ने.वि.संघ सोलुखुम्बुको”जहा स्कुल त्यहाँ ने.वि.संघ अभियान”


नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष नविन थापाले नेपाली कांग्रेस बाह्रौं महाधिवेशनले कांग्रेसमा आन्तरिक लोकतन्त्र मजबुद भएको बताउनुभएको छ । हिमगंगा उच्च मावि,चौलाखर्कको नेपाल विद्यार्थी संघको इकाई अधिवेशनमा बोल्दै थापाले सो कुरा बताउनुभएको हो । थापाले महाधिवेशनले पार्टीको संस्थागत विकासमा सघाउ पुर्‍याएको बताउनुभयो । 

इकाई अधिवेशनले गणेश खड्काको अध्यक्षतामा २१ सदस्यीय  हिमगंगा उच्च मा.वि. इकाई समिति समेत गठन गरेको छ । यसै गरी नेपाल विद्यार्थी संघको जहा स्कुल त्यहाँ ने.वि.संघ अभियान अन्तरगत बुद्ध मावि गोलीमा कमल बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय ने.वि.संघ एकाई गठन गरिएको छ । नेपाल बिद्यार्थी संघको जहाँ स्कुल त्यहाँ नेविसंघ र सामुदायिक बिद्यालय सुधार अभियान अन्तर्गत आज सगरमाथा मा.वि. बुङ सोलुखुम्बुमा अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण नेपाल बिद्यार्थी संघ सोलुखुम्बुका कार्यबाहक अध्यक्ष मिङमार शेर्पा र पुर्व कोषाध्यक्ष अस्वीनबाबु थापाले गर्नुभएको थियो । सोही कार्यक्रममा सम्भु मगरको अध्यक्षतामा ८१ सदस्यीय सगरमाथा माबी नेविसंघ ईकाई गठन गरिएको नेविसंघ सोलुखुम्बुका कार्यबाहक अध्यक्ष मिङमार शेर्पाले जानकारी दिनुभयो ।

Advertisements

One thought on “ने.वि.संघ सोलुखुम्बुको”जहा स्कुल त्यहाँ ने.वि.संघ अभियान”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s