भारतीय राजदूतद्धारा सोलुखुम्बुको खुम्जुङ खानेपानीको शिलान्यास


गलत बुझाईका कारण सल्लेरीमा आफ्नो बिरोध भएको राजदूतको टिप्पणी
२३ असोज/सोलुखुम्बु – भारतीय राजदूत राकेश सुदले सोलुखुम्बु खुम्जुङको खुम्जुङ खानेपानी आयोजनाको आज शिलान्यास गर्नुभएको छ । खुम्जुङ ४, खुन्देमा भएको शिलान्यास कार्यक्रममा सूदले नेपालको विकासमा सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।
सुदले सल्लेरीमा गलत बुझाईका कारण आफ्नो बिरोध भएको हुन सक्ने समेत बताउनुभयो । सल्लेरीमा सुद चढेको गाडीमा माओवादीले जुत्ता प्रहार गरेका थिए ।
हिजो होटल नाम्चेमा रहनु भएका राजदूत सुद आज विहान सबेरै होटल एभ्रेष्ट भ्यु पुगी शिलान्यास स्थान पुग्नु भएको थियो । यस क्रममा राजदूत सुदले करीब ४ घण्टाको पैदल यात्रा गर्नुभयो ।
भारत सरकारको ३ करोड ९५ लाख र स्थानीयको ५० लाख गरी ४ करोड ४५ लाखको लागतमा खुम्जुङ खानेपानी निर्माण हुन लागेको हो ।
विगत लामो समयदेखि खुम्जुङ गाविसमा रहेको खानेपानीको समस्या यो योजना पनि समाधान हुने आशा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
शिलान्यासका क्रममा बौद्ध परम्परा अनुसार लामाहरुले पुजा पाठ समेत गरेका थिए ।
राजदूतको व्यस्तताका कारण कार्यक्रम छोट्याइएको खुम्जुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
यसै बीच खानेपानीका लागि छुट्याइएको रकम पर्याप्त नरहेको उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
राजदूत सुद आज खुम्जङको एभ्रेष्ट भ्यु होटलमा बसी भोली लुक्ला हुँदै राजधानी फर्कने कार्यक्रम रहेको छ ।
शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव सुदेवी, स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली, प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापति, रणभीम गुल्मका गुल्मपति अर्जुन बस्नेत लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी तथा स्थानीय गरी १ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रमका लागि सल्लेरीवाट गएको टोलीमा प्रमुख जिल्ला अधिकारी सहित १४ जना रहेका छन् ।
टोलीमा प्रमुख जिल्ला अधिकारी यादव सुबेदी वहाँका १ छोरा, १ छोरी र श्रीमती, स्थानीय बिकास अधिकारी नारायणप्रसाद मैनाली, प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापती र नयाँ रणभिम गुल्मका गुल्मपती अर्जुन बस्नेत हुनुहुन्छ ।
त्यसैगरी नेपाली काँग्रेस सोलुखुम्बुका सभापती आङ गेलु शेर्पा, नेकपा एमाले सोलुखुम्बुका ङिमदोर्जी शेर्पा, राप्रपा सोलुखुम्बुका उपाध्यक्ष भिम राई, गाविस सचिव कुमारी आचार्य, जिल्ला प्राबिधिक कार्यालयका सव–ओभरसिएर बिष्णुकुमारी राई र एक पत्रकार पनि टोलीमा हुनुहुन्छ ।
सदरमुकामबाट टोली त्यहाँ जानको लागि जिल्ला बिकास समिति सोलुखुम्बुले तारा एअरलाईन्सका २ वटा पिलाटर्स पोर्टर चार्टर गरेको थियो ।
यसै बीच भारतीय राजदूतावासको सहयोगमा नेपाल नेत्र ज्योति संघ र खुम्जुङ युवा क्लवको संयुक्त आयोजनामा खुम्जुङको महेन्द्रज्योति मा.वि. खुम्जुङमा सञ्चालित निशुल्क आँखा शिविरको आज भारतीय राजदुत सुदले अवलोकन गर्नुभएको छ ।

Advertisements

One thought on “भारतीय राजदूतद्धारा सोलुखुम्बुको खुम्जुङ खानेपानीको शिलान्यास

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s