बधशाला व्यवस्थापनका लागि मासु व्यापारीहरु आफै लागि पर्ने


१७ असोज, सल्लेरी (सोलु अनलाइन) । सदरमुकाम सल्लेरी स्थित बधशाला व्यवस्थापनका लागि मासु व्यापारीहरु आफै लागिपर्ने भएका छन् । बधशाला व्यवस्थापनको बिषयमा छलफल गर्न आजै जिल्ला प्रशासन कार्यालय सल्लेरीमा भएको बैठकमा मासु व्यापारीहरुले बधशाला व्यवस्थापन गर्ने बताएका हुन् ।

बधशालालाई व्यवस्थीत गर्नको लागि आजै मासु व्यापारीहरुको समिती समेत गठन गरिएको छ । समितीले बधशाला सरसफाई, शुद्ध मासु बिक्री लगाएतको लागी काम गर्ने प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले जानकारी दिनुभयो । व्यापारीहरुको समितीले भोली नै बधशाला सरसफाई गर्ने भएको छ । आजको बैठकमा दशैको बेलामा मासुको मुल्य बृद्धि नगरी अहिलेकै मुल्यमा बिक्री गर्ने समेत निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी यादव सुबेदीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय बिकास अधिकारी, प्रहरी नयाव उपरिक्षक, गाविस सचिव, मासुव्यापारी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s