सांगीतिक यात्राको शुरुवात गर्दै “बिशेष”


“जति छाम्छु मुटुलाई रगत उम्लिएको नै भेटे, जति छाम्छु छातीलाई उति थिचेको नै भेटे” राष्ट्रघात र थिचोमिचो बिरुद्ध उम्लिएको रगतलाई सेलाउन नदिने अठोटका साथ मोहन खालिङ “बिशेष” सांगीतिक शिखरको यात्रामा अघि बढेका छन्। दुर्गम जिल्ला सोलुखुम्बको निक्कै पछि  परेको गाविस काँकुमा २४ बर्ष  अघि जन्मेका बिशेष गाउँ घरमा गाउँदा गाउँदैको आफ्नो सांगितिक  यात्रालाई निरन्तरता दिने क्रममा पहिलो एकल एल्बम अठोट लिएर आएका हुन् । सानैदेखि गीत संगीत भने पछि मरिहत्ते गर्ने  बिशेषले पहिलो पटक ६० साल तिर सल्लेरीमा भएको २६ वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा काँकु माध्यमिक विद्यालयको तर्फबाट गीत गाएर पहिलो स्थान प्राप्त गरेका थिए ।

क्रान्तिकारी छबिका बिशेष २०६२ साल तिर तत्कालिन नेकपा माओवादीमा सामेल भए । बिशेष भन्छन् “पार्टीमा हिडे पछि मेरो सांगितिक यात्रालाई पनि मलजल पुग्यो, घर आँगन र विभिन्न सभामा गाउने अवसर पाइयो ।पार्टी भित्रका रोशन देवकोटा, रुपकुमार राई, डाक्टर किरातलाई सांगितिक गुरुका रुपमा माने पनि संगीतको औपचारिक कक्षा भने बिशेषले लिएका छैनन् । बिशेषले मनभरी देशको माया साँचेका छन् । त्यसैले त गीत मार्फत् नै उनी भन्छन् “एउटा महान आदर्श चुम्न, एउटा महान आदर्श टेक्न …… म हाँसी हाँसी मरिदिन सक्छु, म रोइ रोइ बाँची दिनु सक्छु ।”

बिशेषलार्इ एल्बम अठोटको सबै भन्दा मन पर्ने गीत पनि यहि नै । सोलुखुम्बुकै अधिकांश गाउँमा पुगेर गीत गाएका बिशेष प्रज्ञा प्रतिष्ठान, काठमाण्डौमा गीत गाएको कहिल्यै भुल्न सक्तैनन् । माया प्रेममा सधैं लट्ठ हुन चाहने युवा-युवतिलाई देश प्रति अलिकति भए पनि ध्यान दिन आग्रह गर्छन् बिशेष । एलबम अठोटमा सबैलाई समेट्ने प्रयास गरेका छन बिशेषले । डोको नाम्लोको राम्रै अनुभव संगालेका बिशेष सबै वर्गका जनता माथि उठ्न सके मात्र देशको विकास हुने बताउँछन् ।

“भरिया दाईको त्यो दुख देख्दा मुटुमा जलन भो

बोक्दैमा भारी जीवन तिनको त्यतिकै बितेको

खुट्टामा छैन चप्पल तिनको, न राम्रो लुगा छ

टुट्दैन कहिले थाप्लोमा नाम्लो, न मिठो खाना छ”

नृत्य गर्न पनि खप्पिस् बिशेष गाउने बाहेक बासुरी, मादल अनि गितार पछि बजाउँछन् । “सांगितिक क्षेत्रबाट त अलग हुनै सक्तिन, भबिष्यमा पनि यसै क्षेत्रमा केही गर्ने विचार छ” बिशेष भन्छन । यस पटक एल्बम निकाल्न पार्टीले राम्रो सहयोग गरेको बताउने बिशेष सागर किराती, हिमाल गिरी र कलाकार रञ्जनाको नाम लिन छुटाउँदैनन् । भन्छन् “दिदी सितामाया र खेममाया, भेना कुमार, दाई भाउजु जगदिश र झुमाको सहयोग नभएको भए पनि एल्बम निस्कदैन थियो, भन्न मात्रै सजिलो रहेछ, बजारमा गीत ल्याउनका लागि पटक पटक हण्डर खानु पर्ने रहेछ, मैले पनि खाँए ।”

बिशेषलाई स्टुडियोमा गीत रेकर्ड गराउन पनि त्यती सजिलो भएन । जनसभाहरुमा गाउनु र स्टुडियोमा गाउनुमा फरक हुने भएकैले उनलाई गाह्रो भयो । काठमाण्डौको गीत रेकर्डिङ स्टुडियोमा गीत रकेर्ड हुनुभन्दा अघि बिशेषले पहिलो पटक सोलु एफएमको स्टुडियोमा खालिङ्ग भाषाको गीत गाएका थिए । सिमा मिचिरहँदा, कुसंस्कार बढिरहँदा माया प्रीतिमा चुर्लुम्म डुब्नेहरुले पनि देशको निम्ती केही गर्नु पर्छ भन्ने सन्देश आफ्नो एल्बम अठोटले दिने दाबी बिशेषको छ ।

द्धन्द्धको समयमा पार्टीको निदर्शेन बमोजिम विभिन्न काम गरेका र शान्ति प्रक्रिया शुरु भए पछि भुमिका परिवर्तन हुँदै एल्बम अठोट २ बर्षको मेहनत पछि बिशेषले बजारमा ल्याएका हुन् । सांगितिक यात्रामा राम्रो सम्भावना देखाएका बिशेषलाई सफलताको शुभकामना !

“तिमी प्रीतिको भाका हालेर भन जिन्दगी दुई दिनको घाम र छायाँ, हामी आँसुको कथा गाएर भन्छौं नेपाली माटो र जनताको माया”

लेखक: मनोजकुमार श्रेष्ठ

Advertisements

One thought on “सांगीतिक यात्राको शुरुवात गर्दै “बिशेष”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s