सन् २०१२ का लागि डिभी फर्म खुला


१९ असोज, काठमाण्डौ । अमेरिकाले सन् २०१२ का लागि आज मंगलबारदेखि डिभी अर्थात अमेरिका बसोबाससहितको भिसा फर्म खुला गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले हिजो एक विज्ञप्ती जारी गर्दै डिभी भर्न इच्छुकका लागि यस्तो जानकारी गराएको हो । डिभी फर्म आज मंगलबार अर्थात २०१० अक्टोबर ५ तारिखमा खुल्नेछ र नोभेम्बर ३ तारिखमा बन्द हुनेछ ।

अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीको पूर्ण अँश:

अमेरिकी राजदूतावास

पब्लिक अफेयर्स कार्यालय

काठमाडौं, नेपाल

फोनः ४००-७२००

असोज १८, २०६७

सन् २०१२ डाइभर्सिटी भिसाको लागि आवेदन दर्ता खुला

सन् २०१२ डाइभर्सिटी भिसा कार्यक्रमको अनलाइन आवेदन दर्ता भोली २०१० अक्टोबर ५ तारिखमा खुल्नेछ र नोभेम्बर ३ तारिखमा बन्द हुनेछ ।

सन् २०१२ को कार्यक्रममा तीनवटा महत्वपूर्ण परिवर्तनहरू भएका छन्:

१. आवेदकहरूले ३० दिनको दर्ता अवधिभित्र अनलाइन मार्फत आवेदन दर्ता गर्नुपर्दछ ।

२. आवेदकहरूले आफू छनौट भए नभएको डाइभर्सिटी भिसाको वेबसाइटमा गएर हेर्नुपर्दछ । बिजेताहरूले हुलाक मार्फत चिठी प्राप्त गर्नु हुने छैन ।

३. आवेदकहरूले ३०० डीपीआई (डट्स पर् ईन्च) वा राम्रो रेजोल्युसन भएको फोटो अप्लोड गर्नु पर्दछ ।

यसका अलावा काठमाडौंस्थित अमेरिकी राजदूतावास डाइभर्सिटी भिसाका आवेदकहरूलाई एकपटक फेरि यस कार्यक्रमबारे केही महत्वपूर्ण जानकारी दिन चाहन्छ ः

डाइभर्सिटी भिसा चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्दैन । आवेदन दर्ता विद्युतीय रुपमा www.dvlottery.state.govमा गई दर्ता अवधिभित्र गर्नुपर्दछ । दर्ता अवधि २०१० अक्टोबर ५ तारिख, बिहीबार, जीएमटी समय -४ बजे देखि २०१० नोभेम्बर ३ तारिख, बुधबार, जीएमटी समय -४ बजे रहेको छ ।

दर्ता गरिसकेपछि आवेदकहरूले कन्फर्मेशन पेज देख्नुहुन्छ जसमा ‘एन्ट्री स्टेटस चेक’ र तपाईंको आवेदनको स्थिति कसरी हेर्नेबारे निर्देशनहरू दिइएको हुन्छ ।

आधिकारिक सूचना

अमेरिकी विदेश मन्त्रालयको आधिकारिक सूचना विद्युतीय माध्यममार्फत २०११ मे १ तारिख र २०११ जुन ३० तारिखबीच प्रकाशन गरिनेछ । आवेदकहरूले आˆनो ‘एन्ट्री स्टेटस चेक’ का साथ www.dvlottery.state.gov मा गई आफू छानिनु भए नभएको हेर्न सक्नुहुन्छ । विगतका वर्षहरूमा जस्तै यसपालि भने बिजेताहरूलाई हुलाक चिट्ठीमार्फत सूचित गरिने छैन ।

डिभीको लागि योग्यता

डाइभर्सिटी भिसाको चिट्ठा लाग्दैमा भिसा पाउने ग्यारण्टी हुँदैन । बिजेताहरूले निश्चित योग्यताहरू पूरा गरेको हुनुपर्दछ । पूरा गर्नुपर्ने योग्याताहरूको विस्तृत जानकारीका लागि http://www.dvlottery.state.gov मा जानुहोला ।

कृपया ध्यान दिनुहोला यदि तपाईंले आˆनो श्रीमान वा श्रीमती तथा २१ वर्ष मुनिका सबै अविवाहित बालबालिकाको नाम दर्ता फाराममा उल्लेख गर्नु नभएको खण्डमा तपाईं डाइभर्सिटी भिसाका लागि अयोग्य

ठहरिनु हुनेछ । त्यसकारण यदि तपाईंलाई चिट्ठा पर्‍यो तर तपाईंले चिट्ठाको लागि आवेदन गर्दाको समयमा आˆनो सबै परिवारको नाम उल्लेख गर्नुभएको थिएन भने कार्यवाहीको लागि लाग्ने फिर्ता नहुने ८१९ डलर शुल्क नबुझाउन तथा अन्तर्वार्ताको लागि उपस्थित नहुन हामी सुझाव दिन्छौं ।

सन् २०१२ डाइभर्सिटी भिसा कार्यक्रमको लागि विस्तृत जानकारी http://travel.state.gov/pdf/1318-DV2012Instructions-ENGL.pdf मा प्राप्त गर्नसक्नुहुन्छ ।

Source: onlinekhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s