दलित छात्रछात्रालाई छात्रवृत्ति


१७ असोज (सोलु अनलाइन) । एकिकृत दलित उत्थान समाज, काँकु, सोलुखुम्बुले काँकु गाविस भित्रका दलित छात्रछात्राहरुलाई बिभिन्न बिधामा छात्रबृत्ति प्रदान गरेको छ । आज भएको कार्यक्रममा २०६६ सालको एसएलसी परिक्षा उतिर्ण गर्न सफल हिमालय मावि बासाका छात्र शिशिर बिकलाई ३ हजार रुपैंया प्रदान गरिएको छ ।
त्यस्तै कम्प्युटर छात्रबृत्ति तर्फ कर्ण रसायलिलाई २ हजार रुपैंया तथा कक्षा १० मा अध्ययनरत छात्रा सुनमाया बिक, बालकुमारी बिक र छात्र राजु बिकलाई पनि छात्रबृत्ति स्वरुप ८, ८ सय रुपैंया प्रदान गरिएको हाम्रा प्रतिनिधि दिलबहादुर राईले जानकारी दिनुभएको छ । काँकु माविको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा निमावि र मा.वि स्तरमा अध्ययनरत ८ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ ।

एकिकृत दलित उत्थान समाजका अध्यक्ष कर्णबहादुर बिकको सभापतत्विमा सम्पन्न कार्यक्रममा बिभिन्न राजनीतिक दल, शिक्षक, अविभावक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो । समाजले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्यापनमा सहयोग पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गर्न शुरु गरेको समाजका अध्यक्ष बिकले बताउनुभयो ।  यसैबिच काँकु मावि भेडाचौरको शैक्षिक सत्र ६५÷६६ को आर्थिक आयब्ययको सार्वजानिक लेखा परिक्षणलाई आज अविभावकहरुको भेलाले अनुमोदन गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s