सोलुखुम्बुको सर्वाधिक पुरस्कार राशी भएको भलिबल प्रतियोगिताको उपाधि चौरीखर्क मध्यवर्ती क्षेत्र इकाई समितिलाई


१९ आश्विन (सोलु अनलाइन) – सोलुखुम्बु सोलुखुम्बु जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको फ्रेण्डशीप खुल्ला पुरुष भलिबल प्रतियोगिता चौरीखर्क मध्यवर्ती क्षेत्र इकाई समितिले जितेको छ । फ्रेण्डसीप युथ क्लव, सोलुखुम्बुको आयोजनामा भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा शुभतारा बहुउद्देश्यीय सेवा केन्द्रलाई ४/१ ले पराजित गर्दै कपका साथमा नगद ३० हजार ३३३ प्राप्त ग¥यो ।
फाइनलमा पराजित शुभताराले नगद २० हजार २२२ प्राप्त ग¥यो भने तेश्रो हुने अखिल क्रान्तिकारी सोलुखुम्बुले १५ हजार ५५५ प्राप्त ग¥यो । १२ टिमको सहभागिता रहेको प्रतियोगितामा चौरीखर्क मध्यवर्ती क्षेत्र इकाई समितिका मनोज चौहान उत्कृष्ट खेलाडी घोषित हुँदै एडिडास ट्रयाक सुट प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई सभासद् गोपाल किराती लगायत प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापति, रणभीम गुल्म सोलुुखुम्बुका गुल्मपति अर्जुन बस्नेत र आयोजक फ्रेण्डशीप युथ क्लवका अध्यक्ष महेश किरातीले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो ।
प्रतियोगितामा राष्ट्रिय रेफ्रीत्रय टेककुमार राजभण्डारी, डम्बर बहादुर नेपाली र नारायण थापा मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थिया । समापन कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय रेफ्री डम्बरबहादुर नेपालीले सोलुखुम्बु जिल्लाको खेलकुद विकासका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिँदै जिल्लाको बजेटको शुन्य दशमलब ५ प्रतिशत रकम खेलकुद विकासका लागि खर्च गर्न आग्रह गर्नुभयो ।
सभासद् गोपाल किरातीले विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै राष्ट्रघातका बिरुद्धमा पनि खेलाडीहरु शसक्त रुपमा उभिनु पर्नेमा जोड दिनुभयो ।
आयोजक फ्रेण्डशीप युथ क्लवका अध्यक्ष महेश किरातीले क्लवले छिट्टै नै सोलुखुम्बु महोत्सवका साथमा खुल्ला महिला भलिबल समेत आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s