भ्रष्ट मन्त्रीका कारण हामी बदनाम भयौं:आयोजक


सोनाम शेर्पा/- सेभ द हिमालयन र्‍यालीका नाममा ‘रोल मोडल’का रूपमा अमेरिका लगिएका शेर्पाबाट वनमन्त्री दीपक बोहराले पैसा उठाएको खुलासा भएको छ । शेर्पाहरूले आफू ठगिएको खुलासा गरेपछि मन्त्री बोहरा अमेरिकामै सम्पर्कविहीन भएका छन् ।
युएसएड नेपाल, नेपाल पर्यटन बोर्ड, गि्रन भेन्चर्स नेपाल र डब्लुडब्लुएफको आर्थिक सहयोगमा नेपाली मन्त्री र शेर्पाहरूको टोली अमेरिका गएको हो । जलवायु परिवर्तनबाट पग्लिन थालेका हिमाल बचाउन नेपाली टोलीले राष्ट्रसंघीय मुख्यालयअगाडि र्‍याली निकालेको थियो ।

तर सम्मानका लागि अमेरिका लगिएका हिमाल आरोहीहरूबाटै पैसा असुलिएको भन्दै विरोध भएपछि र्‍यालीमै तनाव भएको थियो । कतिपय शेर्पाले त विवादकै कारण र्‍याली बहिस्कार गरेका थिए । विवादपछि वनमन्त्री बोहरा सेभ द हिमालयनका आयोजकलाई समेत जानकारी नदिई बेपत्ता भएका थिए ।

आयोजकले पटकपटक मोबाइलमा सम्पर्क गर्दा पनि फोन नै नउठाएका वनमन्त्री कहाँ गए, कुन अवस्थामा छन् भन्नेबारेमा सेभ द हिमालयन र्‍यालीको आयोजक नै अनभिज्ञ थिए । ‘हामीले मन्त्रीको मोबाइलमा पटक-पटक सम्पर्क गर्दा पनि फोन उठेन, हामीलाई केही पनि थाहा छैन,’ र्‍याली संयोजन समितिका संयोजक आङछिरिङ शेर्पाले भने, ‘पछि थाहा भयो, मन्त्री अहिले टेक्सासमा घुमफिरमा व्यस्त छन् ।’

मन्त्रीको मोबाइल नम्बर ७०२३३८२४७३ मा सम्पर्क गर्दा शनिबार बिहानसम्म फोन भ्वाइस मेलमा राखिएको थियो । शनिबार दिउँसो आफैं फोन गरेर आफू टेक्सासमा रहेको जानकारी दिए । तर, र्‍यालीको संयोजन समिति भने वनमन्त्रीका बारेमा आइतबारसम्म नै अनभिज्ञ थियो ।

न्युयोर्कमा वनमन्त्री सम्पर्कविहीन भएको खबर चलिरहँदा उता टेक्सासमा वनमन्त्रीले भ्रष्टाचारको पैसामा मस्ती गरिरहेको खुलासा भएको छ ।  सोमबार अपराह्न वासिंगटन डिसीमा एनटिएनसीका कार्यकारी अधिकृत सिद्धार्थ बज्राचार्यसँग भेटेर मंगलबार दुवैजना एकसाथ नेपाल र्फकने योजना तय भएको छ । सेभ द हिमालयन र्‍यालीपछि सिद्धार्थ बज्राचार्य पनि आयोजकसँग सम्पर्कविहीन भएका थिए । उनले र्‍यालीको भोलिपल्ट न्युयोर्क छाडेपछि कहाँ गए भन्ने थाहा हुन सकेको छैन । शनिबार राति बज्राचार्यको मोबाइल नम्बर ४०२५४७६५६९ मा सम्पर्क गर्दा उनले ठाडो जवाफ दिए, ‘म जहाँ भए पनि तपाईंलाई के मतलब ? म अहिले न्युयोर्कबाहिर छु, सोमबार डिसीमा पुगेर मन्त्रीलाई भेटेपछि मंगलबार नेपाल र्फकन्छौं ।’

उनी न्युयोर्कबाहिर कहाँ गएका हुन् भन्नेबारेमा थाहा हुन सकेको छैन । सेभ द हिमालयन र्‍याली संयोजन समितिका संयोजक शेर्पाले पनि आफूहरूले फोन गर्दा फोन नउठाएकाले उनीहरू कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा हुन नसकेको जानकारी दिए ।

‘डेढ लाख असुलेकै हुन्’

वनमन्त्री बोहरा र एनटिएनसीका बज्राचार्य मंगलबार मात्र नेपाल र्फकने भए पनि उनीहरूसँगै आएका शेर्पाहरू भने शनिबार बेलुकीसम्म सबैजना फर्किसकेका छन् । निमा गोम्बु शेर्पा, सेराब जांग्बु शेर्पा र सोनाम शेर्पा त शुक्रबार साँझ नै नेपाल उडेका थिए ।

नेपाल र्फकनुअघि शेर्पाहरूले वनमन्त्रीले आफूहरूबाट डेढ-डेढ लाख असुलेको खुलासा गरे । यसअगाडि वनमन्त्रीले शेर्पाहरूबाट अमेरिका ल्याउने भन्दै पैसा असुलेको समाचार सार्वजनिक भएको थियो । न्युयोर्कको ज्याक्सन हाइटमा रहेको थकाली किचनमा गरिएको कार्यक्रममा निमा गोम्बु शेर्पा, सेराब जांग्बु शेर्पा र सोनाम शेर्पाले अमेरिका आउनका लागि डेढ-डेढ लाख तिरेको खुलासा गरे ।

उनीहरूले भने, ‘हामीले डेढ/डेढ लाखचाहिँ तिरेकै हो ।’ सुरुमा कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने भनिए पनि अन्तिममा आएर पैसा मागेकाले डेढ/डेढ लाख बुझाउन बाध्य भएको भन्दै उनीहरूले दुःखेसो पोखे । तर, पैसा सीधै मन्त्रीलाई नभई पर्वतारोहण संघका सचिव दिवस पौडेलमार्फत बुझाएको पनि उनीहरूले खुलासा गरे ।

कार्यक्रममा सहभागी हुन पैसा बुझाएका अरू १० जनाले भने भिसा नपाएपछि पैसा पनि फिर्ता पाएका छन् । नेपाल र्फकनुअगाडि शेर्पाहरूले मन्त्रीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

‘भ्रष्ट मन्त्रीका कारण बदनाम भइयो’

वनमन्त्रीले भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएपछि सेभ द हिमालयन र्‍याली नै विवादित भएकोमा आयोजकहरूले दुःखेसो पोखेका छन् । र्‍यालीका संयोजक आङछिरिङ शेर्पाले भने, ‘हिमाल बचाउने अभियानका साथ हामीले गरेको पवित्र कामसमेत भ्रष्टाचारी वनमन्त्रीका कारण बदनाम भएकोमा निकै दुःख लागेको छ ।’

आफूहरूले वनमन्त्रीले यस्तो गर्लान् भनेर कल्पनासमेत नगरेको उनको भनाइ छ । उनले भने, ‘हामीले राम्रै काम गर्न खोजेका थियौँ, तर के गर्नु, हाम्रो भागमा भ्रष्टाचारी वनमन्त्री परे ।’ आफूहरूका तर्फबाट पनि भ्रष्टाचारको छानबिन गर्न दबाब दिने शेर्पाले बताएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s