सोलुखुम्बुमा दशैको सामान अभाव संकेत


दुर्गा प्रसाद राई/सल्लेरी ।  हिन्दुहरुको महान पर्व बडादशै र दिपावलीको अवसरमा नेपालको बजारमा कृतिम अभाव सृजना गरि पैसा कमाउने चलन नयाँ होईन । वर्ष दिनमा आउने चाड पर्वले धेरैलाई निरास तुल्याउने गर्दछ । घाटी हेरी हाड निल्नु भन्ने नेपाली उखान वास्तावमा नेपाली जनजीवनमा सुहाउने मात्र होईन यर्थाथसंग मेल खाने हुनाले चाडपर्वमा बढि प्रयोग हुने गर्छ । नेपालमा ८०% किसानहरुको बाहुल्यता भए पनि खाद्यान्नको अभाव दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

कृषि प्रधान देश भएपनि अधिकांश मानिसहरुले एक छाँक पेटभरि अघाएर जीवन बिताउन सक्ने अवस्था छैन । महँगीले दिन प्रतिदिन आकाश चुम्दै गईरहेको छ । चाडपर्वमा मिठो खाने र राम्रो लगाउने चाहना सोलुखुम्बु जिल्लामा वर्षात्को समयमा सिस्नेरी खण्डको सडकबिग्रनाले खाद्यान्न अभाव देखा परेको आभाष हुन्छ । बजारमा केहिसमय अगाडि मात्र सोना चामलको मुल्य प्रति बोरा (३० केजी) रु१ हजार १ सय ५० थियो भने यस वर्ष प्रति बोरा मुल्य रु १ हजार५ सय ५० पुगिसकेको छ । यहि दरमा सबैजसो सामानको मुल्यबृद्धि भएको छ ।सडक निर्माण भएपछि दैनिक उपभोग्य वस्तु सुलभ मुल्यमापाउनु पर्ने सोलुबासीको आसामा तुषारापात भएको छ ।

सडकयातायातको अभावका साथ मनाउदै आएका छन् । मुल्यअनुसारको खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ, स्वच्छर राम्रो पाउन सकिरहेको अबस्था छैन । विराटनगर, विरगञ्ज,मोरङ, झापा, सिराहा, सप्तरी र काठमाडौमा उत्पादन र तयारभएका कपडा, खाद्यान्न र अन्य उपभोग्य वस्तुहरु सोलुमा भित्रिन्नेगरेको छ । यसरी सोलुभित्रिन्ने सामग्रीहरु र उपभोगका वस्तुहरुमध्ये कतिपय उपभोग्य मिति गुजरिएको, खान र प्रयोग योग्य नहुनेअवस्थामा आईपुग्दछ ।

यस हप्ता बजारमा चामलको अभावलेचर्को मूल्य तिर्नु पर्ने उपभोक्ता बाध्यता रहको  पाइयो भने दसैं रतिहारको समयमा भारी बोक्ने भरियाहरुले पनि ज्यालामा वृद्धिगरेको हुनाले अन्य उपभोग्य वस्तुहरुको मुल्यमा पनि वृद्धि भएकोबताइएको छ ।माग बढि हुनु र आपूर्ति कम हुनाले गर्दा मुल्यवृद्धिमा समानता देखिन्दैन । थातेङका रिता विश्वाकर्मा बजारबाटरु १ हजार ५ सयमा किनेर लगेको चामल पानीले भिजेर खानैनहुने अमिलो ३० केजीमा ३२ माना त खानै नहुने रहेछ भनि भन्ने गुनासो गर्छिन् ।

यसरी जसो तसो कमाएर ल्याएको पैसाले किनेको चामल पनि खानै नहुने भएपछि कसरी जीउ पाल्ने हो भनि उनले दुखेसो पोखिन् । सल्लेरी तीन कुनेमा पसल गर्नु हुने वकिल कार्की भण्डारबाट सामान ल्याउन धार्नीको १ सय ७० रुपैयादिदा पनि भरिया नपाउनाले सामान जिरीमा नै रहेको र सिस्नेरी पहिरोको कारण ओखलढुङ्गाबाट समेत सामान ल्याउन नसक्दा पसलमा ३/४ बोरा चामल पनिनभएको बताउनु हुन्छ ।

२/३ दिनभित्र बाटो नबनेमा र ट्रयाक्टरले सामान ढुवानी नगरेमा महंगी बढ्नेदेखिन्छ । रुचिता स्टोर्सको सञ्चालक रामलाल श्रेष्ठ जिल्ला खाद्यान्न कार्यालयबाट चामल वितरण गर्नाले केही जनतालाई राहात पुग्ने र बजारमा खाद्यन्न अभाव थोरै मात्रमा भएपनि कम हुने बताए पनि उपभोक्ताहरुले बढि मूल्य तिर्नु पर्ने देखिन्छ । त्यस्तै अर्का  व्यापारी थिर कुमार श्रेष्ठ पनि बाटो बिग्रनाले सामान पसलमा कम रहेको र चामल आफुकोमा नभएको र बाटो नबनेमा दशै तिहारमा अभाव हुने बताउँछन् ।

उनको भनाईमा भरियाले सामान ढुवानी गर्दा ज्यालामा बढि खर्च हुनेभएकोले बिक्री वितरण गर्न गाह्रो हुन्छ। बजारमा मुल्य पनि एक रुपता छैन उद्योग वाणिज्यसंघले आजको मितिसम्म त्यसतर्फ कुनै ध्यान दिनसकेको देखिन्दैन । बजारमा अभाव र अनियमितताहनु नदिन उद्यागे वाणिज्य सघंले ध्यान दिनु पर्ने हो तरयस बिषयमा संघको बैठक बसेको छैन ।

यसपालीकोदशै र तिहारको लागि अधिकांश व्यापारीहरु जिरीकोबाटोमा भरिया नपाउने र पाएपनि ज्याला महंगोहुनाले सरसामान काठमाडौ, कटारी भएर ओखलढुङ्गाहुँदै तिङलाको बेलीडाँडामा ल्याएकाछन। भरिया अभावर सिस्नेरी भिरको पहिरोले गर्दा तिङलाको बेलिडाँडामासामान व्यवस्थित गरेर राख्ने ठाउको समेत अभावभएको व्यवसायीहरुको भनाई छ ।

बर्षात्को कारणकतिपय सामानहरु भिझेको भनार्इ  व्यापारी कनुरे राईको छ ।यसरी यस बर्ष सोलुखुम्बुमा दशैको बेलामासामानको पर्याप्तता नहुने र खान योग्य सामान कमपाईने सम्भावना बढ्दै गएको छ । बजारमा सामानसकिएको वा बिग्रिएको सामान भेटिन थालेको गुनासोबढ्दै गएकोले यस बारेमा सम्बन्धित निकाय रसरोकारवालाले समयमा नै ध्यान दिनु पर्ने  देखिन्छ ।

सभार: सोलु समाचार

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s