‘विशेष सुरक्षा’ व्यवस्था तिहार र दशैमा


काठमाडौं । विगतका वर्षमा भएका कमी-कमजोरीको मूल्याङ्कन गर्दै यसवर्षको दसै तिहारकालागि सुरक्षा व्यवस्था कडा पारेको महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एव अतिरिक्त महानिरीक्षक मदनबहादुर खड्काले बताउनुभएको छ ।विगतका वर्षमा दसै तिहारको बेला अपराधका घटनाहरु सङ्ख्यात्मक रुपमा केही बढेको देखिन्छ । तर यस वर्ष आयुक्त कार्यालय मातहतका काठमाडौं, ललितपुर र भक्तपुरगरी तीनवटै प्रहरी परिसर तथा परिसर अन्र्तगतका प्रहरी वृत प्रभाग र चौकी तथा विटहरुलाई दसै र तिहारकालागि विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन भइसकेको थप जानकारी पनि उहाँले दिनुभयो । दसैं र तिहारको समयमा सर्वसाधारणको बढी चहलपहल हुने न्युरोड, सुन्धारा, असन, इन्द्रचोक, नयाँबानेश्वर, बसपार्क, लगनखेल, जावलाखेल, सानो थिमीलगायतका क्षेत्रमा रहेका व्यापारी क्षेत्र वित्तीय सङ्घ संस्थासुनचाँदी पसल आर्थिक कारोवार धेरै हुने स्थानहरुलाई निगरानीमा राखेर सादा पोसाकसहितका प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ । प्रमुख आयुक्त खड्का भन्नुहुन्छ ‘यसकालागि केन्द्रबाट एकीकृत सूचना प्रणाली लागू गर्ने र सोही सूचनाका आधारमा सहरका मुख्य चोक तथा सडकगल्लीमा चेकजाँच गरिने छ । ‘चाडबाडमा कतिपय अपराधका घटनाहरु स्वयं सर्वसाधारण उपभोक्ताको कमीकमजोरीका कारण हुने भएका कारण सर्वसाधारणको जनचेतनाका सामुदायिक प्रहरीसँग मिलेर घरदैलो कार्यक्रम साचालन भइरहेको छ । आयुक्त खड्काका अनुसार सुरक्षासम्बन्धी जनचेतना मूलक सन्देश समेटिएका पर्चा र पम्मलेट बोकेर प्रहरी कर्मचारीहरु घरघरमै पुग्ने गर्छन भने सर्वसाधारणले भोग्नु परेको समस्यालाई ग्रहण गरी समाधान गर्ने गर्छन । त्यस्तै दसैको बेला राजधानीका प्रमुख प्रवेशद्धारमा समेत चेकजाँच पोस्ट राखिने भएको छ । यसरी चेकजाँच पोस्ट राख्दा जिल्लातिर कहलिएका अपराधिक गिरोह व्यक्ति वा समूहलाई नियन्त्रण गर्न सजिलो हुने दाबी आयुक्त खड्काको छ । राजधानीमा बसोबास गर्ने अधिकांश सर्वसाधारण दशै मनाउन आ-आफ्नो घर जाने भएकाले साही मौका छोपी चोरी डकैती र लुटपाट हुने गरेको जानकारी दिँदै उहाँले दसैजस्तो चाँडबाड कसैका लागि दशा नहोस् भन्नकालागि प्रहरी आफ्नो सकि्रयता बढाइरहेको खुलासा पनि गर्नुभयो । व्यापारी कम्प्लेक्स बैङ्क तथा फाइनान्सलगायतका वित्तीय क्षेत्र कुरेर बस्ने लुटेरादेखि गल्ली तथा सडकमा एक्लो दोक्लो भेट्टयाउने बित्तीकै लुटपाट गर्ने लुटेराहरुको अगाडि नै पहिचान गरी नियन्त्रणमा लिनेमोटरसाइकल प्रयोग गरी सिक्री लुट्नेहरुको पहिचान गर्न सजिलो होस् भन्ने उद्देश्यले साइकल गस्ती बढाउने लगायतको सुरक्षाव्यवस्था अपनाइएको जानकारी उहाँले दिनुभयो । गत वर्षको भन्दा यो वर्ष सादा पोसाकको प्रहरी कर्मचारीको तैनाथी धेरै रहेको छ भने २४ घण्टा साइकल गस्तीको व्यवस्था गरिएको छ । चाडवाडमा हुने कतिपय अपराधका घटनामा प्रहरीको समेत संलग्नता हुने गरेको पाइन्छ । यसकालागि प्रहरी कर्मचारीलाई छुट्टाछुट्टै रुपमा भन्दा पनि समूहगत ढङ्गले परिचालन गर्ने योजना आयुक्त कार्यालयको रहेको छ । एउटा प्रहरी कर्मचारीले अर्काे प्रहरी कर्मचारीको गतिविधिलाई सहज ढङ्गले नियाल्न सकोस् । यसरी प्रहरीको सकि्रयताले यस वर्षको दसैंमा अपराधजन्य कि्रयाकलापमा केही नियन्त्रण आउने विश्वास खड्काको छ ।

source: online patrika

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s