पर्यटन वर्ष २०११ का लागि संयुक्त पर्वतारोहण


काठमाडौ, आश्विन १८ । पर्यटन वर्षमा बंगलादेशी पर्यटकको आगमन वृद्धि गर्ने र सम्बन्ध बलियो बनाउन नेपाल र बंगलादेशका आरोहीले संयुक्त रूपमा पर्वतारोहण गर्ने भएका छन् । उनीहरूले गौरीशकंर हिमाल शृंखलामा पर्ने ६ हजार २ सय ५७ मिटर अग्लो चेकिगो हिमाल चढ्ने आइतबार आयोजित कार्यक्रममा जानकारी दिइयो । टोलीमा ९ जना बंगलादेशी र नेपाली गरी १४ जना छन् । यो हिमालमा यसअघि विभिन्न ५ टोलीले आरोहण प्रयास गरे पनि सफल भएका थिएनन् ।

‘हामी प्रयास गर्दै छौं,’ बंगलादेशी टोलीनेता मोहम्मद मोहितले भने, ‘आशा छ सफल हुन्छौं ।’ हिमाल आरोहणपछि सहभागी आरोहीले आफ्नो देशमा गई नेपाल र यहाँको प्राकृतिक सौन्दर्यबारे प्रचारप्रसारसमेत गर्नेछन् । यो दुई देशको मित्रताको प्रतीक बन्ने बंगलादेश दूतावासकी द्वितीय सचिव  नसरिन लिपीले बताइन् ।

‘यसरी २०११ को प्रवर्द्धनका लागि सहयोगी बन्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘हामीलाई सहयोग आवश्यक हुँदा अन्य मुलुकभन्दा अगाडि नेपाल सहमत हुने गरेको छ, यो मित्रतालाई अझ बलियो बनाउन नयाँ काम पनि गर्न सकिन्छ ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s