अब यो राज्यले सहिद खोज्नु हुँदैन,अब सन्त खोज्नु पर्छ-डिबि किराती


डिबि किराती एउटा वहुप्रतिभावान व्यक्तित्व। साहित्यकार,कलाकार अनि राजनीतिज्ञ। डिबि किराती  भर्खरै चोमोलुङ्मा प्रतिष्ठान नेपालद्वरा सम्मानित साहित्यतर्फ पहिलो व्यक्ति हुनुहुन्छ र उहाँको आठौं कृति “भत्केका घरहरु” नाटक पनि भर्खरै प्रकासित भएको छ। ओखलढुङ्गा जन्मस्थान भई सोलुखुम्बुमा विगत लामो समयदेखि रहँदै आउनु भएको यिनै सर्जकसँग सोलुअनलाइनले गरेको कुराकानीको मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ।

सोलुअनलाईन: दाईलाई हामी दुई वटा क्षेत्रबाट चिन्छौं। एउटा वामराजनितिज्ञ र अर्को साहित्यकार भनेर। सबैको नजरमा डिबि किरातीको  परिचय  साहित्यकार कि राजनीतिज्ञ ?

डिबि:  यो प्रश्नको उत्तर मैले जनताहरुलाई सुम्पेको छु। यो कुरो जस्तो कि यदी तपाईंलाई कसैले डिबि किरातीको परिचय के हो? भनेर सोधेमा, तपाईं जे जवाफ दिनुहुन्छ त्यही हो डिबि किरातीको परिचय।

सोलुअनलाईन: तपाईंले आफुलाई चाहिँ के भन्न रुचाउनुहुन्छ?

डिबि: म यो दुइटै स्वयंले आफुलाई भनिरहेको छैन। जनताहरुको घर-दैलोमा जाँदा राजनीतिज्ञ भन्छन तर साहित्य सिर्जनाको कारण साहित्यकार भन्छन तसर्थ म यो नै हो भनेर भन्न सक्दिन। कसै-कसैले चित्रकार पनि भन्छन। काठमाडौंमा बसेको बखत नाटक लेखन र प्रदर्शन गरेको हुनाले कसैले नाटककार पनि भन्छन। तर जे भए पनि यतिखेर बढी साहित्य तर्फ उन्मुख छु।

सोलुअनलाईन:  दाई अहिले के मा व्यस्त हुनुहुन्छ?

डिबि:  अब म अर्को पुस्तक प्रकाशन गर्ने जमर्कोमा छु, मैले “पागलको डायरी” नामक पुस्तकको दोस्रो भाग प्रकाशन गर्ने जमर्को गर्दा-गर्दै अन्य पुस्तक-पुस्तिकाहरुले व्यस्त बनाए र त्यसकारण “पागलको डायरी-२” को लागि तयार गर्दै छु।

सोलुअनलाईन: भर्खरै दाइको नयाँ कृति “भत्केको घरहरु” नामक नाटक प्रकाशन भएको छ, “भत्केको घरहरु” के हो?

डिबि:  भत्केको घर भन्नसाथ यो हामी सबैको घर हो। पौने तीन करोड नेपालीहरुको आ-आफ्नै कथा छ, तिनै समग्र कथाहरुको प्रतिनिधित्व  हो “भत्केको घरहरु”।

सोलुअनलाईन: डिबि किराती आजकाल थोर बहुत राजनीतिबाट टाढा भए जस्तो लाग्छ नि, सत्य के हो?

डिबि: राजनीतिबाट डिबि किराती सधैं नै टाढा हो। जनताबाट मात्रै नजिक हुँ। कुरा निस्की हाल्दा एउटा साह्रै सत्य कुरा बोलुँ कि डिबि किराती नेकपा एमालेले सोलुखुम्बु जिल्लाको लागि वैतरणि गरेको एउटा कैली गाई हो। त्यो गाईको पुच्छर समातेर सोलुखुम्बुका धेरैले रगतको खोला तरिसक्नु भएको छ। कतिपय खस्नुभयो तर कैली गाईको पुच्छर चुडिँएर होइन पुच्छर समाउन नजानेर हो। त्यसकारण डिबि किराती सधैं राजनीति सँगै रहेन। त्यसभित्र एकदम गम्भिर कुराकानीहरु छन जो यहाँनेर भन्न सकिदैन।

Deep with DB Kirati

 

सोलुअनलाईन: त्यो पुच्छर समातेर तर्ने क्रममा पुच्छर पनि त हल्लाउनु भएन नी ?

डिबि: हल्लाइनँ। त्यो पुच्छर सधैं अडिग रहन्छ तर कसैले समात्न सकेनन भने आँफैं रगतको नदिमा खस्छन।

सोलुअनलाईन: विचमा डिबी किराती सोलुखुम्बुको माथिल्लो कुनामा उक्ले पछि राजनीतिक तथा सामाजिक हेलमेलबाट टाढा भयो भन्ने आरोप छ नि?

डिबि: जनता पनि टाढा भए नि! डिबि किराती जनतासँग टाढा भयो भने जनता पनि त टाढा भएको हो नि! यो वैज्ञानिक नियम हो कि, यो अलिक विवेकशील मान्छेले भन्नु भएन कि? यथार्थमा डिबि किराती पनि एउटा मान्छे हो, हिजो ऊसँग दुई चार कान्ला बारी थियो, एउटा नचुहिने छाप्रो थियो एक हल गोरु पनि थियो तर डिबि किरातीले जुवा-तास खेलेर सकेन, जाँड-रक्सी पिएर सकेन, रन्डी बाजी गरेर सकेन अर्थात अश्लील कर्म गरेर सकेन। तर त्यो सबै सिध्धिएको मान्छे हो डिबि किराती। राजाधानीमा रहदा नेताहरुसँग लालसलाम मात्रै चलेको हो तर कसैले तँ के खाँदै छस भनेर सोधेन त्यसैले आज कसैले पनि डिबि किराती तँ के खाँदै छस,तेरो परिवार कसरी चलेको छ भनेर नसोधिकन डिबि किराती जनताबाट पर भयो त्यसो भएपछी कसैको आश्रयले त्यतिकै बाँच्ने जीव त होइन डिबि किराती तर कसैलाई पुकारा नगरिकन नौसय नमस्ते नगरिकन ऊ बाँच्न चाहने उसको जिन्दगीको सेरोफेरोमा मात्रै ऊ खुम्बु क्षेत्र उक्लेको हो।

सोलुअनलाईन: अलिकती अघिल्लो प्रसँगमा फर्कौं, तपाईंले भर्खरै चोमोलुङ्मा प्रतिष्ठान नेपालले सम्मान गरेको छ, तपाईंलाई कस्तो लाग्यो र यो सम्मान पाउछु जस्तो लगेको थियो?

डिबि: यो सम्मानले म एकदमै हर्षित छु तर यस्तो सम्मान पाउछु भनेर मैले सपनामा पनि सोचेको थिईन कि डिबि किराती पनि कुनै जमघटको अगाडि गएर, कुनै मासको अगाडि गएर उस्ले सम्मान पाउँछ भनेर । यो एउटा सपनाबाट व्युँझिएर जुन मैले सम्मान पाएँ,जुन सम्मान चोमोलुङ्माले दियो, त्यो त म आफ्नो विवेक भन्दा पनि पर गएर आभार व्यक्त गर्छु।

सोलुअनलाईन: यो सम्मानले पक्कै पनि डिबि किरातीलाई साहित्य सृजनाको लागि अर्को जिम्मेवार थपी दिएको छ,आगमी दिनहरुमा अझ के गर्छु भन्ने लागेको छ?

डिबि: मैले एउटो बुझेको कुरो चाँही के हो भने मैले भूतकाल त बिर्सी हालें, म वर्तमान  मात्रै  भएको मान्छे हुँ, म सँग भविष्य नै छैन। म सँग हिजो पनि भविष्य थिएन, आज पनि छैन र भोलि पनि छैन। म लगातार वर्तमानमा मात्र चल्ने एउटा प्राणी हुँ। त्यसो भएको हुनाले मैले कुनै काम गरे बापत कुनै सम्मान पाउछु कि पाउदिन भनेर कुनै आशा चाँही राखेको छुइन। तर एउटा कुरा चाँही के हो भने आज पनि समाजको बारेमा कलम चलाउछु,जनाताको बारेमा कलम चलाउछु, भोलिको वर्तमानमा पनि चलाउछु र मेरो हातहरु जुन दिन सम्म कलम चलाउन सम्भावना राख्छ त्यस बेलासम्म म देश,समाज र जनताको लागि समर्पित हुन चाहन्छु।

सोलुअनलाईन: तपाईंको पहिलो कृति “खोजी” उपन्यास सर्वाधिक रुचाईएको कृति हो, यस उपन्यासको पछि पुन:सस्करण भए कि भएन?

डिबि: खोजी उपन्यास पछि सात वटा पुस्तकहरु प्रकाशन भए,खोजी बाहेक सातै वटा निकाल्दा खेरि पाठकहरुले के भनी रहनु भएको छ भने, तपाईंको खोजी पुन: सस्करण गर्नु पर्‍यो। मलाई अहिले सम्म के लाग्छ भने खोजी भन्दा अलीकती कलमहरु तिखारिए होला तर पाठकहरुले खोजीलाई किन त्यती धेरै रुचाए होला अहिले पनि त्यो कुरो छदै छ तर दु:ख लाग्दो कुरो के हो भने खोजी उपन्यास म आफु सँग नै  छैन। यसैले(हाँस्दै) खोजीलाई पनि खोजी गर्ने क्रम छ।

सोलुअनलाईन: हामी थोरै वर्तमान राजनीति र देशको स्थिती बारेमा कुरा गरौं। अहिले जुन किसिमको खेल भई रहेको छ देशमा, अहिलेको पक्का स्थितिको बारेमा तपाईंको बुझाई के छ?

डिबि: म मेरो पङ्तिमा उभ्भिएर कहिले काही वाध्यतावश छुट्टै कुरा भन्न सक्छु होला,मलाई कतै माथिल्लो पङ्तिबाट यसो गर्नु पर्छ भनेर सल्लाह दिनुहुन्छ भने म त्यो ह्वीपको पक्षमा रहन्छु होला। तर यो अवस्थामा, यो ठाउँमा मात्रै रहँदा खेरि हिजो पनि के भनेको थिएँ भने देखि यो देश स्वतन्त्र हुनको लागि कि प्रचन्ड राजावादी हुनुपर्छ कि विरेन्द्र नेकपा माओवादी हुनुपर्छ भनेर मैले निकै वर्ष पहिले भनेको थिएँ। अहिलेको लडाईं भनेको पनि कुनै लडाईं होइन र जनतालाई पनि सबै कुरो सुनाउन हुँदैन। यो देशको उतारचढाप अर्कै छ। एउटै छोटो र सटिक उत्तर मैले के दिनु पर्छ भने यो राज्यको झैँ-झगडा, खिचातानी जे जस्तो भए पनि एकलवाद र बहुलवाद बिचको हो। यसको कुनै निश्चित समाधान चाँही मैले देखेको छुइन। एकलवादीहरु कस्तो विवेक प्रयोग गरी राखेका छन र बहुलवादिहरु कस्तो विवेक प्रयोग गरी राखेका छन भन्ने कुरा त हामीले स्क्रिनमा पनि स्पष्ट देखि रहेका छौं। तर समस्याको गाँठो फुकाउने तिर कोही पनि लागेको देखिदैन।

सोलुअनलाईन: तपाईं नेकपा एमाले सोलुखुम्बुबाट राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य जस्तो जिम्मेवार पदमा पनि हुनुहुन्छ र तपाईं आफ्नो पार्टीलाई के सल्लाह दिनुहुन्छ?

डिबि: सल्लाह भन्दा पनि मेरो भित्री नजरले हेर्दा एकीकृत माओवादीसँग नेकपा एमालेको भित्री साठगाठ बन्दै छ होला जस्तो लागेको छ तर मैले मेरो पार्टिलाई ठ्याक्कै सल्लाह दिंदा चाहीं कुनै अर्को पार्टीले टाउँकोले सहिछाप टेकाउदा खेरि नटेक्ने हो हैं भन्दा यतीलाई मात्र राष्ट्रवाद भनिन्छ भनेर म चाँहीं स्वीकार्दिन।

सोलुअनलाईन: दाईसंगै काम गर्ने साथीहरु सोलु,ओखढुंङा र रामेछापमा अझै पनि राजनीतिमै सकृय छन र अहिले राजनीतिमा पाखुरा सुर्केर आई रहेका युवा वर्गहरुको भींड पनि उत्तिकै देखिन्छ, त्यो युवा भींडलाई तपाईं के सल्लाह दिनुहुन्छ?

डिबि: मलाईं चाँहीं ठ्याक्कै के भन्न मन लाग्छ भने यो एउटा “एज फ्याक्टर” हो र हामीहरुको चाँहीं त्यो एज फ्याक्टर क्रस भै’सकेको छ। त्यसो हुनाले त्यो एजमा हामी पनि पाखुरा सुर्किन्थिउ तर एउटा गुनासो कुरा के हो भने तन्नेरीहरु धेरै सहिद भए कुनै पनि आन्दोलनमा,के के आन्दोलनमा तर त्यो जानेर भए या नजानेर भए मलाई थाहै छैन तर सहिदको सपना के थियो कसरी साकार भयो त्यसको लामो कहानी छ, त्यो कुरो हामीले भन्नु हुँदैन। एउटै कुरो के हो भने अब यो राज्यले सहिद खोज्नु हुँदैन, अब सन्त खोज्नु पर्छ त्यसैले तन्नेरी हो सहिद नबनौं, सन्त बनौं

सोलुअनलाईन: हामी करीब अन्त्यतिर छौं, तपाईंको राजनीतिक र साहित्यिक दुई वटै भाषाबाट अब आउने पींढीहरु र सोलुअनलाइन पढ्नु हुने सम्पूर्ण पाठकहरुलाई के भन्न चाहनुहुन्छ?

डिबि: म सधैंभरी एउटै कुरो भन्ने गर्छु र फेरि यहि कुरो कसैले सोधी हाले भने पनि यहि कुरो भन्छु कि “नेपालीहरुको भविष्य छैन” वर्तमानमा बाँच र आजको वार्तमान आजै आउछ र भोलिको वर्तमान भोली नै आउछ त्यसैले आजको वर्तमानमा पनि राम्रो काम गर र भोलीको वर्तमानमा पनि नराम्रो काम नगर। आफुले गरेको काममा सधैं खुशी रहने गर ।

सोलुअनलाईन: अन्त्यमा, सोलुअनलाइनलाई केही सल्लाह सुझाब दिनु हुन्छ कि?

डिबि: सोलुअनलाइन डट कम सोलुखुम्बुकै पहिलो इन्टरनेटबाट पढन मिल्ने अनलाइन पत्रिका भनेको सुनेर एक दम खुशी लाग्यो। प्रविधीको विकासलाई राम्रोसँग बुझेर शुरुवात गरिएको यो शुभकार्यलाई सफलताको शुभकामना नदिई रहन सक्दिन । मलाई दुई चार शब्दहरु यसरी पोख्न दिनु भएकोमा दीप भाई र भूपाल भाईलाई पनि बिशेष धन्यवाद दिन चाहन्छु। सोलुखुम्बुको सबै विषय वस्तुहरुलाई समेट्दै जानुहोस् र बिशेषत: विदेशमा रहनु हुने सोलुवासीहरु तथा अन्य पाठकहरुको लागि सोलुअनलाइन राम्रो समाचारको स्रोत बन्न सकोस शुभकामना!!! धन्यवाद ।

प्रस्तुती: दीप थापा / भूपाल राना

Advertisements

16 thoughts on “अब यो राज्यले सहिद खोज्नु हुँदैन,अब सन्त खोज्नु पर्छ-डिबि किराती

  1. डि.बि दाईले सोलु अनलाइन लाइ दिनुभएको सुझाब एक दमै राम्रो छ .किन कि विदेश मा भएको हामि सोलु सोलुबासिले आफ्नो जिल्लाको सत्य तथ्य खबर हेर्न पाउदा हामीलाई आफ्नै गाउँमा भएको महशुस हुने छ .र हामि बिदेशमा भएका सोलुबासी र अन्य पाठकहरुकोलागी सोलु अनलाइन राम्रो समाचारको सरोत बन्न सकोस भन्ने मेरो पनि सोलु अनलाइनलाइ शुभकामना ,,,धन्यबाद ,,,,,,,,,,
    नन्द राज गुरुङ
    द. कोरिया

  2. सम्पादक ज्यू !
    दीप जीले लिनु भएको डि.बि.किराँतीसंगको अन्तर्वार्ता पड्ने मौका पाए, वढो खुशि लाग्यो | किराँती जीले जे जति राजनीति गर्नुभयो, त्यो जनताको पक्ष्यमानै थियो र जे जस्तो लेख लेखनु भयो, त्यो पनि दीन दुखिहरुका पक्ष्यमा थियो | वहाले लेखनु भएको “भत्केको घर ” भन्ने नाटक पढेको त छैन, तर वर्तमान अवस्थालाई नियाल्दा त्यो नारा अति सान्दर्भिक छ | वहा निस्वार्थ भावना लिएर आफ्नो ठाउँमा काम गरिरहनु भयो | कहिल्येई पनि कुर्सिको निम्ति नलाग्ने डि.बि.किराँती ज्यू लाई चोमोलोंगमा प्रतिस्थान नेपालद्वारा सम्मानित हुनु भएकोमा वहालाई हार्दिक बधाई छ | रास्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकार छेत्रलाई समेट्नु हुने सोलु अनलाइन् डटकम लाई जिल्लावासीको हैसियतले सात समुन्द्र पारीबाट हार्दिक बधाई दिन चाहन्छु | अगामी दिनहरुमा पनि सोलु अनलाइन् डटकमको उत्तरोतर प्रगतिको कामना चाहन्छु | धन्यवाद
    मकर बहादुर राई तथा परिवार
    न्यु योर्क बाट

  3. Malai sarai man paryo yo online program,Malai ta thaha nai thiyena sathi bata add. payo ra herne gareko 6u,sathai soluko khabarlai on linema basda 1 najar nalagai ta chitta nai bujhdaina Dhannyabad 6 Deep and Bhupal ji lai
    Gyan Bahadur maagar
    South korea

  4. This guy goes around the country looking for better living and his own selfdefense, Some time bandar, Some time Nunthala, Some time Khari khola, and now Phakding, in anyway he is trying to feed his children and wife and going after money doing so many dif jobs such as chasing horse, Jopkey, and some time painting garbage arts.We fell sorry for him and Soluonline posting this kind of low profile persons article and interview on pubic site. it is shame here to read a thread about DB Kirant, come one do or write some better so we web visitore may enjoy little more going throgh this web page. What you mean by Sahityakar and rajnitikar ??? have he ever worked or contrinuted his life to public?? please wake up Soluonline…

      • This guy goes around the country looking for better living and his own selfdefense, Some time bandar, Some time Nunthala, Some time Khari khola, and now Phakding, in anyway he is trying to feed his children and wife and going after money doing so many dif jobs such as chasing horse, Jopkey, and some time painting garbage arts.We fell sorry for him and Soluonline posting this kind of low profile persons article and interview on pubic site. it is shame here to read a thread about DB Kirant, come one do or write some better so we web visitore may enjoy little more going throgh this web page. What you mean by Sahityakar and rajnitikar ??? have he ever worked or contrinuted his life to public?? Please wake up Soluonline…

        When I read your article. I have felt you are child. Who is surviving without doing anything? May be you don’t have idea to do that job. You have to be proud for his job. He is standing on his foot may be you are depending on your dad mom or some one sponsoring for your food. If you can do some thing good do your self try to come in solu online same as D.B. If you can’t don’t go against of any one.
        I mean don’t jealous. Do good feel better to be good person

  5. Hello Adyacha Makar ji,
    What you mean he never try or expected for KURSI??? tell me who is going to give him KURSI or vote??? Kursi ra Vote pauna lai ta man pani hunu paryo ni Haina ra, Sign board ra chitra kardaima kursi paune baye kina hami sabai le kursi napaune ?? Kursi haina Lukla ma bedeshi chai usko Goda le pakka pauchha, ek dui acchar lekhdaima sahitykar hune ho bane aba Nepal ma sansar kai sabai banda badi sahitykar hunthyo hola, Tapai Nepal ma pani parko chha USA Chhata chaahi na-odhnus hai,……….baru yeso Jubing tira gayera rajniti garda ramro huntyo ki, Mao sanga darawnu pardaina hai,,,

  6. DAI DB…..

    कहिल्येई पनि कुर्सिको निम्ति नलाग्ने डि.बि.किराँती ज्यू लाई चोमोलोंगमा प्रतिस्थान नेपालद्वारा सम्मानित हुनु भएकोमा वहालाई हार्दिक बधाई छ |

    Raju Tamang

  7. कहिल्येई पनि कुर्सिको निम्ति नलाग्ने डि.बि.किराँती ज्यू लाई चोमोलोंगमा प्रतिस्थान नेपालद्वारा सम्मानित हुनु भएकोमा वहालाई हार्दिक बधाई छ |

  8. डि बी कमरेडको अन्तरबार्ता पढेर मैले मेरो बाल्यकाल सम्झे उहा राजनितीमा सकि्रय रहेका बेला गरेको भाषण सम्झे मेरो बाल मष्तिष्कमा उहा सृजनात्मक हुनुहन्छ भन्ने परेको छाप आज अन्तवार्ता पढ्दा नविकरण भयो मैले राजनितिको र नबुझेका बेला उहालको भाषण सुन्न जुनसुकै मुल्य चुकाउन तयार थिए म । आज सोलुबाट टाढा रहेपनि पुन उहाको काखमा बसेको सम्झना सोलु अनलाइनले गरायो । उहाको सकृयता सोलुखुम्बुको राजनितिलाई छ । उहाको इमान्दारीताबाट सोलुको राजनितीले केही पाठ नसिकेसम्म उहाले सोलुखुम्बुमा राजनिति गरीरहनु पर्छ चाहे जुनसुकै पार्टीबाट किन नहोस । म पुरा बिश्वस्त छु म लाई डिबी किरातीले देखेपनि चिन्दैन तर म उहाको सफलता शुभकामना दिन चाहान्छु र सोलु अनलाइन लाई पनि प्रगतीको कामना ।

  9. डीबी किराँती एउटा सदरण व्यक्ति हो बन्ने कुरा हामी सबैले बुज्नु पर्छा ,उसले अहिले सम्म एउटा पनि सिन्का बचेको छैन/ जे होस् मैले सच्चाई बन्नु पर्दा मा खासै उसको गुण गाउने व्यक्ति बुल नगर्न अनुरोद गर्दछु.लाठो देशमा गादो तन्नेरी ह्हहहः

  10. DB is a sick man, He is just a Bariya in Khumbu KHola , I think nobody knows who is he, so solu online please dont publish such a crappy interview,Thanks

  11. dv Dai I know you very well. When I was in salleri. you & your wife is very good literature .we are hoping you are not going to be bale. I am still standing as nepali congrees he was the worse night mare political leader for solu. please Dai be in public side not political it will make you nicer then politician . I have a request for you “can sagrmatha royalty use only for sagarmatha unchal because as a state the law should allowed it. we Think it is not fare for sagarmatha unchal.

    Thanks

  12. Tasedelek, Namaste- soluonline pariwar lai. je vaniyo shahi vaniyo- DB. ji le, Nepali ko bhavishya ma pani dhekhdina. bye (Now- Nazareth, Israel)

  13. comred d b dai lakha time salam hami jasto yuwa lai prerena dine kam garnui vayoko thiyo .tara hami le tapai ko jasto tyag garna sakiyan yasha ma sorry thanks for solu online patrika & chomolongma prathistan

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s