देउवा समावेशीमा,अन्यमा कोइराला पक्ष अगाडि


काठमाडौ, आश्विन १० – कांग्रेसका परिणाम घोषणा भइसकेका पदाधिकारी र सदस्यमा देउवा पक्ष अगाडि पुगेको छ । मतगणना भइरहेका सिटको अवस्था हेर्दा भने  कोइराला पक्षको वर्चस्व हुने संकेत देखिएको छ । आदिवासी जनजातिसमेतको परिणाम घोषणा हुँदा समावेशीतर्फ देउवाका १२ र कोइराला पक्षमा १० सदस्य चुनिएका छन् । सभापति र महामन्त्रीजस्तो प्रभावशाली पदमा विजयी कोइराला पक्ष खुलातर्फको २५ र अञ्चलको १४ पदमा भने निकै अगाडि छ । खुलातर्फको ६ सय र अञ्चल सिटको ९ सय मतगणना हुँदा कोइराला पक्षका २४ जना र देउवा पक्षका १५ जना अग्रस्थानमा छन् । प्रारम्भिक मतगणनाअनुसार संस्थापन पक्षका उम्मेदवार खुलातर्फ १५ र अञ्चलका ९ सिटमा तथा देउवा पक्षका उम्मेदवार खुलातर्फ १० र अञ्चलको ५ सिटमा अगाडि छन् । संस्थापन पक्षले सभापति, महामन्त्रीसहित केन्द्रीय कार्यसमितिको ६० प्रतिशत र देउवा पक्षले कोषाध्यक्षसहित करिब ४० प्रतिशत पद हासिल गर्ने सम्भावना देखिएको छ । सभापति र महामन्त्रीमा झीनो मत ल्याएर पराजित तेस्रो धारमा रहेका सदस्यका उम्मेदवार कुल ३ हजार ६६ मतमध्ये ६ सयको मतगणना हुँदा धेरै पछाडि देखिएका छन् । तेस्रो धारका उम्मेदवार चक्रप्रसाद बाँस्तोला र सुप्रभा घिमिरे दुवै खुला २५ सिटमा ३० जनाभन्दा पछाडि छन् । आदिवासी जनजातिको ५ सिटमा कोइराला पक्षका तीन र देउवा समूहका २ जना आएका छन् । तिनमा पुरुष ३ सिटमा भीष्मराज आङ्दम्बे, सूर्यमान गुरुङ र धनराज गुरुङ तथा महिलातर्फ सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् । सूर्यमान, धनराज र रत्ना कोइराला पक्षका हुन् भने आङ्दम्बे र सीता देउवा समूहका हुन् । आङ्दम्बे ८ सय ३४, सूर्यमान ७ सय ३२, धनराज ६ सय ६७, सीता १ हजार ३ र रत्ना ८ सय ७८ मत ल्याई विजयी भएका हुन् । आदिवासी जनजातिबाट सदस्यमा विजयी सबै जना सभासद हुन् । समावेशी २२ सिटमा देउवा समूहले बहुमत सिट जितेको छ । समावेशी सिटमा देउवा समूहका १२ जना र कोइराला पक्षका १० जना विजयी भएका छन् ।  यसपटक कांग्रेस केन्द्रीय समितिमा युवा र नयाँ अनुहार ठूलै संख्यामा विजयी हुनेछन् । समावेशीबाट विजयी हुनेमा युवा र नयाँ अनुहार नै हावी छन् भने अञ्चल सिटबाट समेत युवा र नयाँ अनुहारले जित्ने सम्भावना बढेको छ । खुलातर्फको सिटबाट युवा र नयाँ अनुहारबाट चन्द्र भण्डारी, गगन थापा र शंकर भण्डारी केन्द्रीय समितिमा पुग्ने सम्भावना बढेको छ, बाँकी सबैजसो पुरानै अनुहार खुलातर्फबाट केन्द्रीय समितिमा पुग्नेछन् । समावेशी सिटबाट केन्द्रीय समितिमा पुगेकामा धेरैजसो नयाँ अनुहार छन् । समावेशीतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित अजय चौरसिया, महेन्द्र यादव, मिनाक्षी झा, पार्वती चौधरी, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार, कविता सरदार बाँतर, आफ्ताव आलम, पुष्पा भुसाल, कमला पन्त, ईश्वरी न्यौपाने, धनराज गुरुङ, सूर्यमान गुरुङ, सीता गुरुङ, रत्ना शेरचन सबै नयाँ अनुहार हुन् भने उनीहरूमध्ये धेरैजसो ४५ वर्षभन्दा कमका उमेरका युवा छन् । अञ्चल सिटबाट समेत धेरैजसो नयाँ अनुहार र युवा केन्द्रीय समितिमा पुग्नेछन् । वृद्धहरूको पार्टी मानिने कांग्रेसको प्रमुख केन्द्रीय कार्यकारिणीमा यसपटकदेखि युवाको वर्चस्व बढ्नेछ । पहिलो पटक केन्द्रीय कार्यसमितिमा प्रत्यासी बनेका विद्यार्थी नेता गगन थापा बढी मत ल्याएर केन्द्रीय सदस्य जित्नेमध्येमा पर्ने सम्भावना बढेको छ । ६ सय मतको गणना सकिँदा थापा दोस्रो बढी मतका साथ अग्रपंक्तिमा छन् भने प्रवक्ता अर्जुननरसिंह केसीले सबभन्दा बढी मत प्राप्त गरिरहेका छन् । केसीले ३ सय ९५ र थापाले ३ सय ९१ मत ल्याएका छन्, त्यसपछि क्रमशः खुमबहादुर खड्का ३ सय ६१, प्रदीप गिरी ३ सय ४८, शशांक कोइराला ३ सय ४५, सुजाता कोइराला ३ सय ४३, रामचन्द्र पौडेल ३ सय ४२ र रामशरण महत ३ सय २४ मतका साथ अग्रपंक्तिमा छन् । खुलातर्फको सिटमा अग्रपंक्तिमा रहेका उम्मेदवारमा बालकृष्ण खाँण ३ सय २१, एनपी सावद ३ सय १, शेखर कोइराला २ सय ९७, महेश आचार्य २ सय ८३, प्रकाशशरण महत २ सय ८५, कृष्ण सिटौला २ सय ७४, चन्द्र भण्डारी २ सय ७९, पूर्णबहादुर खड्का २ सय ५०, मिनेन्द्र रिजाल २ सय ७०, गोपालमान श्रेष्ठ २ सय ६५, नारायण खड्का २ सय ४८, कुलबहादुर गुरुङ २ सय ३६, बलबहादुर केसी २ सय ३०, शंकर भण्डारी २ सय ३०, रामकृष्ण ताम्राकार २ सय २३, गोविन्दराज जोशी २ सय १६, ज्ञानेन्द्रबहादुर कार्की २ सय १७, मनमोहन भट्टराई २ सय १६, चिरञ्जीवी वाग्ले १ सय ८७, जीपछिरिङ लामा १ सय ८६, दीपकुमार उपाध्याय १ सय ८० लगायत छन् । खुलातर्फ ९७ जना उम्मेदवार छन् ।

अञ्चलतर्फ मेचीमा नरेन्द्र नेम्वाङ ३ सय ८८, कोसीमा आमोदप्रसाद उपाध्याय २ सय ७८, सगरमाथामा रामुकमार चौधरी ३ सय ७३, जनकपुरमा आनन्द ढुंगाना ३ सय १८, वाग्मतीमा नवीन्द्रराज जोशी ४ सय ६, नारायणीमा रमेश रिजाल ३ सय २५, गण्डकीमा सुरेन्द्र पाण्डे ३ सय ३३, लुम्बिनीमा कृष्णचन्द्र नेपाली ३ सय, धौलागिरिमा अर्जुन जोशी ३ सय ३३, राप्तीमा दीपक गिरी ३ सय ८३, कणर्ालीमा जीवनबहादुर शाही ३ सय ३०, भेरीमा किशोरसिंह राठौर २ सय ९२, सेतीमा बद्री पाण्डे २ सय ६५, दिलेन्द्र बडु ४ सय ९ मतका साथ अगाडि छन् । उपाध्याय, चौधरी, ढुंगाना, नवीन्द्र जोशी, नेपाली, अर्जुन जोशी, गिरी, पाण्डे र बडु कोइराला पक्षका हुन् भने नेम्वाङ, रिजाल, पाण्डे, शाही र राठौर देउवा समूहका हुन् । मेचीमा सुधीर शिवाकोटी २ सय ३५, कोसीमा उमेशजंग रायमाझी २ सय ९२, सगरमाथामा सुवास पोखरेल २ सय ४२, जनकपुरमा देवी न्यौपाने २ सय २९, वाग्मतीमा ध्यानगोविन्द रञ्जित २ सय ८१, नारायणीमा राजेन्द्र अमात्य २ सय ८५, गण्डकीमा रघु पौडेल २ सय २५, लुम्बिनीमा भरत शाह २ सय ९३, धौलागिरिमा किरण पौडेल २ सय ४१, राप्तीमा राजेन्द्रबहादुर शाह १ सय ९३, कणर्ालीमा दीनबन्धु श्रेष्ठ ३ सय १४, भेरीमा हृदयराम थानी २ सय ३०, सेतीमा अर्जुनजंगबहादुर शाही २ सय ४६ र महाकालीमा रमेश लेखक ३ सय ९६ मतका साथ दोस्रो स्थानमा छन् । कांग्रेस केन्द्रीय सदस्यको मतगणना शनिबार साँझ ८ बजेदेखि स्थगित गरिएको छ । आइतबार बिहान ८ बजेबाट पुनः मतगणना सुरु हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

कोइराला    देउवा

निर्वाचित     १०    १२

अग्रता     २४    १५

posted by Gopal magar                                                                                   source: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s