पूर्व महासचिव हुन् ।

दलित महिला २ सिटमा सुजाता परियार र कविता सरदार -बातर) निर्वाचित भएका छन् । परियार देउवा पक्ष तथा सरदार संस्थापन समूहकी हुन् । नेविसंघबाट राजनीति सुरु गरेकी परियार महिला संघकी पूर्व उपाध्यक्ष र दलित आयोगको सदस्यसमेत थिइन् । सरदार समानुपातिक सिटबाट संविधानसभा सदस्य छन् । कांग्रेसमा मुस्लिम कोटाबाट संस्थापन पक्षका नेता आफ्ताव आलम यसअघि नै केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

शनिबार बिहानसम्म जनजाति र मधेशी सिटको परिणामसमेत आइसक्ने जानकारी कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ ।

आदिबासी जनजाति पुरुष तीन सिटमा भीष्मराज आङ्दम्बे, सूर्यमान गुरुङ, इन्द्रबहादुर गुरुङ, धनराज गुरुङ, दुर्योधनसिंह चौधरी अगाडि छन् । आदिबासी जनजाति महिला २ सिटमा सीता गुरुङ, रत्ना शेरचन, सुवर्ण ज्वाहरचन, भीमकुमारी बुढामगर, ममता थेवे अग्रस्थानमा छन् ।

मधेशी पुरुष ३ सिटमा उमाकान्त चौधरी, अजय चौरसिया, महेन्द्र यादव, रामकृष्ण यादव, सुरेन्द्र चौधरी अगाडि छन् । मधेसी महिला २ सिटमा डीसी चौधरी र मिनाक्षी झा र मुक्ता यादव अगाडि छन् ।

निर्वाचत समितिका अनुसार केन्द्रीय समितिको खुल्लातर्फ २५, १४ अञ्चलका १४ सिटमा पनि शनिबार बिहानदेखि मतगणना सुरु हुनेछ । खुल्लातर्फ र अञ्चल सिटमा एक/एक ठाउँमा मात्र मतगणना गर्ने तय भएकाले केन्द्रीय समितिको पूरै परिणाम आउन सोमबार बिहानसम्म प्रतीक्षा गर्नुपर्ने जानकारी निर्वाचन समिति स्रोतले दिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s