अपहरणपछि शिक्षकको हत्या


लक्ष्मी साह/निजगढ, कार्तिक १४ – बाराको महेन्द्रआदर्श जयनगर च्युँटाहा गाविस ९ खजुरीयाका शिक्षक सुरेश पटेललाई अज्ञात समूहले शनिवार राति अपहरण पछि गोली हानेर हत्या गरेको छ । ४० वर्षीय शिक्षक पटेल राति १० बजे मोटरसाइकलमा सिम्रौनगढबाट पटेर्वा हुँदै घरतर्फ फर्किदै गर्दा बतराबाट उनलाई १०/१५ जनाको अज्ञात समूहले अपहरण गरी जमुनी खोला छेउमा हत्या गरेको प्रहरीले जनाएको छ । Continue reading

सोलु एफएम स्थापना दिवसको अवसरमा मिनी म्याराथुन प्रतियोगिता हुने


१४ कार्तिक (सोलु अनलाइन) – योङ्ग स्टार क्लव र सामुदायिक रेडियो सोलु एफएमको आठौ स्थापना दिवसको अवसरमा महिला पुरुष मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । सोलु एफएम सञ्चालक समितिको हिजो बसेको बैठकले सल्लेरी १ सुर्केदेखि सोलु एफएमसम्म मिनी म्याराथुन गर्ने निर्णय गरेको हो ।
म्याराथुन धावकहरुलाई टिसर्टको समेत व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । गत बर्षहरुमा पुरुष खुल्ला म्याराथुन मात्रै गर्दै आएकोमा यस बर्षदेखि महिला म्याराथुन समेत थप गरिएको छ । Continue reading

मिस वर्ल्ड भइन् अमेरिकी सुन्दरी अलेक्ज्यान्ड्रिया मिलिस


चीनको सान्यामा शनिबार भएको मिस वर्ल्ड प्रतियोगिता जितेपछि १८ वर्षीया अमेरिकी सुन्दरी अलेक्ज्यान्ड्रिया मिलिस। मिस बोत्सवाना दोस्रो र मिस भेनेजुएला तेस्रो भइन् भने मिस नेपाल सँधै झैँ उपाधिविहीन रहिन्। तस्बिरः रोयटर्स Continue reading

विमानभित्रै बिरामीको मृत्यु


बाँके (नेपालगञ्ज), कार्तिक १३ – डोल्पाबाट नेपालगञ्ज आएको तारा एयरको विमानभित्र शनिवार एक यात्रुको मृत्यु भएको छ । डोल्पा पहाडा गाविस-१ का ६५ वर्षीय शक्तिराम रोकायाको विमानभित्र मृत्यु भएको हो । रोकाया केही दिनअघिदेखि बिरामी रहेकाले उपचारका लागि नेपालगञ्ज आउँदै गर्दा उनको विमानभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । Continue reading

धार्मिक संस्कृतिले भरिएको मानेरिम्डु पर्व र पर्यटनको सम्भावना


सुजता तामाङ
सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट करिब अढाई घण्टाको पैदल दुरीमा रहेको चियोङ गुम्बा साङे गुठी जसले पुरानो संस्कृति बोकेको छ। साँस्कृतिक तथा धार्मिक महत्व बोकेको यस गुम्वा ईस्वी सम्बत १९२३ सालतिर तिब्बतवाट आएका खाम्पा स्वर्गिय साङगे लामाले आफ्नै निजी श्रोतबाट स्थापना गर्नु भएको हो। Continue reading

गुदेलका सुदीप कुलुङ मलेसियामा दोस्रो भए


सोलुखुम्बुको गुदेल १ का सुदीप कुलुङ मलेशियामा सम्पन्न अन्तराष्ट्रिय दौड प्रतियोगितामा दोस्रो हुनुभएको छ। शनिबार सम्पन्न २४ औं माउण्ट कोटा सिनावालु अन्तराष्ट्रिय दौड प्रतियोगितामा कुलुङ दोश्रो हुनुभएको हो। Continue reading

योङ्ग स्टारको काम सह्रानीय– डायलोगर्स ग्रुप


डेन्मार्कको डायलोगर्स ग्रुप योङ स्टार क्लब सोलुखुम्बु एजुकम्युनिकेशन परियोजनाको कार्यदेखि प्रभाबित भएको छ। बुधबार क्लवमा आयोजित कार्यक्रममा डायलोगर्सका सदस्य येनुसले परियोजना प्रभाबकारी रुपमा अघि बढेको बताउनुभयो । वहाले नयाँ कार्यक्रमका लागि पहल गर्ने समेत बताउनुभयो । Continue reading