कांगेलबासी प्रशासनमा


२४ आश्विन/सल्लेरी (सोलु अनलाइन) – कात्तिके ठुलो खोल्सी जलविद्युत योजना कागेल सोलुखुम्बुले शर्त अनुसार सहयोग नपाएको भन्दै छानबिनको लागि जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएको छ । सो योजनाका लागि सोलुखोला कुलाबाँध लघुजलबद्यिुत आयोजनाले सहयोग गर्ने सहमती भएको भएपनि सहयोग नपाएपछि आज उपभोक्ताहरुले छानविनको माग गर्दै जिल्ला प्रसासन कार्यालयमा निबेदन दिएका हुन् ।
कातिके ठुलो खोल्सी जलविद्युत योजना कागेल र सोलुखोला कुलाबाँध लघुजलबद्यिुत आयोजना बिच कात्तिके योजना सञ्चालनका लागि अपुग रकम कुलाबाँध आयोजनाले बेहोर्ने सहमती भएको थियो ।
तर ठुलो खोल्सी जलबिद्युत योजनाको काम सम्पन्न भएपनि कुलाबाँध आयोजनाले पुर्व सहमती अनुसार रकम नदिएको बताइएको छ । काँगेलका १ सय ३० घरधुरी लाभान्वीत हुने साँढे ६ किलोवाट क्षमताको सो बिद्युत योजनाले सहमती अनुसार रकम नपाउँदा सफल परिक्षण प्रसारण भएपनि घरघरमा बिद्युत पु¥याउन नसकेको निबेदनमा उल्लेख छ ।
आफुहरुको गाविसको अनुदान लगाएतको रकम पनि सोलुखोला कुलाँबाँध आयोजनाको खातामा बचत गरेको र त्यो पैसा पनि आयोजनाले उपलब्ध नगराएको बताइएको छ । समस्या तत्काल समाधानको माग गर्दै कातिके ठुलो खोल्सी जलविद्युत योजना कागेलका पदाधिकारी, उपभोक्ता, राजनीतिक दलका प्रतिनिधि लगाएत जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा पुगेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s