भारतीय घुसपैठ रोक्न ज्ञापन पत्र


सोलुखुम्बु जिल्लाको कुनै भागमा भारतीय घुसपैठ कडाईपूर्वक रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष शेर्पा राष्ट्रिय मुक्ति मोर्चा सोलुखुम्बुले ज्ञापन पत्र प्रस्तुत गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै मोर्चाले भारतीय सैनिक अधिकारी सहित भारतीय राजदूत राकेश सुदको भ्रमण हुन सक्ने आशंका व्यक्त गर्दै शान्ति र राष्ट्रियता विरुद्धको भारतीय विस्तारवादी हस्तक्षेप रोक्ने कदम नचालिए मोर्चाले सशक्त प्रतिरोध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ज्ञापन पत्रमा मोर्चाले शान्ति, संविधान र सरकार निर्माण प्रक्रियामा भारतीय हस्तक्षेपले गम्भिर व्यवधान गरिरहेको स्थितिमा सोलुखुम्बुमा भारतीय राजदूत आउने चर्चाले आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ । मोर्चाले सुदको भ्रमणमा छिमेकी चीन विरुद्धको गतिविधीलाई प्रमाणित गर्ने समेत बताएको छ । नेपाल मानव विकास मैत्री संघ सोलुखुम्बुको उद्घाटन गर्न भारतीय राजदूत राकेश सूद यहि असोज २० गते सोलुखुम्बु आउने कार्यक्रम रहेको छ । यसै बीच ज्ञापन पत्र गृहमन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s