“अमर कथा” नाटक


लेखक-निर्देशक/टंक ‘विकल्प

(सगरमाथा बिजयी प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाको स्मृति कथामा आधारित नाटक) – लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । प्रभाती चराहरूको चिरविर ताना र लामो स्मृति धुन गुञ्जिरहन्छ । लाक्पा सोनाम सगरमाथा क्षितिजबाट ताराहरू बिलाउँदै गएको हेर्छ र एक्लै बर्बराउँछ ।

लाक्पा सोनाम – आज पनि झरेन त्यो तारा । प्रत्येक बिहान धेरै ताराहरू झरेर गए जस्तै त्यो पनि सगरमाथाकै बाटो गरेर यहाँ चौरीखर्कसम्म आइपुग्छ कि ठान्छु, तर झर्दै झरेन, आज पनि झरेन (भाव बदलेर) सगरमाथा ! तिमी मुस्कुराउन थाल्यौ फेरि ? तिमी मुस्कुराएको देख्दा यो मुटु घायल हुन्छ बुझ्यौँ ? ईर्ष्या लागेर आउँछ तिमी प्रति । म पनि त मुस्कुराउँथे सानैदेखि उनी पनि मुस्कुराउँथिन तिमीलाई हेरेर । त्यही अपूर्व खुसी थियो मेरो । तर आज मेरो खुसी … ? मेरो खुसी त त्यही आलोप भएको छ, चिसिएको छ, मेरो आनन्द तिम्रा हिउँका थाकहरूमा पुरिएर (फेरि भाव बदलेर) अलिकति पनि दुःख लागेको छैन है तिमीलाई ? मेरो पीडामा मर्माहत हुने मुटु छैन है तिम्रो ? मेरा यी कारुणिक स्वरहरूले तिमीलाई कत्ति प्रभाव पदैन हगि ? सायद तिमी यस घर्तीको सर्वोच्व भएर होला, ल ! भैगो, ठीकै छ, तर म तिमीलाई प्रश्न गर्छु सगरमाथा, तिम्रो उचाई र सौन्दर्यले किन मेरी पासाङलाई लुकाए ? किन सगरमाथा, किन ? (स्वर प्रतिध्वनित हुन्छ, मधुर घुनसँगै कसैको आहट टक् टक् टक् आवाजका साथ सुनिन्छ, निमाको आगमन हुन्छ)

लाक्पा सोनाम – को निमा हो ?

निमा – हो, लाक्पा सोनाम, के आज पनि तिमी एकहोरो सगरमाथा तर्फ फर्किएर एक्लै बर्बराइरहेछौं ? तिमीले अब यसो गर्नु छोड्नु पर्छ लाक्पा सोनाम । यो ब्यर्थ छ, निर्जीवको अगाडि आँसु पोख्नु, केवल आङ्खनै परेला भिजाउनु मात्र हो, आखिर तिमी किन बुझ्दैनौ र देखाइरहेछौं यो ढिठपना ?

लाक्पा सो. – किन कि पासाङको स्मृति र इतिहासलाई जीवन्त राख्न हो निमा ।

निमा – (हास्दै) यो तिम्रो के पागलपन हो लाक्पा सोनाम ? सगरमाथालाई गाली गरेर कसरी पासाङको इतिहास अमर बन्छ भन त ? सगरमाथा त गौरव हो देशको अनि विश्वकै ।

लाक्पा सो. – निमा, यो गाली होइन, यो प्रेम हो, म अब सगरमाथालाई पनि छुट्टै प्रेम गर्न लागेको छु ।

निमा – सगरमाथा तिम्रो मात्र हो र तिमी मात्र प्रेम गछौं त्यसलाई ?

लाक्पा सो. – हो, म जान्दछु, सगरमाथा मेरो मात्र होइन, हामी सारा नेपालीहरूको मान र सान हो । त्यस अर्थमा म सगरमाथा प्रति म श्रद्धाले शिर झुकाउँछु तर म दिनप्रतिदिन मोहित हुँदै पनि गएको छु सगरमाथाप्रति । पग्लदै गएको छु म पनि उसकै हिउँ जस्तै ।

निमा – आखिर हामी सबैत सगरमाथालाई सम्मान गछौं फेरि तिमी मात्र किन ?

लाक्पा सो. – किन कि म त्यही सगरमाथाको सिङ्गो रूपमा मेरी पासाङको प्रतिविम्व देखिरहेछु । (भाव परिवर्तन) हिमाल मुस्कुराएको देख्दा पासाङ मुस्कुराए झैं देख्छु, हिउँ पग्लदा पनि उनै द्रविभूत भएको देख्छु ।

निमा – ठीकै हो, बाँच्नेहरू, मर्नेहरूकै स्मृति चिन्हहरूमा त बाँच्छन्, रून्छन्, हाँस्छन् होइन र ?

लाक्पा सो. – नभन उनी मरेकी छन् भनेर । उनी मरेकी छैनन् मात्र ठाउँ सरेकी छन् हो, त्यहाँबाट उनी हाँस्छिन्, वसन्तको फूल झैं, रातमा फूल्ने कुमुद र दिनमा फूल्ने कमल झैं तर यहाँ म तड्पदैछु पानी बेगरको माछा झैं । पासाङ  त्यहाँ झन् झन् सुन्दर बन्दै अग्लिदैछन् तर म साउनको भेलले हानेको नदी किनार झैं भत्कदैछु दिनप्रतिदिन क्षतविक्षत भएर ।

निमा – यो तिम्रो भावना मात्र हो लाक्पा, अब पासाङ तिमी मात्र नभएर प्रत्येक हिमाल आरोहीहरूकी बिजयकी प्रसाद हुन् उनी । अझ उनी नेपाल आमाकी अमर पुत्री हुन् । त्यसैले अब तिमी उनलाई तिम्रो निजी छातीभित्र कैद गर्ने कोसिस नगर । तिम्रा निजी आँखाहरूमा मात्र सपना बनाएर अल्झाउने प्रयत्न नगर, उनी नितान्त तिम्रा सपनाहरूको धरातल भन्दा माथि, धेरै माथि आशमान छोएकी यर्थाथ हुन् ।

लाक्पा सो. – सायद तिमी ठीक भन्दैछौं निमा, त्यसैले उनी सबैको साझा आफन्तता बोकेर सर्वोच्व भू-खण्डमा प्रतिविम्वित भएकी होलिन् । (भाव वदलेर) तिमीलाई थाहा छ निमा ? के तिमीलाई थाहा छ ?

निमा – कुन, कुरा भन न सायद मलाई ………

लाक्पा सो. – हो सायद तिमीलाई थाहा छैन । पासाङले जुनदिन यो आँगनमा पाइला राखिन, हो त्यही दिन देखि यही आँगनको डिलमा बसेर उनी साँझ र बिहानका हिमालका दृश्यहरू नियाल्न थालिन् । जब सगरमाथा बादलले छोपेर अँध्यारिदैं जान्थ्यो, उनको दीप्त मुहार पनि क्रमशः अँध्यारिदैं जान्थ्यो  तर जब सगरमाथा उघ्रँदै जान्थ्यो तब उनी पनि मन्द मुस्कान सहित उज्यालिँदै जान्थिन । जब हिँउका लप्काहरू हिमालमा थुप्रिंदै जान्थे तब पासाङ उत्साहले त्यसै त्यसै पुलकित हुन्थिन् । जब हिँउ पग्लिएर नागबेली परेर बग्न थाल्थ्यो तब उनका आँखाहरू पनि बग्न थाल्थे हिमनदीसँगै । म पनि सामुन्नेमा नै बसेर उनका उकहोरो हिमाल मोहले लट्ठिएका आँखाहरूलाई नियाली रहन्थे, उनको अनुहारमा उतारचढाव गरिरहेका आशा र निराशाका रेखा चित्रहरूलाई ।

निमा – सायद त्यो उनको सपना थियो होला, एउटा मृदु सपना, अन्तरचेतनाबाट उब्जिएर आँखाबाट फुत्किएको सपना ।

लाक्पा सो. – होला सायद, तर त्यो सपनाभन्दा अलि वर नै म उसको लोग्ने, पटक–पटक काखमा राखिदिएका सन्ततिहरू र अरु आफन्तहरू पनि थिए तर ती सबैसँग भन्दा झुकावले लट्ठिएकी थिई ऊ हिमाल प्रति ।

निमा – तिमी ईर्ष्याले जल्थ्यौ होला होइन उनको हिमाल मोह प्रति आङ्खनी पत्नी अर्को कुनै कामुख पुरुषप्रति आकर्षित भएको झैं ठानेर ।

लाक्पा सो. – हो निमा हो वास्तवमा म क्रमशः ईर्ष्याले जल्दै गएँ उनीप्रति, दिनप्रतिदिन उनीप्रतिको मेरो धैर्य चर्कन थाल्यो र एक बिहान मेरो धैर्यको बाँध टुट्यो अनि ईर्ष्या पोखियो उनीप्रति यसरी छताछुल्ल भएर ।

(चौरीको बाछाबाछीहरू कराएको भेडा च्याङ्ग्रा कराएको र केटाकेटी रुएको आवाज)

लाक्पा सो. – (आवेशमा) पासाङ के ताल हो यो तिम्रो घण्टौं भैसक्यो एकहोरिएको पनि । उता टाट्नामा चौरीबाछाहरू ड्याँ ड्याँ कराइरहेछन् । यता नानीहरू भोकले आलस तालस छन् । भेडाच्याङ्ग्राहरू पनि कुन हालतमा होलान् । मलाई भने ऊन लिएर नुन साट्न जान अबेर भैसक्यो । के यी सबसँग तिमीलाई कुनै  सरोकार छैन ?

पासाङ् – (धैर्यसाथ) अहो लाक्पा सोनाम, टाट्नाका चौरीबाछाहरू, भेडाच्याङ्ग्राहरू र अबोध नानीहरू त नबुझेर चिच्याइरहेछन् रोइकराई गरिरहेछन् तर तिमी त बुझ्छौ नि ? म अहिले हिमालको प्रभातकालिन सौन्दर्य नियालिरहेछु । यो क्षणिक हुन्छ, यसले पर्खदै फेरि तिमी त पर्खन सक्छौ नि ।

लाक्पा सो. – सधैं हेरेकै कुरा त हो त्यो । एकदिन होइन, दुइ दिन होइन, बर्षौ वितिसक्यो । तिमीले यो आँगन टेकेदेखि हेरिरहेकी त छ्यौं । अब त कहिले काही यो सयम घर गृहस्थीलाई पनि देउन ।

पासाङ् – सधैं हेरेको दृश्य सधैंकै हो, तर आजको होइन, फेरि आजको दृश्य आजै हेर्नुपर्छ, भोलि आजको दृश्य हेर्न सकिन्न । फेरि मैले यो आँगन टेकेर मात्र त्यो दृश्य हेरेको होइन, बाल्यकाल देखि नै मभित्रको तृष्णा त्यही दृश्य हेरेर मात्र शान्त हुने गर्छ । जहाँसम्म घर गृहस्थीको कुरा छ, त्यो त अघिपछि पनि हेर्न सकिन्छ, भएन तिमी पनि हेर्न सक्छौं तर अहिले म हिमालमा जे देखिरहेछु, त्यो तिमी देख्न सक्दैनौं । त्यसैले कृपया मलाई एकछिन, सयम देउन ल ?

लाक्पा सो. – के–के तिम्रो सर्वस्व नै त्यही हिमाल हो ? तिमी हिमाल बेगर बाँच्न सक्दिनौं ?

पासाङ् – (अलि जोसमा) होइन लाक्पा होइन, मेरो सर्वस्व त तिमी हौ, छोराछोरीहरू हुन्, यो घर हो तर …. तर खै किन हो त्यो हिमाल प्रति मेरो अगाघ मोह जागेको छ । जब म हिमाललाई हेर्छु, लाग्छ हिमाल मलाई नै हेरिरहेछ, तब अरु सबथोक बिर्सन्छु र सम्झन्छु केवल हिमाल ।

लाक्पा  सो. – यसको अर्थ तिम्रो गाढा सम्बन्ध सगरमाथासँग छ र तिमी सागरमाथिको मात्र हौ ।

पासाङ् – होइन, सगरमाथासँग मेरो भावनात्मक सम्बन्ध छ त्यसैले म मात्र सगरमाथाकी होइन, तिम्री स्नेही अर्धाङ्गिनी हुँ, नानीहरूकी ममतामयी आमा पनि हुँ, तर अब मलाई पाखै रङ्गाउने गुराँस, नोरङ्गी डाँफे र मुनाल पाखाभित्तामा सुवास ङ्खयाँकी हिड्ने कस्तुरी लगायत, लेकबेसी, पहाड, तराई, उपत्यका अझभन्दा सिङ्गै नेपालकी हुन मन लागेको छ । त्यति मात्र होइन विश्वकै  हुन मन लागेको छ । (भाव वदलेर) आहा !  हेर न लाक्पा, त्यो सगरमाथाको कञ्चन हिउँमाथि तिम्री यो पासाङ् पाइतालाका डोवहरू पार्न अत्यन्त लालायित छे । हा… यो कस्तो तिर्सना हो म भन्नै सक्दिन प्राणनाथ । (केही छिन् मौनता छाउँछे, धुन तरङगित हुन्छ र वर्तमान अवस्थाको सङ्केत गर्छ)

निमा – किन रोकियौं लाक्पा, अनि त्यसपछि के भयो ?

लाक्पा सो. – त्यसपछि मैले उसलाई केही भन्नै सकिन् । उसको आँखामा एउटा अनन्त सपना पाउँ मैले । उसको मनभित्र ऊ जत्रै भएर एउटा तृष्णा हुर्किएको रहेछ, हिमाल आरोहण गर्ने, एउटा अनन्त तृष्णा, मृगतृष्णा झैं ।

निमा – तिमीले पासाङको त्यो अनन्त तृष्णालाई मृगतृष्णा नै ठान्यौं क्यारे, तर त्यो उनको अदम्य साहस थियो, दृढ अठोट थियो त्यो, सम्भावित बिजयको नसा थियो त्यो होइन र ?

लाक्पा सो. – हो, तर मैले त्यसलाई मृगतृष्णा ठानिन । बरू त्यसलाई शान्त गराउने उपायहरू तिर लागे । सम्पूर्ण घरको जिम्मेवारी आफै लिएर उनलाई पर्वतारोहण सम्बन्धी तालिमका निम्ति फ्रान्ससम्म पुर्‍याए । ट्रेकिङ व्यवसाय खोलेर राजधानी मै राखिदिएँ । परिमाण स्वरुप उनी एउटी सक्षम आरोही बन्न सकिन् ।

निमा – त्यो त तिम्रो महानता हो, तिमीले राम्रो गर्यौ, तब त सगरमाथा बिजय गर्ने नेपाली महिलामा उनको नाम इतिहासमा सुनौला अक्षरले लेखियो ।

लाक्पा सो. – खै राम्रो गरे कि नराम्रो भनुँ ?

निमा – किन र ?

लाक्पा सो. – राम्रो गरे भनुँ भने त्यसैको परिणाम भोगिरहेछु म आज नराम्रो भनुँ भने उनको नाम स्वर्णाक्षरमा लिपिबद्ध छ इतिहासमा ।

निमा – लाक्पा सोनाम, पासाङलाई तिमी, तिम्रो व्यक्तिगत नामसँग मात्र नजोड न, नी त सिङ्गो राष्ट्रको इतिहासमा अङ्कित नायिका भैसकिन, अझ राष्ट्रको मात्र नभई सिङ्गो विश्वकै आफन्त भैसकिन ।

लाक्पा सो. – निमा, ऊ मेरी अर्धाङ्गिनी पनि त हो, नानीहरूकी आमा पनि त हो, यो शेर्पा परिवारकी शेर्पेनी पनि त हो । यो सब म कसरी भुल्न सक्छु निमा कसरी ?

निमा – शान्त होऊ लाक्पा सोनाम, शान्त होऊ । कुनै पनि सार्वजनिक मह्त्वको कार्यमा संलग्न भएर सिद्धि प्राप्त नहोइञ्जेलसम्म मात्र व्यक्ति, व्यक्ति रहन्छ र उसका नितान्त निजी कुराहरू व्यक्तिगत हुन्छन् । समाज औ राष्टङका थोरै प्रतिशत मान्छेहरूको जीवन व्यक्तिगत धरातलबाट माथि उठेर सार्वजनिक भएको हुन्छ । उनीहरूले आङ्खना इच्छा औ आकांक्षाहरू त्यागेर सर्वहिताय कार्यमा आफूलाई समर्पण गरेका हुन्छन् । उनीहरू समाजका ज्वालन्त दृष्टान्त बनेका हुन्छन् । त्यही क्रममा पासाङ्को पनि नामाङ्कित भएको छ अब । यसलाई तिमीले मात्र नभइ तमाम नेपालीहरूले गौरव ठान्नु पर्छ बुझ्यौ?

लाक्पा सो. – त्यो त म बु¤छु तर उनले त्यो सिद्धि प्राप्त गर्नलाई जति जोखिमता उठाइन् नि त्यो सम्झदा मात्र पनि कहाली लाग्छ ।

निमा – त्यो त साहसीहरूले कष्टकर रूपमा उठाएका कदमहरूमै सफलताले चुमेको हुन्छ । बरू भनन् पासाङको सगरमाथा बिजयताका कस्तो कहालि लाग्दो घटना घट्यो ?

लाक्पा सो. – अहो † निमा, यो सम्झदै पनि कष्टकर छ, भन्न झन् कष्टकर छ, तैपनि तिमी धैर्यसाथ सुन्न सक्छौ भने सुन । (भाव वदलेर)

जब पासाङ प्रथम, द्वितिय र तृतीय पटकसम्म पनि सगरमाथा आरोहणमा असफल भइन् तब उनलाई हामी घरकाहरूले त्य आकाङ्क्षालाई त्याग्न अनुरोध गर्यौं तर उनको त्यो दृढभावी मन कदमहरू पनि पछि हट्न मान्दैम मानेनन् तसर्थ उनको चौथो पटकको सगरमाथा आरोहण यात्रा यसरी शुभारम्भ भयो ।

पासाङ – सोनाम छिरिङ अब हामी सगरमाथा आरोहणको यात्रा शुरु गरौ हैन त ?

सोमाम छि. – गरौं, गरौं, नत्र अबेर हुन्छ, लौ भरियाहरू आ–आङ्खनो भारी बोकेर बाटो लाग त । (भरियाहरूले भारी बोकेर हिंडेको आवाज) हामी पनि हिड्दै कुरा गरौं ।

लाक्पा सो. – एइ  केही सामान त छुटेन् ? औषधी, अदुवा, नुनखोर्सानीहरू छुट्ला है नत्र भरे हिँउ लाग्छ ।

सोनमा छि. – छ, छ, सब चिज बोकेको छ । (हिँडको आवाज)

पासाङ – आहा † हेर त सोनाम, आज मौसम पनि सफा छ, सगरमाथाले आज भने हामीलाई अत्यन्तै मनमोहक तरिकाले आव्हान गरिरहेछ ।

लाक्पा सो. – अहिले फुर्कंदै गरन भरे हिँउले कठ्याङ्ग्रिदा थाहा हुन्छ ।

पासाङ ः त्यो त विश्वकै छानाको रूपका रहेको सगरमाथाको गौरवशाली छाती र शिरमा जमेको पवित्र हिँउमा कुल्चनु त्यति सहज त कहाँ छ र तैपनि किन हो आज म सधैभन्दा ज्यादै नै उत्साही छु, आतुर छ यो मन नेपाली महिलाहरूका हातहरूले नेपालको झण्डा त्यो सवौच्च टाँकुरामा फरफराउन ।

सोनाम छि. – (हाँस्दै) को नि है को नि, फेरि अस्ति–अस्तिको जस्तो बाटैबाट फर्किनु परेर अधुरो आरोहण हुने हो कि ?

पासाङ – अहँ, यसपटक त बिजय अवश्य मेरो हातमा छ किन कि यो आरोहण दलकी नाइके हुँ र पाँच–पाँच पटकसम्म सगरमाथा आरोहण गरेका हिमसरदारको साथ पाएकी छु मैले । अँ लाक्पा तिमी के भन्छौं ।

लाक्पा से. – मतलव ….. ?

पासाङ – मेरो मतलब यो हो कि तिमी र म दुबै एक अर्काका सहयोगी भएर आरोहण गर्दा कथम्कदाचित भवितब्य पर्‍यो भने घर र नानीहरूको बिजोग हुन्छ ।

लाक्पा सो. – ठीक भन्यौ तिमीले, तिमी अनुभवी सोनामको साथमा आरोहण गर । तिमीलाई सजिलो पनि हुनेछ उनको अनुभवले म भने अन्य व्यवस्था मिलाई दिन्छु । तिम्रा उत्साही पाइलाहरूले चुचुरोमा टेक्नका निम्ति म भरमग्दुर उत्साहको उर्जा थपिरहन्छु ।

पासाङ – लाक्पा सोनाम तिमी कति महान छौ, तिम्रा यिनै महान भावनाहरूसँगै म पाइला कति महान छौ, तिम्रा यिनै महान भावनाहरूसँगै म पाइला पाइलामा सफलता टेक्ने छु ।

सोनाम छि. – लौ कुरा गर्दा गर्दै प्रथम आधार शिविर पनि आइपुग्यो अब यहाँ सबै कुराको बन्दोबस्त मिलाऔं । (भारी बिसाएर बसेको आवाज) लौ अब हामी आरोहीहरू मात्र उकालो लाग्छौं आरोहणका सामग्रीहरू झिक त ।

पासाङ – खै मेरा सामग्रीहरू यता देऊ । अँ, यो क्याम्प्रोस् भयो यो गोरटेक्स भयो, अब आइसयक्स र डोरी पनि देऊ । म एकैछिन्मा तयार पारिहाल्छु हैं । (लुगाहरू लगाएको स¥याक सुरुकको आवाज)

सोनाम छि. – औाषधीहरू, नुन, खुर्सानी र अदुवा मैले बोकेको छु । मलाई त यस्तै हो, पासाङलाई लेक लाग्न सक्छ ।

पासाङ – लौ त अब आरम्भ गरौं । आज सगरमाथाले चाँडै नै बोलाएको छ मलाई ।

लाक्पा सो. – एइ अक्सिजन पर्‍यो के छ ? मूल कुरा चै छुट्यो भने …….

पासाङ – ए लौ लौ, अक्सिजन बेगर त दोस्रो आधार शिविर देखि नै आपत पर्छ ।

सोनाम छि. – लौ अब चढौं हिँउका ढिस्काहरूमा ।

पासाङ – यसपटक त सफलता हात पारेर मात्र फर्कन्छु म । (धेरैजना हिँउमा झ्याप – झ्याप हिडेको आवाज आउँछ केहिछिन् पछि स्याँ–स्याँका आवाज आउँछ)

सोनाम छि. – (स्याँ स्याँ गर्दै)  पासाङ अब हामीले सबभन्दा माथिल्लो आधार शिविर पनि छाडिसक्यौं । यहाँबाट त अब धेरै छैन चुचुरोमा पुग्नलाई ।

पासाङ – तर अक्सिजन चाहिँ अलि बढी नै प्रयोग पर्ला जस्तो छ मलाई । अँ अघि खाएको डल्ले खुर्सानी र नुन अनि औषधीले निकै काम गर्‍यो नत्र त लेक लागेर म त झण्डै लट्ठिएँ ।

सोनाम छि. – हामी शेर्पाहरू जस्तो खुर्सानी पचाउन सक्दैनौ तिमीहरू त्यसैले औषधी नै बढी प्रयोग गर्नु पर्छ तिमीले । अझै यहाँ देखि माथि धेरै नै चाहिन्छ औषधी र अक्सिजन पनि (दुवैले आइसएक्स हिँउमा हानेको आवाज)

पासाङ – ला, सोनाम मेरो आइसएक्स गाडिएन हिँउमा ।

सोनाम छि. – पख है, नआत्तियौं, म पहिले माथि जान्छु र तिमीलाई तान्छु । अ… अ…, ल….ल तिमी यो डोरी समात अनि आऊ । आऊ–आऊ । हो ।

पासाङ – अ, अ, अँ… आ ऽऽऽ…..। (स्याँ स्याँ गर्दै) यही कटिलो ठाउँ हो पैले मैले पार गर्न नसकेको । अब यहाँ देखि माथि कस्तो छ सोनाम ?

सोनामा छि. – चुचुरोमा पुग्न त कठिन नै हुन्छ नि तैपनि यो विकट उक्लि सकेपछि आरोहण सफल भयो भन्ने ठाने हुन्छ ।

पासाङ – हो…..?  त्यसो भए त अब म सहजै पुग्छु है ? मन कति हलुङ्गो र चञ्चल भैरहेछ आज ।

सोनाम छि. – लौ बल गरौं अब फेरि । तिम्रो लाक्पाको सपना पनि पुरा हुन लाग्यो । तिमीलाई चुचुरोमा उकालेरै छाड्ने प्रतिज्ञा छ उसको पनि ।

पासाङ – (खुसी भावमा) मेरो लाक्पा सोनाम । (आइसएक्स हानेको र बल गरेर स्याँ स्याँ गर्दै उक्लिएको आवाज केही छिन् लगातार आइरहन्छ मन्द धुनसँगै)

सोनाम छि. – लौ अब अन्तिम जोड गर है, सगरमाथाको थाप्लोमा उक्लन अब एकै फड्को बाँकी छ, उक्ल, उक्ल उक्ल । हो

पासाङ – अ…अ…आ ऽऽऽ । बल्ल बल्ल उक्लिएँ । सगरमाथाको चुचुरोमा । मैले बिजय पाउँ, मैले बिजय पाएँ । अहिले कति बज्यो सोनाम ?

सोनाम छि. – अहिले दिनको ठीक २ बजेर १५ मिनेट गयो । यो तिम्रो सगरमाथा बिजय आरोहणको समय हो, यो रेकर्ड समय हो ।

पासाङ – (खुसी भावमा) म अब नेपालको राष्ट्रिय झण्डा गाडेर फहराउँछु  अँ (झण्डा गाडेको आवाज र झण्डा फर्फराएको आवाज) हेर त सोनाम हेर त झण्डा कस्तरी फहरायो ?

सोनाम छि. – यो तिम्रो बिजयको सन्देश बोकेर फहराएको हो ।

पासाङ – यो पासाङ ल्यामु शेर्पाको मात्र बिजयको सन्देश बोकेर फहराएको होइन सोनाम, सम्पूर्ण नेपाली नारीहरूको बिजयको र सन्देश बोकेर फहराएको हो किनकि यो बिजय मेरो मात्र नभई सारा नेपाली नारीहरूको हो । आज विश्वका नराी समाजमा नेपाली नारीहरू पनि जस्तोसुकै जोखिमपूर्ण कार्य सिद्धि गर्न सिद्धहस्त छन् भन्ने सन्देश फैलाउन फर्फराएको हो यो झण्डा । (भाव बदले) मेरो लाक्पा, सोनाम, मेरो दृढ चाहना पूर्ण भयो आज । मैले बाल्यकालदेखि आफूजत्रै बनाएको लक्ष पूर्ण भयो आज । घरपरिवारकाहरूको आग्रह समेतलाई अवज्ञा गरेर आउथे म, हो यही अमरत्व प्राप्त गर्न, यही इतिहास लेख्न ।

सोनाम छि. – तिमी साँच्चै साहसी छ्यौं भन्दैथ्यो तिम्रो लाक्पाले, वास्तवमा तिम्रो साहसले नेपालको इतिहासमा एउटा नौलो आयम थप्यो पासाङ । अब हेर, यो सगरमाथाको सवौच्च टाँकुरामा उभिएर चारैतिर हेर ।

पासाङ – अँ… पख है म घुमेर चारैतिर हेर्छु । (आ… अँ…)

सोनाम छि. – हे¥यौं ?

पासाङ – अँ हेरे ।

सोनाम छि. – के देख्यौ त ?

पासाङ – विश्व होचिंदै गएको अनि हामी र हाम्रो देश नेपाल अग्लिदै गएको देखें । चारैदिशामा क्षितिजहरू होचिंदै गएका र हामीले आकाश छोएको देखे ।

सोनाम छि. – यो नेपाली धर्तीबाट उठेको उचाइमा नेपाली मुटुहरूले नै पाएको आत्मिक बिजयको प्रभाव हो ।

पासाङ – यो बिजयको विजारोपण पनि हाम्रै पुर्खा तेञ्जिङ नोर्गेले गरेथे नि त ।

सोनाम छि. – त्यसैले हामी जन्मसिद्ध रूपमै यी हिम टाँकुराहरूसँग आत्मीय बन्यौं ।

पासाङ – र यो आत्मीयता पुस्तौं पुस्तासम्म सर्दै आएको छ र अनन्त पुस्तासम्म सर्दै जाओस् । मेरो सगरमाथा सफल आरोहण नेपाली नारीहरूलाई प्रेरणाको उर्जा बनोस् भन्ने कामनम गर्न चाहन्छु म यो सर्वोच्च भू–खण्डमा उभिएर । (हावा बेगले चलेको आवाज) हावा बढी नै चल्न थाल्यो तर मलाई भने अक्सिजन कम भएर होला निसास्सिए झैं भैरहेछ ।

सोनाम छि. – हो अक्सिजनको मात्र कम भएर नै त्यस्तो भएको हो । अब फर्कौं पनि हामीलाई अक्सिजनको अभाव हुन सक्छ । थप अक्सिजनको लागि तल खबर गर्नु पर्ला।

पासाङ – हुन्छ फर्कौं, फेरि गौरवमय खुसीयालीलाई घरपरिवार देखि सारा देश विदेशसम्म पु¥याउन ढिलो गर्नु पनि त हुन्न वहाँ लाक्पा सोनामा र नानीहरू उत्साहले अनि उमङ्गले मलाई स्वागतको अङगालो बाँध्न कति अधिर भैरहेका होलान् ।

सोनाम छि. – त्यही त झरौं अब ओरालो तिर ।

पासाङ – हुन्छ । अँ….। उँ….। उक्लन भन्दा पनि ओर्लन पो अझ जोखिमपूर्ण हुने रहेछ हो कि सोनाम ?

सोनाम छि. – हो त समय मात्र अलि कम लाग्ने हो ओर्लदा, अझ हिम आँधी आइदियो भने झन खतरा हुन्छ । (हावा वेगले चलेको आवाज)

पासाङ – यो हावा चलाइको सङ्केत त हिम आँधी नै आउला जस्तो छ है । (आधी छुन्छुनाएको आवाज) उ, आँधी छुन्छुनाएको हो सोनाम ?

सोनाम छि. – हो, अब हिम आँधी आउँछ । हिमका चाक्लाहरू भत्किएर झर्न थाल्छन् । हामीलाई झर्न गाह्रो हुन्छ होला ।

पासाङ – अहिले हामी त कत्ति पनि झरेको छैनौं होइन र ?

सोनाम छि. – हो हामी सय मिटर पनि झरेका छैनौं । अक्सिजन पनि सकिन लागे जस्तो छ, आँधी पनि आउन थाल्यो, मलाई सञ्चो नभएर गाह्रो पार्ला जस्तो छ पासाङ ।

पासाङ – एकाएक तिमीलाइ के भएर बिसञ्चो भयो सोनाम ?

सोनाम छि. – आ– आ– खै के भएको हो । म…. म तल पुग्न सक्तिन होला ।

पासाङ – तिमी हतोत्साही नहोऊ सोनाम, म सकेसम्म तिमीलाई सहयोग गर्नेछु । म तिम्रो साथ छोड्ने छैन ।

सोनाम छि. – (स्वाँ–स्वाँ गर्दै) पासाङ, पासाङ मलाई अडिन गाह्रो भैरहेछ, अब….अब मलाई तिमी कुरेर नबस, तिमी चाँडै झर तल, तिम्रा निम्ति स्वागत र बधाईका तालीहरू प्रतिक्षामा छन् । जाऊ पासाङ जाऊ (आँधी छुन्छुनाएको आवाज) आँधी झन बेगले छुन्छुनाउँदैछ ।

पासाङ – नाइँ सोनाम नाइँ, तिम्रो यो अवस्थामा म एक्लै छोडेर जान सक्दिन ।

सोनाम छि. – आ….आ…आ… पासाङ…….

पासाङ – धैर्य गर सोनाम धैर्य गर ।

सोनाम छि. – आ…. अब धैर्यले थेग्नेवाला छैन पासाङ । आ–आ हामीले टेकेको हिउँको आड पनि चर्कदैछ, माथिबाट आँधी

पासाङ – (आत्तिदै) आ…….. सोनाम माथिबाट हिँउको ठूलो चाक्ला आँधीले ढुन्मुन्याउँदै हामीतिर झादैछ । सोनाम …… ।

सोनाम छि. – पासाङ आ……..आ मेरो शरीर अडिएन अब आ……..आ मेरो कारणले तिमी पनि …… । आ……आ ।

पासाङ – मेरो लाक्पा, मेरो छोरा छोरी …….मेरो ……….. । (हिम आँधीले हिम पैरो गएको आवाज आउँछ) दुवै एकै पटक चिच्याउँछन् ।

दुवै हे ईश्वर ऽऽ …………ऽऽ………….ऽऽ……..।

(स्मृति कथा टुङ्गिन्छ । पुनः लाक्पा, सोनाम छिरिङ, निमासँग भन्न थाल्छ)

लाक्पा सो. – हा……….। त्यसरी मेरी पासाङ र हिमसरदार सोनाम छिरिङ हिँउको पहिरो मुनि पुरिएर । पासाङले सगरमाथा बिजयको खुसी परिवारमा समेत बाँड्न पाइनन् । साँच्चै भन्दा उनको सफल आरोहणका खुसीको धक फुकाएर हाँस्न नपाई, त्यो खुसी आँसुमा परिणत हुन पुग्यो र त्यो क्षण हामी सबैको हाँसो र आँसुको क्षण बन्न पुग्यो ।

निमा – त्यसो त धेरै मान्छेले लामो जीवनभरि पनि गर्न नसक्ने काम उनले त्यो छोटो जीवनमा नै सम्पन्न गरिन् । सायद उनी त्यही कठिन र साहसिक कार्य गर्नकै लागि तिम्रो जीवन साथी भएर आएकी थिइन् क्यारे ।

 

लाक्पा सो. – होला हुन त तर जानेले बिर्सदा रहेछ, रहनेले मात्र दिनरात उसकै स्मृतिमा आँसुका छुट्का पिउँदै जिउनु पर्दो रहेछ ।

निमा – तर लाक्पा, सोनाम मलाई लाग्छ पासाङ कसैलाई छोडेर कही गएकी छैनन् बरु सबैका निम्ति जताततै पासाङ नै पासाङ भएर बाँचेकी छन् ।

लाक्पा सो. – निमा…….?

निमा – हो लाक्पा, उनी सुप्रदीप्त मान्यवर नेपाल तारा प्रथम भएर चम्किएकी छन् एकातिर भने, अर्कोतिर हुलाक टिकटमा अंकित छन् र सर्वत्र छन् । त्रिशुली–धुन्चे राजमार्ग र जासम्बा हिमालमा रुपान्तरित भएर पासाङ रमाएर हाँसेकी छन् । त्यतिमात्र होइन पासाङ ल्हामु प्रज्ञा पुरस्कार स्थापनाले प्रत्येक स्रष्टाका कलममा अब उनी सल्बलाउने छिन र रमाउनेछिन् पाठकहरूका मनमस्तिष्कमा खेल्दै । त्यस्तै राष्ट्रिय वीउविजन विकास समितिले पासाङ जातको गहुँ तयार पार्नुले अब प्रत्येक किसानका खेतबारीमा पासाङ लहलहाउनेछिन् । त्यस्तै उनी ओमवीरसिंह वस्नेत र रोहिणी विलास लुइँटेल लगायतका थुप्रै काव्यकारका काव्यहरूमा शब्द चित्र भएर छापिएकी छन् । त्यसैले अब पासाङ तिम्री जहान मात्र नभई राष्ट्रकै एक उज्वल तारा भएर उदाएकी छन् नेपाली आकाशमा ।

लाक्पा सो. – त्यसैले त निमा, प्रत्येक साँझ म ताराहरू उदाए पछि यही आएर बस्छु । उदाएका मध्ये ठूलो तारालाई मेरप् पासाङ ठान्छु र घण्टौसम्म, कहिले त भररात नियाली रहन्छु । म उनीसँगै एक्लै के के कुरा गरिरहन्छु, हाँस्छु, मुस्कुराउँछु अनि यी मातृस्नेहबाट बञ्चित छोराछोरीहरूलाई एक्लै अङ्गालो हालेर रुन्छु पनि तर ……….।

निमा – के तर ………. ?

लाक्पा सो. – तर उनी केवल एक टकले हेरिरहन्छिन् । प्रतिक्रिया विहिन हेराइ, समवेदना विहिन हेराइ मात्र हेरिरहन्छिन ।

निमा – महान मान्छेहरू त्यस्तै धैर्य हुन्छन् बुझ्यौं ? उनीहरूले सुख–दुःख, हाँसो–आँसुलाई मनको एउटै बगैचामा फुलाएका हुन्छन्, कोमल फूल झैं सुम्सुम्याएका हुन्छन् ।

लाक्पा सो. – सायद तिमी ठिक भन्छौं, महान मान्छेहरू नै धैर्य हुन्छन् र धैर्यको अर्को नाम निष्ठुर पनि हुनुपर्छ ।

निमा – किन र ?

लाक्पा सो. – यसकारण कि म प्रत्येक मिर्मिरे बिहानमा यहीँ बसेर ताराहरू झरेर गएको हेर्ने गर्छु । सायद ती ताराहरू म जस्तै एक्लो पीडाले छट्पटाएकाहरूको हृदयचोटमा मलम, पट्टी गर्न जान्छन् होला तर पासाङरूपी तारा झरेर आइन । आज पनि त्यही आशाले बसेथे कतै ऊ सगरमाथामा झरेर त्यही गोरेटो हुँदै यहाँ चौरीखर्कसम्म आइपुग्छे कि भनेर तर…….. ।

निमा – त्यो तिम्रो भावना मात्र हो लाक्पा, तिमी अब यर्थाथमा फर्क । उ हेर माथि सगरमाथामा सूर्यको किरणहरूले स्पर्श गरेपछि पासाङ मुस्कुराउन थालिन् । उनी सगरमाथा झैं अटल, अजर र अमर भएर त्यहीबाट हेरिरहने छिन् । तिमीलाई, हामीलाई, यो देशलाई अनि विश्वलाई । अनि युगयुग सम्म हुनेछ उनको यो अमर कथा । एउटा अमर हाँसो सहित । (एउटा स्त्री सुलभ हाँसो, उन्मुक्त हाँसो गुञ्जन्छ)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s