“सेभ द हिमालयज” कार्यक्रम सफलताको साथ सम्पन्न


ल्हाक्पा नुरु शेर्पा / न्युयोर्क – संयुक्त राष्ट्रसंघको साधारण सभामा बिसौं पटक सगरमाथा आरोहण गरेका आरोही आप्पा शेर्पा देखी लिएर नयाँ पुस्ताका अन्य २० जना सगरमाथा आरोहीहरुको स्वरले हिमाल जोगाउ अभियानको ठुलो उदघोष गरिरहेको थियो । न्युयोर्कको म्यानहाटन स्थित संयुक्त राष्ट्रसघंको मुख्यालय अगाडी सेप्टम्वर, २१ मंगलबारको दिन “सेभ द हिमालयज” भन्ने अभियान उद्धघोषका साथ विश्वका प्रतिनिधिहरुलाई घचघचाउने गरिएको थियो।

हिमाल सम्बन्धी विभिन्न प्लेकार्ड र टि-सर्टहरु लगाएर सहभागी भएका करिब दुई सय पचास भन्दा बढि देशी-विदेशीहरु सहभागी रहेको उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट प्रतिनिधीको रुपमा संयुक्त राष्ट्रसघंमा भाग लिन आएका गृहमन्त्री भीम रावलले  हिमाल बचाउने अभियान हाम्रो मात्र नभएर विश्वका अन्य राष्ट्रहरुको पनि उतिनै दायित्व भएको कुरा  बताउनु भयो। जलवायु परिवर्तन र विश्वब्यापी रुपमा ग्लोवल वार्मिङको कारणले नेपालको हिमाल र हिमनदी वर्षनी प्रभावित हुदै गएपछि यसको संरक्षणको लागि अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न यो अभियान थालिएको मन्त्री रावलले बताएका थिए । ‘गत वर्ष पनि हामीले कालापत्थरमा गएर मन्त्रीस्तरको वैठक वसेर विश्वको ध्यान आकृष्ट गर्ने काम गरेको’ उनले बताए ।

त्यसैगरी बन तथा भु-सरंक्षण मन्त्री दिपक वोहोरले पनि “सेभ द हिमालयज” कार्यक्रमलाई सरकार परिवर्तन भए पनि यो कार्यक्रम निरन्तर हुने बताए। नेपालको हिमाल डरलाग्दो स्थितीवाट पग्लिरहेको छ यो समस्यालाई समाधान गर्न नसकिएमा यसले डेढ अर्ब जनतालाई असर गर्नेछ र जब सम्म यो समस्यालाई सुनिदैन तव सम्म यो कार्यक्रम निरन्तर जारी रहेने पनि मन्त्री वोहोराले सो अबसरमा थपे ।

त्यसैगरी अमेरिकाका लागी नेपाली राजदुत डा.शकंर शर्माले पनि यो सवैको समास्या भएकोले यसप्रति सबैको चासो उतिकै हुनुपर्ने बताएका थिए । उक्त अवसरमा संयुक्त राष्ट्रसघंका लागी नेपालका स्थायी प्रतिनिधी ज्ञानचन्द्र आर्चाय र राष्ट्रसघंका पुर्व सहायक महासचिव कुलचन्द्र गौतमले पनि सेभ द हिमालयजको बारेमा चर्चा गरेका थिए । खचाखच भरिएको स्थलमा अबैधानिक महाबणिज्य दुत तथा कलाकार प्रेमराजा महतले पनि हिमाल बचाँउ भन्ने गीत पानको पात को लयमा प्रस्तुत गर्दा केही सहभागी नाच्न पनि पछि परेनन ।

र्‍यालीमा गायक यम वराल, रोशन गुरुङ, जगदिश समालले पनि हिमाल वचाँउ भन्ने गीत सामुहिक रुपमा गाएका थिए । त्यसैगरी नेपाली फिल्मी क्षेत्रकी कलाकार गौरी मल्लले हिमाल बचाउने कार्यक्रममा सबैको उतिकै दायित्व भएका बताएकी थिइन् । सेभ द हिमालयजका संयोजक तथा दक्षिण एशियावाट पहिलो चोटी सगरमाथा आरोहण गर्ने पत्रकार आङछिरिङ्ग शेर्पा सहसंयोजक डा.विनोद शाह र टेक गुरुङले पवित्र उद्धेस्यका साथ यो अभियानलाई अघि सारेको बताए । त्यसैगरी एनआरएन नेशनल कोर्डिनेसन काउन्सील युएसएका अध्यक्ष सुमन तिमिल्सिनाले हामी नेपाली भएकाले हिमाल बचाउने दायित्व हाम्रो वढि भएका बताए ।

समाजसेवीद्धाय डा.तारा निरौला र छेवाङ शेर्पा लामाद्धारा साचालित कार्यक्रममा नेवा गुठी न्युयोर्कका अध्यक्ष आदित्यमान मर्हजन जनजाती महासघं अमेरिकाका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, शेर्पा किदुगका महासचिब ल्हाक्पा गेलु शेर्पा, नेपाल अमेरिका पत्रकार सघंका सचिव शर्मिला उप्रेती, रिजयुट नेपाली सोसाइटीको तर्फवाट मिना श्रेष्ठ र अर्जुन गुरुङ, कानुनी ब्यावसायी खगेन्द्र जिसी, फ्रेन्डस अफ नेपाल सोसाइटी न्युजर्सीका अन्नत रिसाल ,नेपालबाट आएका खेलाडी दिपक बिष्टले सेभ द हिमालयजको बारेमा मन्तव्य राखेका थिए साथै २० पटक सगरमाथा आरोहण गर्ने आप्पा शेर्पा, १५ औ पटक आरोहण गर्ने ङिमा गोम्बु शेर्पा, ८ पटक आरोहण गर्ने तेन्जि शेर्पा, ६ पटक आरोहण गर्ने पासाङरिन्जि शेर्पा, पहिलो माउन्ट केटु चढने सेराब जाङबु शेर्पा ,५ पटक आरोहण गर्ने आङबाबु जिम्बा शेर्पा, ४ पटक आरोहण गर्ने ल्हाक्पा गेल्जे शेर्पा ,३ पटक आरोहण गर्ने किपा शेर्पा, २ पटक आरोहण गर्ने ल्हाक्पानुर्ब शेर्पा, त्यस्तै एक पटक आरोहण गर्नेहरुमा आङछिरिङ शेर्पा, मिङमा नुर्बु शेर्पा सोनाम शेर्पा, मिङमाछिरि शेर्पा, दावा स्टेभेन शेर्पा र एसि शेर्पाले समेत सेभ द हिमालयनको बारेमा मन्तव्य राखेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s