झापाली मिलन केन्द्र गणतन्त्र कोरियाको अध्यक्षमा उप्रती निर्बाचित


सन्तोष गौतम /कोरिया – दक्षीण कोरीयामा रहेका झापालीहरुको साझा संगठन झापा मीलन केन्द्रको दोस्रो अधीबेशन मीन प्रकाश उप्रेतीको अध्यक्षतामा नयां कार्य समीतीको सर्बस्मत चयन गर्दै २२ तारीक बुधाबार सउलमा सन्पन्न भएकॊ छ । जसको उपाध्क्षयमा सन्तोष श्रेष्ठ , सचिब दुर्गा दाहाल,  सह-सचिब रबीन श्रेष्ठ र कोषध्क्षयमा लीजा सापकोटा रहेका छन ।त्यसै गरी सदस्यहरुमा विदुर उप्रेती र श्री खनाल रहेका छन ।

बांकी रहेका चार जाना सदस्यहरुको थप क्षेत्रगत रुपमा कार्य समीतीले गर्ने जनाएको छ । लामो समय देखी हुन नसकेको झपाली हरुको अधीबेशनले नयां उर्जा प्रधान गरी समुहगत हकहितका लागी समाजीक कार्यमा सहभागीहुने बताईएको छ । नब निर्बाचित अध्यक्ष मीन प्रकाश उप्रेतीले संस्थालाई सेवा मुलक क्षेत्रमा लागाउन आफु लागी पर्ने जनाउदै सबैको सहयोगको अपेक्षमा रहेको बताए ।

झपाली मीलन केन्द्र आयोजक कमीटीका अध्क्षय के पी सीटौलाको अधक्ष्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन मीन प्रकाश उप्रेतीले गरेका थिए । संस्थाका अग्रज ध्यान राई , चन्द्र नेम्बाङ्ग र भीष्म सीटौलालेले संस्थाको भाबी रणनिती ठोस र समाज मुखी हुनु पर्ने बताए भने सस्थाका सस्थापक अध्यक्ष के पी सीटौलाले संगठन लाई मजबुत बनाउन आबद्ध सबै क्षेत्रको सहयोग रहनु पर्ने कुरामा जोड दिए ।

यसै गरी ईलामेली समाज कोरीयाका उपाध्क्षय टीका ढुङ्गेलले सफलताको कामना व्यक्त गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s