सोलुभित्र


सोलुभित्र-विविध समाचार विस्तार…….

गणेस्थान मा.वि. नेचाबतासेमा सिताराम श्रेष्ठको अध्यक्षतामा ४६ सदस्यीय अखिल क्रान्तिकारी ईकाई कमिटी गठन गरिएको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष रामकिरण राईको अध्यक्षतामा भएको कार्यक्रममा सो कमिटी गठन गरिएको क्रान्तिकारीका जिल्ला उपाध्यक्ष जीवन राईले जानकारी दिनुभयो । यसैविच बासाखाली माबी बासा सोलुखुम्बुका ३७ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको श्रोतब्यक्ती ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

————————————————————————————————————–

प्राबिधिक कारणबस गत साउन २२ गतेदेखि अबरुद्ध बुङ गाविस मेरापिकमा रहेको भि–स्याट टेलिफोन सेवा आजबाट शुरु भएको छ । टेलिफोन सेवा बन्द हुँदा त्यहाँका होटल, पसल, ट्रेकिङ व्यवसायी साथै पर्यटकहरु मर्कामा परेका थिए । त्यहाँ १ बर्ष अघि भि–स्याट प्रबिधिको टेलिफोन जडान गरिएको हो । अब यस प्रविधिको टेलिफोन सेवा मेरापिक क्षेत्रको खारे, कोठे र थाङनामा गरि ३ ठाउँमा सञ्चालन हुने बुङबाट आङ सोना शेर्पाले जानकारी दिनुभयो ।

यसै बीच हिमालय प्रगतिशिल युवा परिवार वाकु ५ चोक्टे सोलुखुम्बुले वाकु १ को सन्सरी डाँडादेखि वाकु ७ छेत्लासम्मको बाटो ममर्त तथा सरसफाई गरेको छ । युवा परिवारका सदस्यहरुको सहभागितामा ३ दिनमा सो बाटो मर्मत तथा सरसफाई गरिएको अध्यक्ष मनिकुमार राईले वाकुबाट जानकारी दिनुभएको छ ।

————————————————————————————————————–

पिपलबोट प्राथमिक विद्यालय पावैमा आज शिक्षक, अविभावक र विद्यार्थी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पिपलबोट प्रा.वि. अनेरास्ववियु क्रान्तिकारी इकाई कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विद्यार्थी, शिक्षक र अविभावकको संयुक्त प्रयासवाट मात्रै विद्यालयको समग्र वातावरण राम्रो हुनेमा सबैजना सहमत भएकाछन् ।
कार्यक्रममा विद्यालयका समस्याहरुका बारेमा पनि छलफल भएको पावैवाट प्रभुराम राईले जानकारी दिनुभयो । राईका अनुसार कार्यक्रममा उपस्थित सहभागीहरुले विद्यालयको सम्पुर्ण क्रियाकलाप पारदर्शी हुनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा पावै ८ कै झगडाई खोल्सा पेल्ट्रिक सेट निर्माण अध्यक्ष प्रेमबाबु राई लाई नियमित रुपमा बत्ति बालेकोमा रु. ५ सय नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
यसै बीच विजया दशमी तथा र अनेरास्ववियुको बिसौं राष्टिय सम्मेलनको अवसरमा अनेरास्ववियु प्रारम्भिक कमिटी हुलु मावि पावैद्धारा आयोजित पावै गाविस प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई समेत आजै पुरस्कार वितरण गरिएको छ ।
पावै गाविसका ५ वटा विद्यालयहरुको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा पिपलबोट प्राथमिक विद्यालय प्रथम भएको थियो ।

The End. please keep visitng soluonline dot com

Advertisements

One thought on “सोलुभित्र

  1. नमस्कार सोलुबासी दाजुभाई दिदीबहिनीमा
    आज लामो समयको अन्तरल पश्चात मेरो गाउँ अनि सोलुखुम्बु सेरोफेरोको हालखबर बुझ्नु पाउदा सारै आनन्द लग्नु स्वाभाविक हो किन कि आफ्नो घरदेश छोडेर परदेश लागेको करिब साढे एक दशक भैसक्यो, सम्झनाको क्षणहरु आजै जस्ताको तस्तै छन् तर आज मेरो गाउँ नेचा सेरोफेरो अनि सोलुले निकै प्रगति गरि सके छ बधाई छ !
    योदन राई
    नेचा बतासे-३
    हाल सिंगापुर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s