दोषी भए प्रमाणित गरि देखाउ


काठमाडौं, असोज २७ – यौनकर्मीसँग आपत्तिजनक अवस्थामा भेटिएको अभियोगमा प्रहरीले हिरासतमा राखेर हिजो साँझ रिहा गरेपछि संघीय लोकतान्त्रिक पार्टीका अध्यक्ष लक्ष्मण थारुले आफू को केटीसँग भेटिएको हो, प्रमाणित गरी देखाउन चुनौति दिएका छन्।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै थारुले समाचारमा भनिएकी दोलखाकी राधिका थापा मगर नाम गरेकी केटीलाई उपस्थित गराइ प्रमाणित गरेर देखाइदिन चुनौती दिएका हुन्।

 

उनले सो समाचार अविलम्ब खण्डन नगरे कानुनी प्रक्रियामा जानुका साथै पत्रिकाका सम्बन्धित व्यक्तिलाई गिरफ्तार गरी संघीय लोकतान्त्रिक पार्टी र थरुहट राज्यपरिषद्को कार्यालयमा उभ्याउन बाध्य हुने चेतावनी दिएका छन्।

थारुले यदी लक्ष्मण थारुले गल्ती गरेकै थियो भने जेल हालिनुपर्थ्यो किन छाड्यो भनेर सरकारसँग प्रश्न गरे। उनले प्रशासनलाई चुनौति दिँदै भने- यदि तागत छ भने यही पत्रकार सम्मेलनबाटै गिरफ्तार गरोस्। थारु राज्यपरिषद्का संरक्षक समेत रहेका थारुले आफ्नो निर्दोसिता रहेको जानकारी दिँदै भने-म केटीसँग थिएँ भने ती केटीलाई आफूसँगै गिरफ्तार गरेर हथकडीसहित हिरासतमा किन लगिएन? होइन भने सम्बन्धित निकाय र मिडियाले भन्दिनुपर्‍यो थारु, आदिवासी, जनजाति, दलितहरुले राजनीति गर्न पाउँदैनन् भनेर।

 

Advertisements

One thought on “दोषी भए प्रमाणित गरि देखाउ

  1. दोलखाकी राधिका थापा मगर यौनकर्मी ho ki haina paila ta tyo pramanit hunu paryo ni?yadi uni youn karmi haina vane sex garnu uniharuko adhikar ho….. kina hastachhep?आपत्तिजनक अवस्थामा vaneko k ho? police ko kam आपत्तिजनक अवस्थामा herna jane ho ra?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s